“अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं चिरस्थायी छन्। उसलाई न ऊँघ लाग्छ न निद्रा नै । आकाशहरु तथा पृथ्वीका सबै वस्तुहरु उनैका हुन छ। को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सक्ने ? उनी तिनीहरुका अगाडि र पछाडिका सबै कुरा जान्दछन् । र तिनीहरुले अल्लाहको ज्ञानबाट कुनैपनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैन, उसको प्रभुत्व आकाशहरु तथा पृथ्वी सबैमाथि छ। तिनीहरुको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान छन्।” (सूरः बक़राः 255)
1-अल्लाह सदैव रहनेवाला हुनुहुन्छ, उनको न आरम्भ छ न अन्त र हाम्रो पूरा भरोसा उनै माथि हुन्छ। अल्लाहको मृत्यु कहिले हुँदैन र यो महिमा अल्लाहको मात्र छ।
2- वहा कसैसँग केही माग्नु हुन्न र सबै उनैसँग माग्ने गर्दछन्। सारा सृष्टी एक सेकेन्डको लागि पनि अल्लाहसँग निर्भर नभई रहन सक्दैन, सारा सृष्टिका प्राणी तथा जीव जीवात्मा सबैले उनको आज्ञापालन नगरे पनि उसलाई कुनै लाभ हुन सक्दैन र न उनको अवज्ञाबाट उसलाई कुनै हानी हुन सक्छ।
3- न उसलाई कहिले ऊंघ लाग्छ, न नीन्द्रा, उसलाई रातको कुनै पनि समयमा पुकार र जहाँबाट पुकार ऊ तुरन्त सुन्नेछन्, जसलाई ऊंघ अथवा नीद्रा लाग्छ भने अवश्य नै ऊ ऊंघ अथवा नीद्राको स्थितिमा सुन्नबाट वंचित रहन्छ र अल्लाहको महिमा हर प्रकारको अवगुणबाट पवित्र छ।
4- धर्ती र आकाशमा जति सृष्टि गरिएको चिजहरु छ चाहे त्यो सजीव होस् या निर्जीव सबैलाई उनैले बनाएको हो, प्रत्येकलाई गन्ती गरेर राखेका छन् र यी सबैको वास्तविक मालिक र स्वामी उनै हुन।
5- अल्लाहको महानता यो पनि छ कि उसको सामने उसको अनुमति बिना कोही सिफारिश गर्नलाई साहस गर्न सक्तैन, र अल्लाहको अनुमतिमा पनि यस्तो व्यक्तिले सिफारिश गर्ने छ जसको कर्तव्यबाट अल्लाह खुशी छन्।
6- अल्लाह सारा सृष्टिको एक-एक कार्यहरुबाट उनी अवगत छन्, जंगलमा झर्ने एउटा पत्ता होस् या अंधेरो रातमा कालो ढुंगामाथि हिंड्ने कमिला होस् या समुद्रको माछा, सबैको रेखदेख गर्नु हुन्छ। अल्लाहले लुकी चोरी हेरेको पनि देख्नु हुन्छ र जुन कुरा हृदयमा सोचेको छ त्यो पनि थाहा पाउनु हुन्छ।
7- अल्लाहको ज्ञान यति विशाल छ कि मानव उसको ज्ञानमध्येबाट कुनै चीज माथि प्रभाव जमाउन सक्दैन, र मानवलाई यति नै ज्ञान प्राप्त हुन सक्छ, जति ज्ञान उनलाई प्रदान गरिएको छ, आज उनैले प्रदान गरेको ज्ञानको फलस्वरूप विभिन्न वैज्ञानिक अविष्कारहरु सामने आई रहेको छ।
8- आज हामीलाई धर्ती र आकाशको विशालतामा आश्चर्य हुन्छ, जब कि अल्लाहको महानतालाई हेर्ने हो भने उसको कुर्सीले आकाशहरु र धरतीलाई ढाकेको छ, एक एक चीजलाई उसले आफ्नो घेरामा लिएर राखेको छ ।
9- आकाश र धर्तीको विशालताको बावजूद सबैलाई थामेको छ र यसको सुरक्षा गर्न उनको लागि अलि कति पनि कठिन हुँदैन। जो अल्लाह आकाश र त्यसको प्रत्येक चीजहरुमा तथा धरती र त्यसको प्रत्येक चीजहरुको सुरक्षा गरिरहेका छन् र उनको सुरक्षामा उसलाई अलिकति पनि थकावट हुँदैन, त्यसैले अल्लाह कति महान छन्, यही तथ्यबाट पूर्ण अनुमान लगाउन सकिन्छ।
10- अल्लाह हरेक चीजमाथि सर्वश्रेष्ठ हुन, ऊ भन्दा उच्च कोही चीज छैन। जब सारा सृष्टि उनको अधीनमा छ त पूजा पनि मात्र उसैको हुनुपर्छ।
लेखक- सफात आलम मुहम्मद ज़ुबैर तैमी
अनुवादक- मुहम्मद इब्राहिम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


