सूरतुल-फातिहा
हे अल्लाह हामीलाई रक्षा गर्नुहोस शैतानको आक्रमणबाट
परम कृपालु र परम दयालु अल्लाहको नाममा
१. सारा प्रशंसा अल्लाहको लागि हो । जो सम्पूर्ण ब्राह्माण्डको पालनकर्ता हुनुहुन्छ ।
२. अत्यन्त कृपाशील तथा अत्यन्त दयावान छन् ।
३. बदला दिने दिनका स्वामी हुन् ।
४. हामी तपाईको नै पूजा गर्छौं र तपाईसँग नै मद्दत माग्छौं ।
५. हामीलाई सोझो मार्ग देखाई दिनुहोस् ।
६. तिनीहरुको मार्ग जसमाथि तपाईले दया-कृपा गर्नु भयो ।
७. तिनको मार्ग नदेखाउनु होस् जसमाथि तिमी क्रोधित भयौ, न तिनको बाटो जो पथभ्रष्ट भई विचलित भए ।
सूरतुल-फातिहा
यस सूरहको नाम “अल फातिहा” यसको विषय अनुकुल रहेको छ। “फातिहा” को शाब्दिक अर्थ कुनै विषय वस्तु वा कुनै वस्तुको उद्घाटन गर्नु हुन्छ। अर्को शब्दमा यहाँ यो नाम भूमिका तथा प्राक्कथनको अर्थमा प्रयोग भएको छ । तसर्थ यो सूरह पूरै कुरआनको भूमिका पनि हो । हदीसहरुमा यस सूरहका अन्य नामहरु पनि वर्णन भएका छन्, जस्तै उम्मुल कुरआन(कुरआन केन्द),अस्सब्अ़ अल्-मसानी(पटक पटक दोहर्याइने सातवटा आयतहरु), अश्शिफा (उपचार) र अस्सलात (नमाज) इत्यादी।
महत्व
यो कुरआनको धेरै महत्वपूर्ण सूरह हो, हदीसमा यसको महत्वपूर्ण विशेषताहरु वर्णन भएको छन् । मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नु भयोः “त्यस्तो व्यक्तिको नमाज (पूर्ण) हुँदैन जसले नमाज़माल सूरह अल्-फातिहा पढ्दैन”।
स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)
अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही
प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


