Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

इस्लामको आचरण संहिता भाग – 2

Husban/wife rights in Islam

इस्लामको आचरण संहिता

इस्लामिक जीवनमा राम्रो आचार तथा व्यवहारको धेरै नै महत्वपूर्ण स्थान छ । यसै कारण इस्लामले राम्रो आचरण र स्वभावका व्यक्तिलाई उच्च स्थानमा स्थापित गरेको छ । उत्तम व्यवहार एवं सुन्दर आचार एक आदर्श समाजको निर्माणको लागि ईंटाको काम गर्छ र सुन्दर संस्कृतिको निर्माणको लागि बलियो जगको काम गर्दछ । अल्लाह तआलाले हामीलाई मार्गदर्शन गर्नका लागि असल व्यवहार र असल आचरणवाला नबी तथा रसूलहरु पठाउनु भएको छ  । यसैले उनिहरुले पनि इस्लामको शिक्षानुसार आफ्नो अनुयायीहरुलाई हरेक उत्तम व्यवहार र असल स्वभावको शिक्षा दिए र अशुद्ध आचारबाट टाढा रहनका लागि आदेश दिए ।

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रष्ट शब्दमा भन्नु हुन्छ कि यही कारण हो कि मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई नबी बनाएर पठाउनुको लक्ष्य नै उत्तम आचारको प्रचार गर्न हो । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को भनाई छ, निःसंदेह मलाई केवल यसैले पठाईएको हो कि म (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानवलाई अल्लाहको मार्गमा उत्तम आचारणतर्फ बोलाऊ  (मुस्नद, अहमद)

जब मानवको आचार राम्रो हुन्छ त उसको ईमान पनि पूर्ण हुन्छ र त्यस्तो व्यक्ति जन्नत(स्वर्गमा) प्रवेश हुने संभावना पनि धेरै हुन्छ । अबू हुरैरा रजियल्लाह अन्हु) ले वर्णन गर्नु हुन्छ कि रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु हुन्छ,- पूर्ण र सर्वश्रेष्ट मुस्लिम त्यो हो जो व्यवहारमा सबै भन्दा राम्रो छ, र तिमी मध्ये उत्तम त्यो हो जो आफ्नो पत्नीको साथ राम्रो व्यवहार गर्छ

यसै प्रकार जो व्यक्ति राम्रो व्यवहारको साथ जीवन गुजारा गर्छन् र उत्तम आचारको साथ समाजका व्यक्तिहरुसँग मिल जुल गर्दछन्, कसैलाई कुनै प्रकारको तकलीफ दिंदैन, त यस्तो व्यक्ति क़ियामतको दिन नबी (सल्लल्लाहु अलैहि व सल्लम) को नजिक हुन्छन् । जस्तै कि जाबिर बिन अब्दुल्लाहले भन्नुहुन्छ नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो- निःसंदेह  तिमीहरु मध्ये त्यो व्यक्ति मेरो लागि ज्यादा प्रिय र नजिक हुन्छ जो राम्रो र उत्तम आचारवाला हुन्छन्

उत्तम आचार, राम्रो मिल-जुल, मीठो बोल-चालको माध्यमबाट एक असल भक्त हमेशा रोज़ा राख्ने वाला, हमेशा नमाज़ पढ़ने वालाको स्थान पाउन सक्छ । यसै गरी क़ियामतको दिन तराजुमा सबैभन्दा वजनदार चीज हो ।

नबी(सल्लल्लाहु अलैहि सल्लम) को भनाई छ. राम्रो आचार नै उत्तम चरित्र हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै अबू दरदा (रज़ी अल्लाह अन्हु) ले पनि वर्णन गर्नु भयो कि नबी (सल्लल्लाहु अलैहि सल्लम) ले पनि भन्नु भयो- असल भक्तको त्यो हो जो कियामतको दिन तराजुमा जोख्दा उसको असल व्यवहार नै सबैभन्दा भारी  चीज हुन्छ र अल्लाह तआलाले नराम्रो व्यवहार दुराचार तथा दुर्व्यवहारवालासँग घृणा गर्नुहुन्छ।

अल्लाह तआला पनि ती व्यक्तिसँग प्रेम गर्नुहुन्छ, जो राम्रो चरित्र वाला हुन्छ र अल्लाहको तर्फबाट त्यस मानवलाई सबैभन्दा उत्तम चीज प्रदान गरिन्छ । ऊ राम्रो व्यवहार, असल आचार र उत्तम चरित्र हुनुपर्छ ।

हदीसमा लेखिएको छ, कुनै एक व्यक्तिले प्रश्न गर्यो. ऐ अल्लाहको रसूल,- मानवलाई सबैभन्दा राम्रो चीज़ के प्रदान गरिएको छ ? तब नबी मुहम्मद (सल्लल्लाहु अलैहि व वसल्लम) ले उत्तर दिनुभयो, असल व्यवहार ! जो व्यक्ति राम्रो व्यवहारसँग मिलजुल गर्छन् ति यस्तो व्यक्तिको लागि जन्नत (स्वर्ग) को ग्यारेन्टी मुहम्मद (सल्लल्लाहु अलैहि व वसल्लम) ले लिनु भएको छ । यस सम्बन्धमा अबु उमामा बाहली (रज़ी अल्लाह अन्हु) भन्नुहुन्छ, कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुहुन्छ- म त्यस व्यक्तिको लागि जन्नत (स्वर्ग) को तल्लो दर्जाको जिम्मेदारी लिन्छु। जो आफू सत्यतामा छ त्यसको बाबजुद पनि लडाई, झगडा गर्दैन भने म उस व्यक्तिको लागि जन्नत (स्वर्ग) को बीचवाला दर्जाको जिम्मेदारी लिन्छु, जो हंसी-मज़ाकमा पनि झूटो बोल्दैन र झगडा गर्न छोड्छ भने म उस व्यक्तिको लागि जन्नत (स्वर्ग) को उच्च स्थानको जिम्मेदारी लिन्छु” ।

जसको चरित्र, व्यवहार, स्वभाव राम्रो हुन्छ, सुब्हानल्लाह, कति ठूलो स्थान र कति उत्तम शुभसूचीमा हुनेछन् उ अल्लाहको नजिक । ति व्यक्तिहरुको लागि जो उत्तम व्यवहार, सुन्दर आचार, राम्रो विचार, र उत्तम चरित्रवाला हुन्छन्। यही कारण हो संसारिक जीवन र पारलौकिक जीवनको सफलता केवल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को आदर्श जीवनको अनुसार जीवन बिताउनमा निर्भर गर्छ। जीवनको हर मोडमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को आफ्नो आदर्श मान्दछ ।, किनकि मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले व्यवहारमा अपनाएर कुरआनको व्याख्या गरेको छ, अल्लाह तआलाले कुरआन मजीदमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को महान माहान्ताको, आचारणको बयान गर्दै भनिएको छ- र अवश्य वहाँ (सल्लल्लाहु अलैहि वसल्लम) लाई नैतिक आचारणको उत्तम दर्जाको रुपमा मानिन्छ । (सूराः अल् कलम)

प्रिय रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आचरणको बारेमा आईशा (रज़ी यल्लाह अन्हा) सँग सहाबीले प्रश्न गर्दा भन्नुभयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आचारण नै कुरआन थियो । यति उच्च आचारम र उत्तम व्यवहारका मालिक हुनाको साथै मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हमेशा अल्लाहसँग प्रार्थना गर्थे मेरो आचारणलाई उत्तम भन्दा उत्तम गरिदेऊ । जस्तै कि अबदुल्लाह बिन मस्ऊद (रज़ी अल्लाह अन्हु) ले भएको छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहसँग हमेशा दुआ (प्रार्थना) गर्नु हुन्थ्यो- ऐ अल्लाह ! जसरी तिमीले मेरो  बनावटलाई अति सुन्दर बनाएका छौ त्यसै गरी मेरो आचार, व्यवहारलाई पनि अति सुन्दर गरिदेऊ” ।

अल्लाह तआलाले कुरआन मजीदमा खुल्ला शब्दमा मानवलाई आदेश दिनु भएको छ, यदि तिमी अल्लाह र अन्तिम दिनमा विश्वास र ईमान राख्दछौ भने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसार जीवन गुजार, र यसैमा तिमीलाई सफलता छ । अल्लाहको भनाई छ । वास्तवमा तिमी ति व्यक्तिको लागि अल्लाहको रसूलमा एक उत्तम आदर्श हो प्रत्येक त्यस व्यक्तिको लागि जो अल्लाह र अन्तिम दिनमा विश्वास राख्दछन् र अल्लाहलाई ज़्यादा याद राख्द छ।

प्रिय मित्र, राम्रो आचार, सुन्दर स्वभाव केवल पढ़ने– लेख्ने मात्रै चीज़ होईन र न कथा कहानी हो जसलाई मात्रै बयान गरिन्छ र न त्यो ईच्छा हो जुन कि कल्पना मात्रै गर्ने, यो त अल्लाहमा विश्वास तथा ईमानबाट प्राप्त हुन्छ । एक अल्लाह माथि विश्वास गर्नु अल्लाहको दृष्टिमा त्यो विश्वासको एक रुख हो त राम्रो आचरण त्यसको फल हो, यदि ईमान(विश्वास) घरको जग हो भने राम्रो आचरण  पूर्ण निर्माणको घर हो, जब कुनै व्यक्तिमा राम्रो आचरण, राम्रो व्यवहार, राम्रो अनुशासन हुन्छ, त्यसको ईमान (विश्वास) ज़्यादा हुन्छ र जब अनुशासन खराब हुन्छ, आचारण अशुद्ध हुन्छ, ईमान कमज़ोर हुन्छ, यसैले एक मुस्लिमको परिभाषाको बारेमा यस्तो भनिएको छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कथन छ, मुसलमान त्यो हो जुन उसको हात तथा बोलीको कारणबाट अरु व्यक्तिहरु सुरक्षित रहुन, र एक व्यक्ति त्यस समय जन्नत (स्वर्ग) को भागिदार हुन्छ, जब उसको आचरण, व्यवहार, स्वभाव असल हुन्छ र उसको छिमेकी उसँग प्रसन्न हुन्छ

यदि कुनै व्यक्तिको व्यवहार तथा चरित्र सुन्दर हुँदैन, त्यसले आफ्नो छिमेकीलाई कठिनाईमा पार्छ, उसको छिमेकी उसँग अप्रसन्न हुन्छ भने त्यसता व्यक्ति जहन्नम (नर्क) मा जान्छन् जस्तै कि अबू हुरैरा (रज़ियल्लाह अन्हु) भन्नुहुन्छ, एक व्यक्तिले प्रश्न गर्यो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग हे अल्लाहको रसूल ! फलानी महिला धेरै नमाज़ पढ़थी, धेरै रोज़ा राख्थि र धेरै ज़्यादा दान गर्थी तर उसको छिमेकी उस महिलाबाट धेरै पीडित छन्। त मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो- ती महिला जहन्नम (नर्क) मा जान्छिन्

त फेरी त्यो व्यक्तिले मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) सँग अर्को  प्रश्न गर्यो, ऐ अल्लाहको रसूल ! फलानी महिला केवल फर्ज़ (अनिवार्य़) नमाज़ पढ़थी, केवल फर्ज़ (अनिवार्य़) रोज़ा राख्छिन् र केवल फर्ज़ (अनिवार्य़) दान दिन्थिन तर त्यसको छिमेकी त्यस महिलासँग धेरै ज़्यादा प्रसन्न छन् । त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो- ति महिला जन्नत (स्वर्ग) मा जान्छिन्

वास्तवमा राम्रो अनुशासन, असल स्वभाव तथा उत्तम आचारको कारण नै हामी आफ्नो पारलौकिक जीवनलाई सफलपूर्वक बनाउन सक्छौ र दूरव्यवहार, अशुद्ध आचारको कारण हामी आफ्नै पारलौकिक जीवनलाई नष्ठ गर्न सक्छौ । त्यसैले उत्तम निर्णय तथा कर्म गर्नु हाम्रो हातमा छ । हामी आफ्नै पारलौकिक जीवनलाई नष्ठ गर्ने र सफल गर्ने तपाई हाम्रै हतमा छ । एक पटक अवश्य सोच्नुहोस हामी स्वर्ग जान चाहन्छौं कि नर्क जान चाहन्छौं ।

http://cutt.us/O1bl

अनुवादक- मुहम्मद इब्राहीम खरेल

Related Post