इस्लामको परिचय – इस्लाम पूर्ण जीवन व्यवस्था हो । यसले मानवलाई जीवनको प्रत्येक क्षेत्रमा सत्य निर्देशन दिन्छ । चाहे मानवको व्यक्तिगत जीवन होस् वा सामूहिक । आस्थासँग सम्बन्धित होस् वा मानवको समाजिक आर्थिक र राजनीतिक पक्षमा होस् । इस्लामले यी सम्पूर्ण क्षेत्रहरुमा आफ्नो स्पष्ट निर्देशन दिन्छ। इस्लामले मानवलाई एकै इकाईको रुपमा हेरेको छ । मानव जीवनलाई विभिन्न खण्डमा विभाजित नगरी वासनाको बाटो देखि एक सफल कल्याणकारी राज्यको स्थापनासम्म यसले निर्देशन दिन्छ । यस अर्थमा इस्लाम धर्म अरु धर्म भन्दा बेग्लै छ।
इस्लामको पहिलो आधार एकेश्वरवादप्रतिको इमान अर्थात आस्था हो । एकेश्वरवादप्रति आस्था भन्नाले एक अल्लाह माथि आस्था राख्नु पर्छ भन्ने बुझाउँछ । अल्लाह एक छन्, अल्लाहको बराबरी कोही छैनन्, उ न कोहीबाट जन्मेको हो र न उसले कसैलाई जन्माएको छ। उनै अल्लाह हुन, जसले हामी सबैलाई रोजी दिन्छन् । उनै अल्लाह हुन, जसले हामी सबैको प्रयोग र फाइदाको लागि यो प्रकृति बनाए । उनी बाहेको अरु कोही उपास्य छैन ।
अल्लाहले भन्नु भएको छः أَنَّمَا إِلَـٰهُكُمْ إِلَـٰهٌ وَاحِد
अर्थः “तिमीहरुका पूज्य केवल एक छन्।” (सूरह अम्बिया, आयतः १०८)
त्यस्तै सूरह अल बक़रामा भन्नुभएको छः يَا أَيُّهَا النَّاسُ اعْبُدُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ وَالَّذِينَ مِن قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ
अर्थः “हे मानव त्यस रबको दासत्व स्वीकार गर जसले तिमी र तिमी भन्दा अघिका मानिसहरुको सृष्टि गरे, आशा छ कि तिमीहरु नरकबाट बच्न सक्नेछौ।” (सूरह अल बक़रा, आयत नं.- २१)
यस आयतमा अल्लाहले- या अय्योहल्लज़ीन आमनु अर्थात ए ईमानवाला नभनेर या अय्योहल्नासु भन्नु भएको छ। अर्थात हे मानिसहरु । र अल्लाहले हामी सबै मानिसहरुलाई केन्द्रित गरेर भन्नु भएको छ कि हामी त्यो एक अल्लाहको उपासना गरौं। जसले हामी र हामी भन्दा पहिलेका मानिसहरुलाई जन्म दिनु भयो । ताकि हामी ईशभय अल्लाहका डर मान्ने मध्येका भइहालौँ । त्यसैले एक ईश्वरको उपसना गर्नु हामी मुसलमान मात्र होइन यो संसारको प्रत्येक व्यक्तिको कर्तव्य हो । जसरी अल्लाहले आफ्नो वर्दान मध्ये यो सूर्यको प्रकाश विना भेदभाव बराबरी प्रदान गरेका छन् त्यस्तै हामी पनि एक अर्कामा विभाजित नभईकन त्यो एक अल्लाहको उपासना गर्नुपर्छ। अल्लाहले आफ्नो सत्य उपदेश दिनको निम्ति हामी मानवजातिमध्ये सामर्थ्यवान व्यक्तिलाई चुन्नु भयो । त्यही चुनिएका व्यक्तिहरुलाई आफ्नो दूत नियुक्त गरी वहाँहरुद्वारा आफ्नो प्रकाशना मानवजाति समक्ष पुर्याउने व्यवस्था गर्नु भयो।
लगभग एक लाख चौबिस हज्जार सन्देष्टाहरु अल्लाहको सन्देश लिएर यो संसारमा आउनु भयो र अन्तिम सन्देष्टाको रुपमा हजरत मुहम्मद (सल्ल.) आउनु भएको थियो। वहाँ कुनै वर्ग, जाति, समूदाय वा क्षेत्रको लागि नभएर सम्पूर्ण मानव जातिका लागि अन्तिम पथ-प्रदर्शकको रुपमा आउनु भयो । यस विषयमा अल्लाहले कुरआनमा भनेका छन् – وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِّلْعَالَمِينَ
अर्थः “र, (हे मुहम्मद!) हामीले तिमीलाई सम्पूर्ण संसारवासीहरुका लागि दया मात्र बनाएर पठाएका छौं।” कुरआनको सूरह अम्बिया, आयत-१०८
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali

