Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

इस्लाम धर्ममा महिलाको अधिकार

इस्लाम धर्ममा

इस्लाम धर्ममा महिलाको अधिकार

इस्लाम धर्ममा महिलाको अधिकार के के छन् यस सम्बन्धमा अध्यायन गर्ने हो भने हामीले अन्य धर्मको तुलनामा सर्वश्रेष्ठ अधिकार प्रदान गरेको पाउँछौं । केही गैर मुस्लिम व्यक्तिहरुले इस्लामिक शिक्षालाई अध्यायन नगरी जुन आरोप लगाउँछन् त्यो सरासर झुटो र निराधार हुन् । इस्लाम धर्मालम्बीहरुले नारीलाई घरको चार दिवार भित्र मात्र सिमित राख्छन् भनेर लान्छना लगाउने व्यक्तिहरुलाई म भन्न चाहन्छु कि एक पटक खुल्ला हृदयले इस्लाम धर्म सम्बन्धि धार्मिक शिक्षा, इस्लामिक सरई कानून, इस्लामिक समाजिक रीति-रिवाज, इस्लामिक भेष-भषा, इस्लाम नारी तथा पुरुषको हक-अधिकारहरु के के छन् राम्रोसँग अध्यायन गर्नु जरुरी छ।

संसारको आधा आकाश महिलाले ढाकेको छ यसमा कसैको दुईमत छैन किनकि यो वास्तविकता हो महिला र पूरुष एक रथका दुई पांग्रा हुन। यो भनाईलाई पनि इस्लामले सहर्ष स्वीकारेको छ । इस्लाम धर्मको जानकारी र गहिराईसम्म अध्ययन र अनुसंधान गर्ने हो भने इस्लामले महिलाहरूलाई पूरुष सरह सबैखाले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । इस्लामको दृष्टिले विवाहिता वा अविवाहिता नारीहरुलाई सम्पत्ती आर्जन गर्न, खर्च गर्न सक्ने पूर्ण अधिकार प्राप्त छ। एउटा सम्पूर्ण व्याक्तित्वको रूपमा देख्छ, उसलाई किन्ने, बेच्ने, उपहार दिने र दान गर्ने अनि आफ्नो चल-अचल सबै सम्पत्ती खरिद-बिक्री गर्ने पूर्ण अधिकार दिएको छ । जुन प्रकारले इस्लाम धर्ममा महिलाहरूको स्थान हकलाई उच्च राखेको छ त्यति अरु कुनै धर्ममा देखिंदैन।

त्यस प्रकारको अधिकार अरु धर्ममा पाईदैन जुन इज्जत र संमान महिलाहरूको हुनुपर्ने हो त्यो इस्लाममा पाइन्छ। विवाहमा बेहुलाले उपहारस्वरूप दिएको लुगाफाटो गर-गहना तथा निश्चित पैसा र बढी पैसा मेहर बेहुलीको निजि सम्पत्ती ठहरिन्छ। विवाह पश्चात् बेहुलीको पारिवारिक नामथर परिवर्तन गरी बेहुलाको नामथर धारण गरिरहनु पर्दैन साबिक कै पारिवारिक नामथर रहन्छ तर इस्लाममा नारी पुरुष दुबैले सभ्य शिष्ट र मर्यादित पोशाक लगाउनु पर्ने इस्लामिक आचारसंहिताको विशिस्ट अंग हो तर अहिलेको समाजमा सर्वत्र फैलिएको कुरिती र सहि मार्गदर्शन नभएकोले अज्ञानताबश सोचिने गरिन्छ कि वास्तवमा घर परिवार व्यवसाय चलाउने पुरुष मात्रै हो।

त्यस्तै इस्लामी धार्मिक नित्यकर्म नमाज पढ्ने, धर्ममा जानकारी राख्ने, त्यसको अनुशरण गर्ने दायित्व पनि पुरुषहरूको मात्रै हो यो धारणा वास्तवमा सोर्है आना गलत हो ईश्वरका संदेष्टा मुहम्मद ﷺ र अरु पनि जति संदेशवाहक दूतहरु संसारमा पदार्पण गरे सबैले एउटै धर्म इस्लाम लिएर आए जसमा प्रष्ट भनिएको छ” अल्लाहको सामु महिला र पुरुष बराबर छन महिला माथी अत्याचार नगर्नु यदि कुनै महिलाले अल्लाहले तोकेको कानूनलाई उल्लंघन गरेमा वा नमानेमा उसले अल्लाहको सामु त्यसरी नै जवाफदेही हुनुपर्ने छ जसरी पुरुष जवाफदेही हुन्छ”।

आफ्नी पत्नीसँग सुमधुर र मर्यादित व्यवहार गर्न इस्लामले पतिहरुलाई प्रोत्साहित गर्छ संदेष्टा मुहम्मद ﷺ ले भन्नु भएको छ : “तिमीहरूमा सर्वश्रेष्ठ व्यक्ती त्यो हो जस्को आफ्नो श्रीमती प्रतिको व्यवहार सर्वश्रेष्ठ हुन्छ।

 

स्रोतः इस्लाममा नारी अधिकार (पुस्तकबाट साभार)

प्रस्तुतकर्ताः मुहम्मद इब्राहीम

Related Post