अन्तराष्ट्रीय नारी दिवस संसार भरी मनाइन्छ । तर बिडम्बनाको कुरा विश्वको जनसंख्याको आधा भन्दा धेरै हिस्सा नारीहरुले ओगटेको छ तर पनि हरेक क्षेत्रमा नारीहरु पुरुषद्वारा शोषित, दमन, अन्याय तथा अत्यचारको जाँतोमा पिल्सिन बाध्य छन्। दैनिक रुपमा बलात्कार, हत्या भएको छ। आफ्नै परिवारजनबाट नारी माथि हुने हिंसा, पासविक यातनाको त कुरै नगरौं। कतै दाइजोको लागि कुटपिट तथा हत्या समेत भएको घटनाहरु हामीले समाचारमा पढ्न तथा रेडियो सुन्न तथा टेलिभिजनमा देखिन्छ । आखिर तिम्रो पनि तिनै नारीहरु मध्ये आमा, दिदी बहिनी, श्रीमति, छोरीहरु होलान् । जसरी अरुको चेलिबेटी तथा छोरीमाथि तिम्रो गिद्धे पर्छ, त्यसरी नै तिम्रो चेलीबेटी तथा छोरी माथि अरुले गिद्धे दृष्टि लगाए भने तिमी सहन सक्छौ ?
हिजो मार्च ८ तारिक विश्वभर अन्तरराष्ट्रीय महिला दिवस (International Women’s Day) को रुपमा मनाइयो। यो दिन सम्पूर्ण विश्वको महिलाहरु देश, जात-पात, भाषा, राजनीतिक, सांस्कृतिक भेदभावबाट पर रहेर एकजुट भएर मनाउँछन् । एक्काइसौ सताब्दीका नारीले आफ्नो शक्तिलाई चिनेका छन् र आफ्नो हक तथा अधिकारको लागि लडन सिकेका छन्। आजको समयमा नारीले यो प्रमाणित गरेका छन् कि उनीहरु एक अर्काको दुश्मन होइनन्, सहयोगी हुन् ।
संयुक्त राष्ट्र संघले हरेक वर्ष महिला दिवसमा एउटा योजना बनाउँछन् । गत वर्ष (सन् २०१५) को योजनाको मूल नारा- स-शक्त महिला-स-शक्त मानवता भन्ने थियो। महिलाहरुलाई स-शक्त गर्नुको कारण ‘मानवतालाई माथि उठाउनु हो ।
नारी संघर्षको इतिहास
इतिहास अनुसार साधरण महिलाहरुद्वारा समानाधिकारको यो लडाई शुरू गरिएको थियो। लीसिसट्राटा नामक महिलाले प्राचीन ग्रीसमा फ्रेन्च क्रान्तिको अवसर युद्ध समाप्तिको माग राख्दै आन्दोलनको शुरुआत गरे, फारसी महिलाहरुको समूहले वरसेल्समा यस दिन एक मोर्चा निकाल्यो, यसका उद्देश्य युद्धको कारण महिलाहरु माथि बढ्दो अत्याचारलाई रोक्नु थियो। संसारमा सबै भन्दा पहिलो पटक सन् १९०९ मा सोशलिस्ट पार्टी अफ अमेरिकाद्वारा पुरै अमेरिकामा २८ फरवरीमा महिला दिवस मनाइएको थियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलद्वारा कोपेनहेगनमा महिला दिवसको स्थापना भयो। १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरलैंडमा लाखौं महिलाहरुले जुलुस निकाले। यस जुलुसमा मताधिकार, सरकारी नोकरीमा भेदभाव हटाउने जस्ता मुद्दाको माग उठाए । प्रथम विश्वयुद्धको बेला, रूसी महिलाहरुद्वारा पहिलो पटक शान्तिको स्थापनाको लागि फरवरी महिनाको अन्तिममा महिला दिवस मनाएका थिए। यूरोप भरी युद्ध विरोधी प्रदर्शन भयो। १९१७ सम्म रूसका दुई लाख भन्दा धेरै सैनिक मारिए, रूसी महिलाहरुले फेरी पनि रोजगारी र शान्तिको लागि यो दिनमा हडताल गरे। वास्तवमा राजनेता यसको विरुद्ध थिए, फेरी पनि महिलाहरुले आन्दोलन जारी राखे र तब रूसको जारले आफ्नो गद्दी छोड्न बाध्य भयो र सरकारले महिलालाई पनि भोट दिन पाउने अधिकारको घोषणा गर्यो ।
‘महिला दिवस’ अब लगभग विश्वका सबै विकसित, विकासशील देशहरुमा मनाइन्छ। यो दिन महिलाहरुलाई उनको क्षमता, सामाजिक अधिकार, राजनीतिक अधिकार वा आर्थिक अधिकार दिलाउने दिनको रुपमा याद गराउने दिन हो। जसले महिलाहरुलाई उनको अधिकार दिलाउनका लागि अथक प्रयास गरे ।
‘संयुक्त राष्ट्र संघ’ ले पनि महिलाहरुलाई समानाधिकारमा प्राथमिकता र सुरक्षा दिनको लागि विश्वभरमा केही नीतिहरु तथा कार्यक्रम र मापदण्ड निर्धारण गरेको छ । नेपालमा पनि ‘महिला दिवस’ व्यापक रूपमा मनाउने गरिन्छ ।
मार्च ८ मा नै किन महिला दिवस मनाउन लागियो त ?
त्यस समय रूसमा जुलियन क्यालेन्डर चल्दथ्यो र बाकी अरु ठाउँमा ग्रेगेरियन क्यालेन्डर चल्थ्यो । यी दुवै क्यालेन्डरको तारीखहरुमा केही अन्तर छ। जुलियन क्यालेन्डरको मुताबिक १९१७ को फरवरीको आखरी आइतवार २३ फरवरीमा थियो जबको ग्रेगेरियन क्यालेन्डर अनुसार त्यो दिन ८ मार्च थियो। यो समय पूरा संसारमा यहां तक कि रूसमा पनि ग्रेगेरियन क्यालेन्डर चल्दछ । यसैले ८ मार्च महिला दिवसको रूपमा मनाउने गरिन्छ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


