म तपाईसँग भन्छु यस सहरमा एउटा मोवाइलको कारखाना छ, जसको न कुनै मालिक छ, न कोही कामदार छन्, स्वयं त्यो कारखानाबाट सामान उत्पादन हुन्छ र बिक्री पनि हु्न्छ र स्वयं फाइदा पनि हुन्छ बताउनु के तपाई यो कुरा मान्न सक्नुहु्न्छ ? कदापि मान्न सक्नु हुन्न।
अब विचार गर्नुहोस् कि एउटा मोवाइलको कारखानाको बारेमा तपाई यो कुरा मान्नको लागि तयार हुनुहुन्न कि त्यो कुनै व्यक्तिले बनाए बिना बन्न सक्दैन भने, यो धर्ती, आकाश, जल, वायु तथा विभिन्न ग्रह-उपग्रहहरु, नक्षत्र, तिथि-मिति, त्यस्तै विभिन्न प्राणी-अप्राणी, जीव-जन्तु र वनस्पति यी सम्पूर्ण चीज वस्तुहरु कुनै घडीको समयचक्र जसरी चल्छन् ठीक त्यसैगरी एक निश्चित समयमा कसरी चल्छन् त ? तपाई भन्न सक्नुहुन्छ यो आफै बन्यो भनेर ? अवश्य पनि भन्न सक्नुहुन्न । यसैले यो सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता एउटै ईश्वर हुनुहुन्छ जो सांसारिक बन्धनबाट मुक्त हुनुहुन्छ। वहाँ ‘अर्श’ (ईश्वरीय सिंहासन) माथि हुनुहुन्छ।
हिन्दू वेदान्तको ब्रह्मसूत्रमा उल्लेखित सन्देश छ, “आत्मानं विद्धि” आफुलाई चिन ! आफ्नो सृष्टिलाई विचार गरेर हेर ! के तपाईले कहिल्यै यो सोच्नु भयो कि हामी एक तुच्छ पदार्थ (वीर्य) थियौं । जो रगत बन्यो र रगतबाट मासुको डल्लो भयो, मासुको डल्लोमा हड्डी नसा र छाला बन्यो फेरि नौ महिनापछि त्यही पानीको थोपा एक सुन्दर शिशुको रुपमा जन्म लिन्छ ।
फेरि प्रत्येक व्यक्तिको रुपरेखा एवं अनुहार पनि अलग-अलग बनाइएको हुन्छ ! प्रत्येक व्यक्तिको औंठा छाप पनि अलग-अलग हुन्छ, फेरी संसारको प्रत्येक चीज तपाईको सेवामा लगाइएको छ । यी सबै परिस्थितिमा मानिसको कुनै अधिकार हुँदैंन, यदि हुन्थ्यो भने, प्रत्येक व्यक्तिले आ-आफ्नो इच्छा अनुसारको सन्तानको रुपरेखा बनाउँथे होलान्, अब तपाई आफै विचार गर्नुहोस् कि यी सबै कसले सृष्टि गरेको होला ? को हो त्यो ? जसले प्रत्येक मानवलाई विभिन्न रुपरंगमा जन्माउनु भयो । हरेक ठाँउको भाषा पनि अलग-अलग गराइदिनु भयो, को हो त्यो ? जसले आमा-बुबाको हृदयमा बच्चाप्रति स्नेह उत्पन्न गराउनु भयो ? को हो त्यो ? जसले विभिन्न फलको बेग्ला-बेग्लै स्वाद सृर्जना गर्नुभयो । सूर्य एवं चन्द्रमालाई कसले बनायो भनेर मैले तपाईलाई प्रश्न गरें भने पनि तपाई अवश्य भन्नुहुन्छ, यी सबै काम ईश्वरले नै गर्नु भएको हो। अब सारा संसारको सृष्टि गर्ने, संहार गर्ने, पालनपोषण गर्ने सबै अधिकार एउटै ईश्वरको हातमा छ भने पूजा पनि उनै ईश्वरको हुनुपर्छ नि होइन र ?
एकेश्र्वरवाद (तौहीद)
संसारमा कुनै पनि काम चाहे सानो होस् वा ठूलो, कहिल्यै पनि सुव्यवस्थित र नियमित रूपले चल्दैन जबसम्म कोही एउटा व्यक्ति त्यसको जिम्मेदार भएन भने, यस्तै एउटा देशमा दुई जना राजा, एउटा स्कुलमा दुई जना हेडमास्टर, एउटा देशको दुई जना प्रधानमन्त्री भएको कतै थाहा छ ? यदि कहीँ कतै एकै दिन मात्र यस्तो भयो भने त्यसको परिणाम के होला ? तपाई सोच्न सक्नुहुन्छ ? अवश्य पनि कुनै पनि काम सुचारु रुपले चल्न सक्दैन। दुई जनाको बीचमा हुने वाद-विवादले अवश्य नै हानि हुन्छ । ईश्वरको यस संरचनामा कतै झगडा भएको सुन्नु भएको छ ? यो ब्रह्माण्डमा विभिन्न प्रकारका ग्रह-उपग्रहहरु छन्। यी सबैले उनै ईश्वरको आदेश र नियमानुसार आ-आफ्नो काम समयमै पालना गरिरहेका छन् । उनै ईश्वरले तय गरेका समयानुसार ती पिण्डहरु ठीक गतिमा चल्दछन् र ईश्वरका आदेश बिना एक रौं बराबर पनि यताउता चल्न सक्दैनन्।
“यो सबै व्यवस्था मिलाउने एउटै ईश्वर हुनुहुन्छ भने हाम्रो प्रमुख दायित्व पनि उनै ईश्वरको भक्ति गर्नु हो।”
ईश्वर छन्, तर किन देखिंदैनन्
संसारमा विभिन्न प्रकारका चीज-वस्तुहरु छन्, जुन देखिंदैन तर मानिस तिनको अस्तित्वमा विश्वास गर्दछ जस्तैः-
(१) जब कुनै मानिस हामीसँग कुरा गरिरहेको हुन्छ त हामीलाई त्यो व्यक्ति जीवित छ भन्ने लाग्छ तर त्यो मानिस कुरा गर्दा गर्दै ढल्छ भने हामी थाहा पाउँछौं कि त्यो मानिसको मृत्यु भएछ भनेर। तर हामीले त्यसको आत्मा निस्केको देख्दैनौ तापनि विश्वास गर्नुपर्छ त्यो मानीसको मृत्यु भएछ भनेर,
(२) हामी घरमा बिजुलीबत्ती बाल्छौ भने कोठामा उज्यालो हुन्छ, अनि फेरि बत्ती निभाउँछौ भने कोठामा अँध्यारो हुन्छ, तर हामी बत्तीको प्रकाश आएको र गएको देख्दैनौं। तैपनि हामी त्यसलाई विश्वास गर्छौं ।
(३) हामी हावा चलेको महशुस मात्र गर्न सक्छौं तर त्यसलाई देख्न सक्दैनौं तर हामीले हावाको बारेमा विश्वास गर्नुपर्छ कि हावा छ भनेर ! अब हामी जसरी आत्मा, बिजुली र हावाको बारेमा देखे बिना पनि छ भन्ने कुरामा विश्वास गर्छौ, त्यस्तै प्रकार ईश्वर हुनुहुन्छ भन्ने प्रमाणका लागि पृथ्वी, आकाश, मानव, वनस्पति र विभिन्न ग्रह-उपग्रहहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ। संसारको कण-कण ईश्वरको परिचय गराउँदछ तर ठूलो दु:खको कुरा यो हो कि आज ईश्वरको नाम त सबैले लिन्छन् तर वहाँलाई चिन्दछन् मात्र केही मानिसले ! आज हामी उनै ईश्वरलाई नचिनेर विभिन्न धर्ममा विभाजित भएका छौं! तर विभिन्न धार्मिक ग्रन्थमा एकेश्वरवादको स्पष्ट प्रमाणहरु पाइन्छ, जस्तैः वेद, बाइबल, भविश्यपुराणमा उल्लेख छ ईश्वर एउटै मात्र हुनुहुन्छ । धेरै मानिसहरुलाई आफ्नो धर्मग्रन्थको बारेमा नै थाहा छैन, त्यसैले यदि कुनै पनि धर्मलाई जान्न चाहनु हुन्छ पहिले त्यो धर्मको धार्मिकग्रन्थलाई राम्रोसँग अध्ययन गर्नुहोस् तब वास्तविक ईश्वरको बारेमा थाहा पाउनु हुन्छ ।
हिन्दू धार्मिक ग्रन्थ वेदमा एक ईश्वरको पूजा
(१) ईश्वर केवल एउटै हुनुहुन्छ !
(क) एको विश्वस्य भवनस्य राजा ! (ऋग्वेद ६-३६-४)
माथि उल्लेखित श्लोकको तर्कको आधारमा ईश्वर त एउटै मात्र हुनुहुन्छ भने किन हामीले धेरै ईश्वरलाई पूजा गर्नु आवश्यक छ र ? कोही ॐ नमः सिवाय भनेर शिवको मात्र पूजा गर्छन्. कोही बैष्णवी भनेर केवल बिष्णुको मात्र पूजा गर्छन्, प्रणामीहरु कृष्णको मात्र पूजा गर्छन् । आखिर किन ?
अर्थ “यस सम्पूर्ण ब्रह्माण्डका राजा (ईश्वर) एउटै हुनुहुन्छ ।”
(ख) न द्वितीयो न तृतीयश् चतुर्थो नाप्युच्यते !
न पञ्चमो न षष्ठः सप्तमो नाप्युच्यते !!
नाष्टमो न नवमो दशमो नाप्युच्यते !
स सर्वस्मै वि पश्यति यच्च प्राणति यच्च न !!
तम् इदं निगतं सहः स एष एक एकवृद्एक एव !
(अथर्ववेद १३/४/१६-२०)
अर्थ-“त्यो ईश्वर न दुइटा छ, न तीनवटा र न चारवटा नै छ, त्यो पाँचवटा, छ वटा र सातवटा पनि छैन, त्यो आठवटा, नौ वटा, र दशवटा पनि छैन, त्यो ईश्वर सम्पू्र्ण संसारका प्राणी तथा अप्राणी वर्गलाई विविध प्रकारले हेर्दछ उसलाई सबै सामर्थ्य प्राप्त छ, त्यो एउटै नै वर्तमान छ ।
(ख) हिन्दू वेदान्त ब्रह्ममसुत्रमा यस्तो भनिएको छ !
“एकम ब्रह्मम द्वितीय नास्ते: नहे ना नास्ते किंचन “।
अर्थ= ईश्वर एउटै हुनुहुन्छ, दोश्रो छैनन् ,छैनन्, कतैपनि छैनन्!”
हिन्दू वेदान्त ब्रह्ममसुत्रमा भनिएको छ केवल ईश्वर त एउटै छ तर हिन्दू धर्मानुसार नै ईश्वरको दस अवतार मान्दछन्। तिनै दस अवतार अनुसार हरेक अवतारमा ईश्वरले आफ्ना भक्तको सुरक्षा गर्नु हुन्छ रे । जस्तैः मत्स्य अवतार, कूर्म अवतार, वराहा अवतार, नृसिंह अवतार, वामन अवतार, परशुराम अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध अवतार र कल्लि अवतार। तर मत्स्य (माछा) अवतार, कूर्म(ठोटरी) अवतार, वराहा(बदेल) अवतार, नृसिंह(आधा अंग बाघ आधा मानिस) अवतार यो त जनावरहरु हुन् । यो कसरी सही भयो त ? यिनै झुटा कुराहरु तपाई पढ्न सक्नु हुन्छ। तर वामन (ब्राह्मण)अवतार, परशुराम अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध अवतार र कल्लि अवतार। यिनीहरु जसरी मानव आमाको कोखबाट जन्मेका थिए त्यसरी नै जन्मेका हुन् । उनीहरु मध्ये सबैभन्दा अन्तमा कल्कि अवतार भनेको वेदको भनाई अनुसार नरासंश, बुद्धिष्ट धर्मानुसार मैत्रेय र इस्लाम धर्मानुसार मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम हुनुहुन्छ ।
डा. वेद प्रकाश उपाध्यायले आफ्नो पुस्तक कल्कि अवतार र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममा कल्कि तथा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको विशेषताको तुलनात्मक अध्यायन गर्दै भन्नुहुन्छ,-
“आज हिन्दु दाजुभाइहरु जुन कल्कि अवतारको प्रतिक्षा गरिरहेकाछन्, वहाँ आइसक्नु भयो र वहाँ मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम हुनुहुन्छ। अतः प्रत्येक हिन्दु दाजुभाइहरुले निष्पक्ष भएर निर्णय लिनु नै बुद्धिमानी हुन्छ।
यसैगरी हिन्दू धर्मशास्त्रका केही प्रख्यात विद्वानहरु भगवानको दस अवतारको खण्डन गर्दछन्। जस्तैः श्रीराम शर्माजीले कल्किपुराणको पृष्ट नं २७८ मा प्रष्ट पार्दै भन्नु हुन्छ। “समाजको गिर्दो अवस्थालाई उन्नति तिर लैजानेवाला “महामानव” अर्थात् मानव मध्ये “महामानव नेता” जसलाई ईश्वरले मानव मार्गदर्शनको लागि संदेशवहाक चुन्नुहुन्छ”।
डा० एम०ए० श्रीवास्तवको आफ्नो पुस्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र भारतीय धर्मग्रन्थ पृष्ट ५ मा उल्लेख छ
“अवतारको अर्थ यो हो कि ईश्वर स्वयं यस धर्तिमा स-शरीर आउनु हुन्न तर वास्तवमा सत्य यो हो कि उहाँ आफ्नो पैगम्बर (संदेशवहाक) पठाउनु हुन्छ।”
यसबाट हामीलाई यो ज्ञात भयो कि ईश्वरको तर्फबाट उपदेश दिनेवाला मनुष्य नै हुन्थे, जसलाई अरबी भाषामा रसूल, अंग्रेजीमा प्राफेट र संस्कृत भाषामा अवतार भनिन्छ।
(ग) ईश्वर समान अरु कोही छैनन् !
“न त्वावां अन्यो दिव्य न पार्थिवो न जातो न जानिष्यते” !
(ऋग्वेद ७-३२-२३)
अर्थ-“प्रभू तिमी जस्तो कोही अर्को न धुलोकमा छन्, न पृथ्वीमा छन्, न थियो नै र न हुने नै छन्!”
(घ) ईश्वरको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन !
न तस्य प्रतिमा अस्ति यस्य नाम महदयश ! (यजुर्वेद ३२-३)
अर्थ- “जुन प्रभुको बडा प्रसिद्ध यश (किर्ती) छ, उहाँको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन।”
(ङ) ईश्वर अवतार लिनु हुँदैन ।
अव्यक्तम व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धय
परं भावजानन्तो ममाव्ययमनुत्तमम (श्रीमद्भगवद्गीता ७/२४)
अर्थ = “म अविनाशी, सर्वश्रेष्ठ र सर्वशक्तिमान हुँ आफ्नो शक्तिले सम्पूर्ण संसारलाई चलाई रहेको छु ! बुद्धिहीन मानिस मलाई नचिनेर मनुष्यको जस्तो जन्म लिनेवाला सम्झन्छन् “।
(च) सत्य पूज्य मात्र एक ईश्वर हुनुहुन्छ !
य एक इध्द्वव्यश्चर्षणीनमिन्द्रं तं गीर्भिरभ्यर्च आभि: !
य: पत्यते वृषभो वृष्षयावान्त्सत्य: सत्व परुमाय: पहस्वान !!
(ऋग्वेद ६-२२-१)
अर्थ = “जो ईश्वर सम्पूर्ण मानव संसारको एउटै उपास्य हुनुहुन्छ । उनको यिनै वाँणीद्वारा बारम्बार प्रार्थना गर, वहाँ नै सुखको वर्षा गर्नेवाला सर्वश्रेष्ठ सर्वशक्तिमान, सत्यस्वरुप, र सम्पूर्ण संसारको पालनकर्ता हुनुहुन्छ।”
(छ) शविताश्वतारा उपनिषदमा भनिएको छ ।
“न उहाँको आमा-बुबा छन् न उहाँको कोही मालिक तथा स्वामी छ”। (शविताश्वतारा उपनिषद् ९/६)
(ज) देवताको पूजाले अँन्धकारमा डुबाई दिन्छ।
(१) दुवैरा सत्सि ब्रह्मर्षि भन्नु हुन्छ ।“सैकरोडौं देवी देवतालाई बहिष्कार गर। (ऋग्वेद ४-१२-१)
(२) “जो मानिस झूटो अस्तित्ववाला देवी देवताको पूजा गर्दछन् उनीहरु घोर अँन्धकारमा डुब्दछन् यसैले एउटै ईश्वर हुनुहुन्छ, जो पूजा गर्न योग्य हुनुहुन्छ। (अथर्ववेद ९-४०)
(३) शतपथ ब्रह्ममाणमा लेखिएको छ :
योन्यां देवतामुपास्ते न स वेद यथा पशुरेवं स देवानाम।। (१४-४-२-२२) अर्थ=“जो दोश्रोलाई ईश्वर मानेर पूज्दछन्, त्यो विद्वानको बीचमा पशु समान हो।”
बाइबलमा एक ईश्वरको पूजा
(१) ” शास्त्रीहरुमध्ये एक जना वहाँकहाँ आए र वहाँहरुले आपसमा विवाद गरिरहेको सुने । वहाँले तिनीहरुलाई ठीक जवाफ दिनु भएको थाहा पाएर वहाँलाई सोधे, “सबै आज्ञाहरुमा पहिलो चाहिं कुन हो ? येशूले जवाफ दिनुभयो, “हे इस्राएली सुन ! हाम्रो परमप्रभू हाम्रा परमेश्वर एउटै हुनुहुन्छ। र तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रणाम गर ।” (मर्कुस १२/२८-३०)
(२) “म (यहोवा) बाहेक तिमीहरुले अरु ईश्वर नमान्नू । आकाशमा, पृथ्वीमा र पृथ्वीमुनी भएको, पानीमा हुने कुनै वस्तुको प्रतिमूर्ति तैले आफ्नो निम्ति कुनै किसिमको मूर्ति नबनाउनू । तिनीहरुको अगाडि नझुक र तिनीहरुको पूजा नगर्नु, किनकि म तिमीहरुको परमप्रभु परमेश्वर हुँ ।” (व्यवस्था ५/७-९)
(३) “सावधान बस । नत्रता तिमीहरु कुनै नर वा नारीको प्रतिमा बनाएर भ्रष्ट रीतिमा फस्ने छौं । पृथ्वीका कुनै पशुको वा आकाशका कुनै पंक्षीको, घस्रने जीवजन्तुको व जलका माछाको प्रतिमा बनाएर भ्रष्ट रीतिमा फस्ने छौ । होशियार बस । नत्रता आकाशमा परमप्रभु तिमीहरुका परमेश्वरले सारा मानिस जातिलाई दिनुभएको घाम, जून, तारा र ग्रह-नक्षत्र देख्दा ती प्रति आकर्शित भएर तिमीहरुले तिनीहरुको पूजा र सेवा गर्नेछौ ।” (व्यवस्था ४/१६-१९)
(४) “र मैले तिमीलाई जुन कुरा भनेको छु, त्यसबाट सावधान रहनु र दोश्रो देवताको नाम पनि नलिनु र कुरा पनि नगर, फेरि वहाँ तिम्रो मुखको प्रार्थना पनि सुन्नुहुने छैन।” (निर्गमन २३/१३)
(५) ” अनि शैतानले उहाँलाई भन्यो, म यो सारा अख्तियार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ, र जसलाई इच्छा गर्दछु, म यो दिन सक्छु ।यसकारण तपाईले मेरै सामने मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईका हुनेछन् । अनि येशूले त्यसलाई जवाफ दिएर भन्नुभयो, । “ तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नू र उहाँकै मात्र सेवा गर्नू भन्ने लेखिएको छ। ” (लुका ४/६-८)
ईश्वरको परिचय पवित्र कुरआनमा
पवित्र कुरआनको सूर: अल इखलासमा यस प्रकार ईश्वरको परिचय गराइएको छ। “भन अल्लाह एउटै हुनुहुन्छ, अल्लाह निस्पृह हुनुहुन्छ। वहाँबाट कोही पनि जन्मेको छैन, न वहाँ कसैबाट जन्मनु भएको छ, वहाँ समान अरु कोही छैन”। (पवित्र कुरआन, सूरह- अल इख्लास 1 देखि 4)
जो संसारमा केवल एउटै उपास्य हुनुहुन्छु, वहाँलाई कुनै चीजको आवश्यकता छैन जसरी मानवलाई हरेक चीजको आवश्यकता पर्छ कुनै सन्तान छैनन् र न वहाँ कसैको सन्तान हो त जो सन्तान हुने, माता पिता हुने ईश्वर हुने कुरै भएन र वहाँ समान अरु कोही छैन भने वहाँ कै पूजा गर्नु पर्छ अरुको किन गर्ने । यी सबै गुण केवल अल्लाहसँग निहित छन् भने पूजा पनि वहाँकै हुनुपर्छ ।
यसैले कुरआनमा भनिएकोछः-“ए मानव हो ! आफ्नो प्रभूको पूजा गर, जसले तिमी र तिमी भन्दा पहिलेका मानवलाई सृष्टि गर्नु भयो, ताकि तिमीहरु ईशभक्त बन । हामीले नै तिम्रो लागि पृथ्वी र आकाश बनायौं । आकाशबाट पानीको बर्षा गरायौं किनभने तिम्रो लागि हरेक प्रकारको अन्नपात तथा फलफूल उब्जनी हुन सकोस् । यसैले तिमी अल्लाहसँग कसैको साझेदारी नबनाऊ” । (सूरः अल बक़रा:२१-२२)
प्रिय मित्र ! बाईबिल, पवित्र कुरआन तथा हिन्दु धार्मिकग्रन्थ वेदमा ईश्वरको गुणको अवलोकन गरी हामीले त्यसमा कुनै घटबड़ नगरी तपाई समक्ष त्यसको सारंश प्रस्तुत् गरेकाछौं । (१) ईश्वर एउटै हुनुहुन्छ । (२) उहाँ समान अरु कोही छैन । (३) उहाँको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन । (४) ईश्वर कुनै मानवरुप धारण गरेर जन्म लिनु हुन्न । (५) मुक्ति एक ईश्वरको पूजामा नै छ । (६) धेरै देवताको पूजा महापाप हो ।
Source- सत्यको खोज किताबबाट
पहिलो प्रकाशित मिती 2068 फागुन 25 (तद् अनुसार ईश्वी 2012 मार्च 08)
प्रकाशक- इस्लाम प्रेजेन्टेशन कमिटी, कुवैत
अनुवादक- मुहम्मद ईब्राहीम खरेल
शिक्षक- नेपाली विभाग
Email- [email protected]
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


