सूरतुल-माउन -१०७ (मक्की, आयतहरु-७)
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
(१) के तिमीले न्यायको दिनलाई मिथ्या ठहर गर्ने त्यस व्यक्तिलाई देख्यौ ?
(२) उही त हो जो अनाथलाई गल हत्याउँछ ।….
(३) र दीन-दुःखीलाई खुवाउन प्रोत्साहित गर्दैन ।
(४) सर्वनाश होस् यस्ता नमाजीहरुको….
(५) जो आफ्ना नमाजप्रति लापारवाही गर्छन् ;
(६) जो देखावटी गर्छन्…
(७) र सानो तिनो वस्तु पनि (कसैलाई) दिनबाट रोक्छन् ।
संक्षेप ब्याख्याः
अबू लहब अति नै निर्दयी थियो । अनाथहरुसँग सद् व्यवहार गर्न कुरआनको विभिन्न आयतहरुमा आदेश दिइएको छ (सूरह अल फज्रः17, अबू बक्र (रजि.) ले भने- “मेरो दृष्टिमा कमजोर तबसम्म अति बलियो तथा प्रभाबी छ जबसम्म त्यसको अधिकार उसलाई प्राप्त हुँदैन।”
अबू लहब न त स्वयं यो काम गर्छन् न परिवारका सदस्यहरुलाई निर्धन तथा गरिबहरुलाई खाना खुवाउन प्रोहत्साहित गर्छन् र न नै अन्य मानिसहरुलाई गरिब, निर्धन, असाहय तथा अनाथहरुको सहयोग लागि उपदेश दिन्छन् ।
जो नमाज पढ्दैनन् वा पहिला पढ्थे फेरि छाडिदिए, वा निर्धारित समयमा पढ्दैनन् वा हम्मेशा ढीला-सुस्ति गरेर पढ्छन् वा ईशभय तथा विनम्रतासाथ पढ्दैनन् ।
मक्काका काफिरहरुको भक्ति नाटकिय तथा देखावटी मात्र हुने गर्थ्यो ।
पवित्र कुरआनः निश्चय नै मुनाफिकहरु अल्लाहसित धोकेबाजी गर्छन् जबकि अल्लाहले तिनीहरुलाई तिनको धोकेवाजीको बदला दिनेछन् । तिनीहरु नमाज़को लागि उभिंदा अल्छी गर्दै उभिन्छन्, केवल मानिसहरुलाई देखाउनकालागि । अनि, तिनीहरु अल्लाहको कमै स्मरण गर्दछन् ।(सूरह अन् निसा- आयतः 142)
स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)
अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही
प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम खरेल