आज हरेक व्यक्ति पानीको दुरुपयोग गरिरहेका छन् ।बाथरुम, शौचालय, भान्साघर र बगैंचाको सिंचाईमा पानीको खपत अत्यधिक मात्रामा भइरहेको छ। हामी सबैको कर्तव्य हो पानीको दुरुपयोग हुनबाट सुरक्षा गर्नु र पानीलाई खेर जान नदिनु, किनकि कुनै पनि चीजको दुरुपयोग दरिद्रता तथा निर्धनताको कारण बन्न पुग्छ। फजुल खर्च गर्नाले नोक्सान पनि हुन्छ र आवश्यक पर्ने व्यक्तिहरुले प्रयोग गर्न पाउँदैनन्। मानिसहरु न उसले आफूले गरेको गलत कार्यको बारेमा सोच्दछ र न अर्को व्यक्तिलाई उसले गरेको गलत कारणले भएको हानीको बारेमा सोच्दछ। इस्लाम फजुल खर्च गर्नबाट रोक्दछ र संरक्षण गर्न आज्ञा दिन्छ। क़ुरआनमा भनिएको छ-
“खानु पिउनु तर फजुल खर्च नगर्नु, अल्लाह फजुल खर्च गर्नेवालालाई मन पराउँदैनन।”
मुहम्मद सल्ल. जसको जीवन प्रत्येक मानवको लागि आदर्श थियो, पानीको संरक्षण गर्न वहाँले दिएको अर्ती उपदेश हामी सबैका लागि उपयोगि सावित हुनेछ। वहाँ धेरैमा ६५० ग्राम पानीबाट वुजू गर्नु हुन्थ्यो तथा अढाई लीटर देखि तीन लीटरसम्म पानीले नुहाउनु हुन्थ्यो। (मुस्लिम)
एक व्यक्ति हज़रत इब्ने अब्बास रज़ि. को छेऊ आयो र सोध्यो वुज़ूको लागि हामीलाई कति पानीको आवाश्यक पर्छ ? त वहाँले भन्नुभयो-आधा लिटर भन्दा केही बढि, फेरी भन्नुभयो नुहाउनको लागि कति पानीको जरुरत पर्छ ? अढाई देखि तीन लीटरसम्म। उसले भन्यो, मलाई यति पानीले पुग्दैन। वहाँले भन्नुभयो, वहाँलाई पुग्यो जो तिमी भन्दा उत्तम थिए, अर्थात् अल्लाहको रसूल मुहम्मद सल्लल्लल्लाहु अलैही वसल्लम । ( अहमद )
एक पटक मुहम्मद सल्लल्लल्लाहु अलैही वसल्लम हज़रत साद बिन अबी वक्क़ास रज़ि. को नजिकबाट जाँदै हुनुहुन्थ्यो त्यसै समय वहाँ वुज़ू गरि रहनु भएको थियो र पानीको प्रयोग ज़रुरत भन्दा ज़्यादा खर्च गरिरहेका थिए। वहाँले भन्नुभयो, हे साद! यो के फजूल खर्च गरेको ? उनले सोधे, के वुज़ूमा पनि फज़ूल खर्ची हुन्छ ? वहाँले भन्नुभयो, हुन्छ किन हुँदैन! यदि तिमी बगिरहेको नदीको नजीक नै भए पनि आवश्यकता भन्दा धेरै पानीको प्रयोग गर्नु फजुल खर्च हो।
दाजु-भाई तथा दिदीबहिनीहरुसँग विन्ती गर्दछु कि यस जटिल समस्याको अनुभव गरून जुन पानीको अभावमा प्यासले छटपटाएका हुन्छन्, जुन अरुले अत्यधिक पानीको नोक्सान गराई धेरै मात्रामा पानीको प्रयोग गरेको कारणले पीडित बन्नु परेको छ र हाम्रो उत्तर दायित्व हुनेछ कि हातमा हात मिलाएर यस समस्याको समाधानको लागि अग्रसर हुनु हो, किनकि पानीको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो।
पानीको संरक्षणको लागि केही नियम
(१) बगैंचाको सिंचाई बिहान अथवा साँझमा गर्नु, र सकेसम्म सानो पाईपको प्रयोग गर्नु धेरै हदसम्म पानीको बचत हुनसक्छ। जस्तै हाप इन्चीको पाइपको प्रयोग गर्नु ।
(२) गाडिको सफाई गर्दा पाईपको प्रयोग गर्नुको सट्टा बाल्टीमा पानी लिएर कचौराको प्रयोग गरेर धुनु राम्रो हो ।
(३) ब्रस गर्दाको समय, दाह्री काट्दाको समय, भाँडा माझ्दाको समय नललाई खुल्ला राखेर अनावश्यक रुपमा पानी खेर जानबाट रोक्नु पर्दछ। यसै गरि काम सकेपछि नललाई राम्रोसँग बन्द गर्नुपर्छ। यदि प्रयोग गरिएको पानीलाई हामी अरु कुनै अन्य काममा लगाउन सम्भव भए प्रयोगमा ल्याउनुहोस् ।
(४) थोपा-थोपा गरेर पानी झरे धेरै नोक्सान हुन्छ । यदि पुरै दिन पानीको थोपा-थोपा गरेर चुही रहयो भने एक दिनमा अनुमानितः २७ लीटर पानी नोक्सान हुन्छ।
स्रोतः जल का महत्व इस्लाम की दृष्टि में
अनुवादकः- मुहम्मद इब्राहीम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


