
के तपाई चिन्नु हुन्छ ? यो महापुरुष को हो ? ती अनाथ व्यक्ति अल्लाहका रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लम हुनुहुन्छ
जब धर्ती बाँझो सिद्ध भयो, उनको मेहनत खेर गयो, तब नजिकको शहर (हब्शा) तर्फ सत्यतर्फ बोलाउन जानु भयो, तर त्यस शहरका मानिसले उनको सन्देशलाई स्वीकार गर्नु त परै जावस् उल्टै वहाँ माथि ढुंगा बर्साए, पूरै शरीर रगतले लतपत भयो र बेहोश भएर लड्नु भयो। फेरी पनि उनीहरुलाई भलाईको लागि प्रार्थना गर्दै रहे, एक दिन, दुई दिनको कुरा होइन लगातार १३ वर्षसम्म उनलाई यातना र कष्ट दिए, यहाँ तक उनलाई र उनका साथिहरुलाई आफ्नो जन्म भूमिबाट देश निकाला गरि दिए, उनको घर बार र सम्पत्तिमाथि कब्जा गरे। जन्मभूमिबाट निकाले पछि पनि उनको शत्रुतामा कमी भएन, दस वर्षमा २७ पटक युद्ध गरे, उनको पूरै जीवनमा उनीमाथि १७ पटक हत्या गर्न षडयन्त्र गरे। तैपनि हिम्मत हारेनन् उनले मानिसहरुलाई सत्य मार्गमा बोलाई रहे र सत्य सन्देशलाई अप्नाउनेहरुको संख्या पनि दिनानु दिन बिस्तारै बिस्तारै बढ़दै गयो।
अन्ततः जुन जन्मभूमिबाट उनलाई निकाले दिएका थिए त्यही भूमिमाथि ८ वर्ष पछि उनले फेरी विजय प्राप्त गरे । सबै जना डरले थर-थर कामी रहेका थिए, आज हाम्रो के हालत होला भनेर किनकि उहुदको युद्धमा वहाँको काकाको कलेजो निकालेर चपाउने हिन्दा पनि त्यहीं थिइन भने उनलाई आफ्नो घरबाट निस्कन बाध्य पार्ने तीनै समाजका मानिस पनि त्यहाँ थिए। अलिकति सोच्नुहोस् त्यो मानिस जसलाई निरन्तर २१ वर्षसम्म सताए, शान्तिसँग बस्न दिएनन्, आज आफ्नो शत्रुमाथि विजय प्राप्त गरी आफ्नो काबुमा हुँदा कस्तो सजाय दिन्थे होलान… संसारको कानून यही भन्दछ कि २१ वर्षको शत्रुहरुलाई कष्टदाइक सजाय दिनु पर्थ्यो । तर उनी त संसारका लागि दयालुता बनाएर पठाइएका ईशदूत थिए। त्यसैले ती सज्जनले सबैलाई सार्वजनिक क्षमाको घोषणा गर्नु भयो। यसको परिणाम के भयो…?
मानिसहरुले सम्झिए कि यो मानिस स्वार्थी होइन.. हरेक तर्फबाट मानिस यस सत्यलाई अपनाउन लागे…दुई वर्ष पछि जब सन् दस हिजरीमा हजको लागि जब मक्का आएका थिए त्यस बखत उनको अनुयाईको संख्या एक लाख चवालिस हजार भएका थिए । के तपाई चिन्नु हुन्छ ? यो महापुरुष को हो….? ती अनाथ व्यक्ति अल्लाहका रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लम हुनुहुन्छ । हो आज हामी ईश्वर त मान्छौ तर वास्तविक सत्य पूजनिय को हुन भनेर चिन्दैनौ र अनेक धर्ममा बिभाजित भएका छौं । वास्तवमा हामीले सत्य ईश्वरलाई चिनेर उनका सन्देशवहाक (ईशदूत) ले बताएको तरिका अनुसार वास्तवित सत्य पूजनिय ईश्वरको भक्ति गर्नु पर्थ्यो तर हामी वास्तविक ईश्वरलाई चिनेनौ किन ? किनकि हामी धर्मशास्त्रको अध्यायन गर्दैनौ र पुर्खाको नियम भन्दै अन्धविश्वासको पछि लागेका छौ ।
साभार (स्रोत) http://safatalam.blogspot.com/2012/11/blog-post.html#more
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali

