इस्लाम धर्मको शाब्दिक अर्थ र सन्देष्टाको आगमन 

इस्लामको धर्म शाब्दिक अर्थ

इस्लामको धर्म शाब्दिक अर्थ र सन्देष्टाको आगमन

इस्लामको धर्म शाब्दिक अर्थ र सन्देष्टाको आगमन सम्बन्धमा आज हामी तपाईहरु समक्ष जानकारी गराउने छौं। इस्लामको शाब्दिक अर्थ हुन्छ ‘समर्पण’ या आफुले आफुलाई बिना कुनै शर्त परमेश्वरमा समर्पण (Surrender) गर्नु अर्थात अल्लाह (परमेश्वर) को इच्छा अनुसार पूर्ण रुपबाट नतमस्तक हुनु । इस्लामको पारिभाषिक अर्थ हुन्छ,  “अल्लाह तथा ईश्वरीय शिक्षालाई स्वीकार गर्नु, उनै प्रति नतमस्तक हुनु हो, आफुलाई र आफ्नो सर्वस्वलाई अल्लाहको अधिन गरि दिनु तथा सम्पूर्ण जीवनमा अल्लाहको सेवक वा भक्त बन्नु हो” उसैको उपासना र प्रार्थाना गर्नु, उहाँसंग माग्नु । आफ्नो पूर्ण जीवन उसैको नियम वा आदेशानुसार व्यतीत गर्नु, ‘पवित्र कुरआन’ को सिद्धान्त अनुसार मानवले आफ्नो जीवन गुजार्नु ।

इस्लाम धर्मको प्राचिनता र इस्लामका संस्थापक  

इस्लाम धर्म एक प्राकृतिक धर्म हो, तर ऐतिहासिक गलत बिना यो सम्झिन लागियो कि यो एक नयाँ र सबै भन्दा पछि आएको धर्म हो । वास्तवमा मानव उत्पत्तिको समय देखि नै केवल यही एक धर्म थियो ।

यस धर्मको संस्थापक सर्वप्रथम मनुष्य हजरत आदम (अ.) थिए जसको रचना अल्लाहले बिना माता-पिताबाट गर्नु भएको थियो र त्यसपछि उनकी स्त्री हव्वालाई सृष्टि गर्नु भएको थियो, यिनै दुई पति-पत्नीबाट सारा संसारको मनुष्यको उत्पत्तिको आरम्भ भयो जसको विस्तार पूर्वक उल्लेख पवित्र कुरआनको सूरः बक़रःमा पाइन्छ ।

विभिन्न सूरः तथा भविश्य पुराण प्रतिसर्ग पर्वको प्रथम खण्डको चतुर्थ अध्याय, र बाइबिल वा अरु अनेक ग्रन्थहरुमा उल्लेख गरेको छ यस धर्तीको पहिलो व्यक्ति हज़रत आदम (अ.) हुनुहुन्छ जसको धर्म, इस्लाम नै थियो ।

अल्लाहले मनुष्यहरुलाई सृष्टि गरेपछि यसै छोडेको छैन, जसरी कम्पनी कुनै सामान बनाउँछ, त त्यो सामान कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा एउटा गाइड (नोट डायरी) पनि राखेको हुन्छ ठिक त्यसैगरी अल्लाह (परमेश्वर) ले मानवको सृष्टि गर्नु भयो र त्यसैगरी उसको अंगलाई प्रयोग गर्ने तरीकालाई ‘ईश्वरीय शिक्षा’ भनिन्छ । जसलाई वहाँ आफ्नो नबीहरु, रसूलहरु या संदेशवहाकहरु (ईशदूत) को माध्यमबाट सम्पूर्ण मानवलाई दिनु हुन्थ्यो त्यही शिक्षा अनुसार जीवनयापनको नाम ‘इस्लाम’ थियो । हो यही इस्लाम शब्दलाई प्रत्येक सन्देष्टा आफ्नो भाषा अनुसार नाम राख्दथे जस्तै संस्कृत भाषामा ‘सर्व समर्पण धर्म’ नाम थियो भने अरबी भाषामा यसको अर्थ हुन्छ ‘इस्लाम धर्म’ या ‘सनातन धर्म’ अर्थात ‘दीने कय्यिम’ ।

मानिसहरु कसरी पथभ्रष्ट भए ? 

पहिलो मानवको सन्तानलाई शैतानले दस शताब्दी तक पथभ्रष्ट गर्न सक्षम भएन। तर उनको सन्तान पछि सबै भन्दै पहिले नूह अलै. को युगमा मूर्तिपूजाको आरम्भ भयो जसको कहानी यसप्रकार छः नूह अलैहिस्सलामको जमानाका पाँच जना असल विद्वानहरुको मृत्यु पछि उनको श्रृद्धालुको छेउ आएर उनीहरुसँग भन्न शुरू गर्यो, मर्नेवाला यी पवित्र आत्माहरुको मूर्तिहरु बनाएर आफ्नो बैठक कोठामा राख, ताकि उनलाई देखेर तिमी भित्र पनि भक्ति गर्ने साहस पैदा हुन सकोस्। अतः मानिसहरुले त्यसै नै गरे, तर जब बनाउनेवाला पिढी बिते पछि फेरी उनको सन्तान समक्ष शैतान आएर भन्न लाग्यो कि हेर संकटमा तिम्रो पूर्खाहरुले यिनीहरुसित माग्थे र उनको मनोकामना पुरा हुन्थ्यो, तिमी पनि उनैसित माग्ने गर।

शैतानको बहकाउमा लागेर मानिसहरुले सृष्टिकर्तालाई पूज्न छोडेर मानवद्वारा सृष्टि गरिएको चीजको नै पूजा शुरू गरिदिए। तब अल्लाहले नूह अलै. लाई नबी बनाएर उनको समुदायमा पठाए, उनले साढ़े ९ सय वर्षसम्म एक अल्लाहको भक्ति गर्नलाई मानवलाई आमन्त्रण गरिरहे तर समुदायका अधिकांश मानिसहरुले नूह अलै. को सन्देशलाई अस्वीकार गरे तब एक दिन अल्लाहको यातना आयो र नूह अलैहिस्सलामको नाउ (डुङ्गा) मा सवार हुने बाहेक बाकी सबैलाई अल्लाहले नष्ट गरिदिया।

जब मानिसमा फेरी पथभ्रष्ट आयो तब अल्लाहले सन्देष्टाहरुलाई पठाउँदै गरे, जुन हरेक युग र हरेक देशमा आई रहे, जसको संख्या १२४००० सम्म पुगेको छ, तर मानिसले आफ्नो स्वार्थको लागि संदेष्टाको शिक्षाहरुमा परिवर्तन गर्दै रहे। ईश्वर जो सम्पूर्ण संसारका स्वामी थिए उनको इच्छा थियो- सारा संसारका मानवका लागि एउटै नै संविधान हो, सारा मानवको एउटै ईश्वर, एक सन्देष्टा, तथा एक ग्रन्थमा एकत्रित गरिदिने तर आरम्भमा यस्तो गर्न कठिन थियो किनकि मानिस अलग-अलग जातीहरुमा बाँडिएका थिए, उनको भाषाहरु अलग-अलग थियो, एक अर्कांमा मेल-मिलाप थिएन, एक देशबाट अर्को देशसँग सम्पर्क पनि थिएन। यातायातको साधन पनि थिएन र मानव बुद्धि पनि सीमित थियो।

अन्तिम सन्देष्टाको आगमनको किन र उनी को हुन ?

यहाँतक कि जब सातौं शताब्दी ईस्वीमा सामाजिक, भौतिक र सांस्कृतिक उन्नतिले सम्पूर्ण जगतलाई समेटिदियो तब ईश्वरले अलग-अलग देशमा अलग-अलग संदेष्टा पठाउने क्रम बन्द गर्दै संसारको मध्य भू-भाग अरबको शहर मक्कामा सर्वमान्य हज़रत मुहम्मद (ईश्वरको उनीमाथि शान्ति होस्) लाई संदेष्टा बनाए र उनिमाथि ईश्वरीय संविधानको रूपमा क़ुरआनलाई अवतरण गरि दिनुभयो। उनी जगत गरू बन्नेवाला थिए, समपूर्ण संसारको कल्यानको लागि आउनेवाला थिए यसैले उनी आउने भविष्यवाणी प्रत्येक धार्मिक ग्रन्थहरुले गरेका थिए, उनै नराशंस तथा कल्कि अवतार हुन जसको आज हिन्दू समाजमा प्रतीक्षा भई रहेको छ। उनलाई कुनै जाति तथा वंशको लागि होइन तर सम्पूर्ण संसारको लागि पठाइएको थियो।

यसप्रकार इस्लामको संस्थापक हज़रत आदम (अलैहिस्सलाम) भए पनि इस्लामको पूर्ण रुप प्रदान गर्नेवाला अन्तिम महाईशदूत हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) भए, जुन धर्मको विषयमा कुरआनको यसप्रकार भनिएको छ ।

अनुवाद- निःसन्देह दीन (धर्म) त अल्लाहको लागि इस्लाम नै हो

किन इस्लाम नै विश्वव्यापी धर्म हो

पवित्र कुरआनले यस कुराको प्रमाण दिन्छ कि अल्लाह तआला प्रत्येक वर्ग (समूह) र समूदायमा कुनै न कुनै सचेत गर्नेवाला पठाउँदै रहे, अर्थात रसूल (दूत) लाई नियुक्त गर्दै रहे, जसको बारेमा पवित्र कुरआनमा भनिएको छ- “वलक़द अर्सलना फ़ी कुल्लि उम्मतिर्सूल” (सूरः नह़ल)

अनुवाद- “र हामीले प्रत्येक समूह या समूदायमा रसूल(संदेष्टा) पठायौं”

यस आयतबाट स्पष्ट हुन्छ कि अल्लाहले हरेक समूदाय र हरेक क्षेत्रमा आफ्नो (रसूल) सन्देष्टा पठाउदै रहे, तर हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम)लाई सम्पूर्ण मानवको लागि एक मात्र अन्तिम रसूल (महार्ईशदूत) बनाइएको थियो जसलाई पवित्र कुरआन मार्फत आफ्नो उपदेशको माध्यमबाट जीवनको हरेक क्षेत्रहरु, वैचारिक, अध्यात्मिक, धार्मिक, नैतिक सामाजिक, आर्थिक, राजनीतिक, सबै क्षेत्र एवं भागमा सही व्यापक र संतुलित मार्गदर्शन दिएको छ जुन अन्तिम समयसम्म सारा मानवको मार्गदर्शन बनोस् ।

 

 

Related Post