इस्लाम भन्दा पहिले अरब महा-द्वीपको स्थिति (पहिलो भाग)
अरब देशको क्षेत्रफल
अरबको द्वीपको पश्चिममा लाल सागर र सीना द्वीप पर्छ, पूर्वमा अरब खाडी तथा दक्षिण इराकको ठूलो भाग पर्दछ साथै अरब सागर पर्दछ जसलाई हिन्द सागर पनि भन्दछन् र उत्तरमा सीरिया र केही उत्तरी इराक पनि पर्दछ।
अरब द्वीपलाई प्राकृतिक र भौगोलिक रुपमा धेरै महत्व प्राप्त छ । आन्तरिक रुपमा यो चारैतर्फ सहरा अर्थात मरूभूमिले घेरिएको छ जसको कारण यो यस्तो सुरक्षित किल्ला बनेको थियो कि बाहिरी समूदायको लागि यसमा कब्जा गर्न र अधिकार जमाउन अति नै कठिन छ । यही कारणले अरब द्वीपका निवासी प्राचिन काल देखि आफ्नो प्रत्येक समूदायमा पूर्ण स्वतन्त्र र मुक्त देखिन्थे । वास्तवमा यो यस्ता दुई महान तागतहरुको बीचमा अवस्थित छ । यहि प्राकृतिक रोकावट नभए भए बाहिरी आक्रमणलाई रोक्न अरबवासीहरुको वशमा थिएन ।
बाहिरी रुपमा अरब द्वीप प्राचिन संसारको प्रशिद्ध महाद्वीपहरुको बीचमा स्थित छ र सुख्खा तथा समुन्द्र दुबै मार्गको साथ जोडिएको छ। यसको उत्तर पश्चिमी भाग अफ्रीका महाद्वीपको प्रवेशद्वारसँग जोडिएको छ। उत्तर पूर्वी भागमा यूरोप पर्दछ । पूर्वी भाग ईरान, मध्ये एशिया र पूर्वी देशहरुको बाटो पर्दछ, यो बाटो भारत तथा चीनसम्म पुग्दछ। त्यसैगरी हरेक महाद्वीप समुन्द्रको बाटोले पनि अरब द्वीपसँग जोडेको छ र उनको जहाज अरब समून्द्र किनारमा उत्रिन्छ । यस भौगोलिक स्थितीको कारण उत्तरी र दक्षिणी भाग विभिन्न समूदायहरुको लक्षित-चिन्ह र ब्यापार, संस्कृति, कलाकौशल र धार्मिक लेनदेनको केन्द्र रहेको पाइन्छ ।
अरब देशका राज्य
अरब द्वीप विभिन्न समूदायमा सम्मिलित थिए, हरेक समूदायको अलग-अलग सरदार हुन्थे र ती सरदारको लागि उनको समूदाय एउटा सानो शासक हुन्थ्यो । राजनीतिक आधार र सुरक्षाको आधार, सामुदायिक समान्तामा आधारित पक्षपात र आफ्नो जमीनको सुरक्षाको मिल्दो जुल्दो स्वार्थ थियो।
सामुदायिक सरदारको स्थान आफ्नो सामुदायको राजाको समान थियो । सामुदाय युद्ध वा सन्धि हरेक अवस्थामा आफ्नो सरदारको निर्णयको अधिनमा हुन्थ्यो । सरदारलाई त्यही स्वतन्त्रता र विचारको अधिकार प्राप्त थियो, जुन कुनै डाइरेक्टरलाई अधिकार प्राप्त हुने गर्दथ्यो । तर हिज़ाजको शासक ( जसमा मक्का पर्दथ्यो त्यसको मुल समूदाय कुरैश थियो) लाई निःसन्देह आदर र सम्मानको दृष्टिबाट हेरिन्थ्यो र त्यहाँ काबा भएको कारणले हो। उनलाई धर्मसँग सम्बन्धित समूदायको अध्यक्ष र सेनापति पनि मान्थे। यसको साथ-साथै यो पूर्व पश्चिम र उत्तर दक्षिणमा व्यापारिक समूहहरु आवत-जावत गर्ने मुख्य केन्द्र थियो ।
स्रोतः मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको क्रान्तिकारी जीवन (पहिलो भाग)
लेखकः स़फ़ीउर्रह़मान मुबारकपूरी
वेब साइटको लागि अनुवादः मुहम्मद इब्राहिम