मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी-2
आमाको स्वर्गरोहण :- आमाको स्वर्गरोहणको कहानी धेरै अचम्म छ । जब वहाँको पतिसँग विछोडको पीडामा डुबेकी थिईन त उनको कब्रस्थानको दर्शनको लागि मदीना जानुभयो र वास्तवमा अरुसँग माईत जान्छु भनेकी थिईन । उनको माईती मदीनाको कबीला बनू नज्जार वंशका थिए। आफ्ना नौकरानी उम्मे ऐमन र बेटे मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई लिएर मदीनामा बनू नज्जारको दारुन्नाबिगामा जानुभयो र पतिको कब्रस्थानको दर्शन गर्नुभयो र जब फिर्ता हुनेबेलामा पतिको विछोडको चिन्ताले यति गहिरो चोट लाग्यो कि वासस्थानसम्म पुग्दा-नपुग्दै बाटैमा उनको देहान्त भयो। पछि उम्मे ऐमनले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई लिएर मक्का आइन।
हजुरबुबा-काकाको पालन-पोषणमा :- बुबाको मृत्यु पछि ७४ वर्षको बृद्ध हजुरबुबाले पालन पोषण गर्नु भयो। जब मुहम्मद आठ वर्षको हुनुभयो त हजुरबुबा पनि ८२ वर्षको उमेरमा बित्नु भयो । यस पछि काका “अबू तालिब” र काकी “हाला” ले पालन-पोषणको जिम्मेदारी निभाउनु भयो। नबी सल्लल्लाहु अलैहि वसल्लमको सबै भन्दा धेरै पालन-पोषण (विवाह हुने बेलासम्म) यिनै दुई जनाले गरे। यहाँ यो कुरा भन्नु उपयुक्त हुन्छ कि आमा “आमिना” र काकी “हाला” यि दुई जना एक आपसमा दाजुभाईका छोरी भएको हुनाले दिदीबहिनी हुन। वहब र वहैब दाजुभाई हुन्। वहबकी छोरी आमिना र वहैबकी छोरी हाला हुन । वहबको मृर्त्यु पछि आमिनाको पालन-पोषण काका वहैबले गर्नुभयो । वहैबले जब आमिनाको विवाह अब्दुल्लाहसँग गरे साथै आफ्नो छोरी हालाको विवाह अबू तालिबसँग गरिदिए । जब आमिनाको देहान्तको भयो त्यसपछि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पालन पोषण वहाँको हजुरबुबा अब्दुल मुत्तलिबले गर्नु भयो । जब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम आठ बर्षको हुनुभयो तब हजुरबुबाको मृत्यु भयो र त्यसपछि आमिनाको छोरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई काकी हालाले पालान पोषण गर्नुभयो । तपाई अनुमान लगाउन सक्नु हुन्छ कि काका अबी तालीब र विशेष गरेर काकी हालाले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पालन पोषण कसरी इज्जतसँग गरे होलान् ? एक त दिदीको छोरा सम्झेर, दोश्रा जेठानीको छोरा मानेर….।
वहाँको बचपन :- वहाँले आफ्नो बचपनमा पनि नाच गान गीत संगित र मोज मस्तिमा बिताउनु भएन त्यस किसीमका साथि बच्चासँग अलग रहनु भयो । वहाँको बचपन देखि नै धैरै शर्माउने बानी थियो रे। वहाँमा अरु बच्चाको जस्तो आदत बिल्कुल नै थिएन। शर्म र लाज वहाँ भित्र धेरै थियो। एउटा उदाहरण दिन्छु, काबा शरीफको पुनःनिर्माण समयमा वहाँ पनि दौडी-दौडी ढुंगा ल्याउने गर्दथे जसले गर्दा उनको काँधको छाला गएको थियो रे । वहाँको काका हज़रत अब्बासले ज़बरजस्ती वहाँको लुङगी खोलेर आफ्नो काँधमा राख्दा वहाँ लाज र शर्मले बेहोश हुनुभयो रे। दायी हलीमाको बच्चसँग खुब घुल-मिलका साथ खेल्थे, तर कहिले पनि लडाई-झगडा गर्नु भएन् । उनैसा नामको बच्चीसँग राम्रो मिलजुल थियो, उनको साथ धेरै खेल्दथे। दाई हलीमाकी शैमा नामकी छोरीलाई हुनैनको लडाईमा बन्दी बनाएर वहाँले ल्याउनु भएको थियो। उनले आफुलाई आफ्ना बचपनमा टोकेको ठाउँ देखाउनु भयो रे जुन त्यसबेलामा पनि काँधमा दांतको निशानी थियो रे, जुन आफ्नो बचपनमा शैमाले कुनै कुरामा रिसाएर टोक्नु भएको थियो रे।