सूरतुल-नस्र-११०(यो सूरा मदनी हो, यसमा ३ आयतहरु छन्)
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
(१) जब अल्लाहको सहायता र विजय आइपुग्यो ।
(२) र तिमीले मानिसहरुलाई अल्लाहको धर्ममा हूलका हूल पसिरहेको देख्यौ ।
(३) अनि तब आफ्ना पालनकर्ताको प्रशंसाका साथ महिमागान गर र उनीसित क्षमायाचना गर । निःसन्देह उनी पश्चाताप स्वीकारकर्ता हुन् ।
ब्याख्याः
- विश्वासनिय उल्लेखहरुका अनुसार यो कुरआनको अन्तिम सूरह हो जुन नबी (सल्लल्ला अलैहि व सल्लम) स्वर्गवास हुनु भन्दा लगभग तिन महिना अघि अवतरित भयो । यस पश्चात केही आयतहरु त अवतरित भए तर कुनै पूरा सूरह अवतरित भएन ।
- अर्थात मक्काको विजय ।
- यो पनि रिवायत (उल्लेखहरु) बाट ज्ञात हुन्छ कि यस सूरहको अवतरण पश्चात नबी (सल्लल्ला अलैहि व सल्लम) आफ्ना अन्तिम दिनहरुमा धेरै स्तुति , महिमागान तथा क्षमा को प्रार्थना गर्न थाल्नु भएको थियो ।
स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)
अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही