हुद हुद पंक्षी र सबाकी रानी कहानीबाट हामीले केही शिक्षा पाउने छौं । संदेष्टा सुलैमान अलैहिस्सलामको सेनामा मानिस र जिन्नात बाहेक पशु पंक्षीहरु पनि थिए। सुलैमान अलैहिस्सलाम आफ्नो सेनालाई आफ्नो अधीनमा राख्दथे र हरेकको हालत वा अवस्थाबाट पूर्ण रूपमा जानकारी राख्दथे जो एक अनुभवी नायकको पहिचान हो। एक दिन हुद हुद नामको एउटा पंक्षी गायब भएको पाए, तब सोधे के हो मैले हुद हुदलाई देखि रहेको छैन, अनुमति नलिई कहाँ गयो होला ? यदि उसँग गायब हुने खास कुनै ठोस प्रमाण मिलेन भने म उसलाई कठोर सजाय दिन्छु अथवा जबह नै गरेर छाड्छु।
हुद हुद केही दिनसम्म गायब भयो फेरी सुलैमान अलैहिस्सलामको सेवामा उपस्थित भयो, विदित छ कि सुलैमान अलैहिस्सलाम हुद हुद गायब भएकोमा धेरै क्रोधित थिए, अतः हुद-हुदले आउने बित्तिकै भन्योः मलाई यस्तो सूचना प्राप्त भएको छ जुन सूचना तपाईको साथ छैन, यस्तो ज्ञान प्राप्त भएको छ जसको ज्ञान तपाईको साथ छैन। म तपाईको साथमा यमनबाट सबा समुदायको सत्य र अति महत्वपूर्ण सूचना लिएर आइरहेकोछु । जब म वहाँ गएको थिए तब मैले धेरै आश्चर्यजनक चीजहरु देखे: त्यस देशकी रानी एक महिला छिन, उनका प्रजा उसको अधीन र आज्ञाकारी छन्। फेरी यी रानी सामान्य देशका राजाहरु जस्ती छैनन्, उनलाई हरेक प्रकारको विशालता र समृद्धि प्राप्त छ, तिनको महानताको यो प्रमाण छ कि उनको लागि सुन्दर पत्थरहरुलाई खोजी गरेर एउटा महान सिंहासन बनाइएको छ जो हीरा मोतीहरुबाट सजाइएको छ।
यस सांसारिक शान शौकत र ठाट-बाटको बावजूद सबैभन्दा भयानक बीमारी उनीहरुमा यो पाइन्छ कि पूरै देश एक अल्लाहको पूजाबाट टाढा छन्, सबै सूर्य नमस्कार गर्दछन्, सूर्यको पूजा गर्दछन्। “मैले उनलाई तथा उनको समूदायलाई अल्लाहबाहेक सूर्यको उपासना गर्दै गरेको पाएँ।” (सूरः अन् नम्लः 24)
फेरी त्यो हुद हुद पक्षीले सुलैमान अलैहिस्सलाम समक्ष उनको बहुदेववादको कारण पनि बतायो कि राक्षसले उनको सामने बहुदेववादको यस कर्मलाई उनको लागि शोभायमान बनाई दिएको छ र उनलाई मार्गबाट रोकी दिएको छ जिसको कारण उनीहरुले सीधा मार्गबाट बञ्चित भएका छन्।
फेरी आफ्नो कुरामा जोड दिदै भन्योः कस्ता मानिस हुन जो सृष्टि गरिएको चीजको उपासना गर्दछ तर सृष्टिकर्तालाई छोडेर, यी मानिसहरु सूर्यको पूजा गरिरहेका छन् वास्तवमा सूर्यलाई सृष्टि गर्ने सृष्टिकर्ताको पूजा गर्नु पर्दथ्यो, जसले आकाशबाट वर्षा गराउँछन् र धर्तीबाट अदृष्य खजाना निकाल्छन्, यहाँसम्म कि हामी जे जति लुकाउँछौं र देखाउँछौ त्यो पनि वहाँलाई पूर्ण ज्ञान छ। यस्तो महिमाको पूजा गर्नुको सट्टा अरुको पूजा गर्छन्। फेरी आफ्नो कुरालाई समाप्त गर्दै हुद हुद चराले भन्योः “अल्लाह उनै हुन् जसबाहेक अन्य कोही उपास्य छैन्, उनी नै महान् अर्श (सिंहासान) का स्वामी हुन।” (सूरः अन् नम्लः 26)
पक्षीले जब यो सूचना सुनायो, सुलैमान अलै. ले सबा समूदायकी रानीको नाम तुरन्त एक पत्र लेखे र हुद हुदलाई नै पुर्याउनको लागि पठाए जसमा उनले रानीलाई आफु समक्ष उपस्थित हुनका लागि निमन्त्रण पठाएका थिए, अतः सबाकी रानी सुलैमान अलैहिस्सलाम समक्ष उपस्थित भइन अनि फर्केर आफ्ना सबै प्रजाको साथ इस्लाम स्वीकार गरिन। (पढ्नु होस् क़ुरआनमा यो किस्सा सूरः अन् नम्ल, आयत 20 देखि 44 सम्म)
प्रिय मित्रहरु! बह्माण्डका प्रत्येक सृष्टि एक अल्लाहको गुणगानमा लिन छन् र शिर्कबाट टाढा छन्, यो एउटा पंक्षीको भूमिक हो, जसले शिर्कको दृश्य देखेर सहन सकेन र तुरन्त सूचना लिएर सुलैमान अलैहिस्सलामको सेवामा उपस्थित हुन्छन् फेरी उनीसमक्ष अल्लाहको सन्देश पुर्याउनका लागि परेशान हुन्छ। वास्तवमा पंक्षीको यो जिम्मेदारी होइन, यो जिम्मेदारी त हाम्रो र तपाईको थियो।
स्रोतः http://cutt.us/GpUS
अनुवादक: मुहम्मद ईब्राहीम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


