ईश्वर हुनुहुन्छ तर किन देखिंदैन ? हावा पनि छ किन देखिंदैन ? मानिसको प्राण जान्छ तर किन देखिंदैन ? यस विषयमा हामीलाई कौतुहलता लाग्छ, जान्ने उत्सुक्ता हुन्छ । आदर्णिय पाठकगण आज हामी यस विषयमा छोटो चर्चा गर्नेछौं ।
हजुर ! संसारमा विभिन्न प्रकारका चीज-वस्तुहरु छन्, जुन देखिंदैन, तर मानिस तिनको अस्तित्वमा विश्वास गर्दछ । जसरी एउटा मानिस हामीसँग कुरा गरिरहेको हुन्छ तब हामी त्यो व्यक्ति जीवित छ भन्ने ठान्छौ तर त्यो मानिस कुरा गर्दा-गर्दै ढल्छ भने हामी थाह पाउँछौं कि त्यो मानिस मरेछ भनेर। तर हामीले त्यसको आत्मा निस्केको देख्दैनौ तैपनि विश्वास गर्छौ कि त्यो मानीस मरिसको छ ।
(2) हामी घरमा बिजुली बत्ती बाल्छौ भने कोठामा उज्यालो हुन्छ, तर… फेरि बत्ती निभाउँछौ भने कोठामा अँध्यारो हुन्छ, तर हामी बत्तीको प्रकाश आएको र गएको देख्दैनौं। तैपनि हामी त्यसलाई विश्वास गर्छौं ! त्यस्तै-
(3) हामी हावा चलेको महशुस मात्र गर्न सक्छौं तर देख्न सक्दैनौं तर हामीले हावाको बारेमा विश्वास गर्नुपर्छ कि हावा छ भन्ने बारेमा !
अब हामी जसरी आत्मा, बिजुली र हावाको बारेमा देखे बिना पनि छ भन्ने कुरामा विश्वास गर्छौ त त्यस्तै प्रकार ईश्वर हुनुको निसानी पनि पृथ्वी ,आकाश, मानव, वनस्पति र विभिन्न ग्रह-उपग्रहहरुलाई एक प्रमाणको रुपमा लिन सकिन्छ। संसारको कण-कण ईश्वरको परिचय गराउँदछ तर… ठूलो दु:खको कुरा यो छ कि आज ईश्वरको नाम त सबैले लिन्छन् तर चिन्दछन मात्र केही मानिसले ! आज हामी उनै ईश्वरलाई नचिनेर बिभिन्न धर्ममा अलग-अलग रुपमा विभाजित भएका छौं! तर ,धार्मिक ग्रन्थहरुले एउटै ईश्वरको कल्पना प्रमाणित गरेका छन्। धेरै मानिसहरुलाई थाह छैन, कि आफ्नो धर्मग्रन्थले के भनेको छ भनेर, त्यसैले कुनै पनि धर्मलाई जान्न चाहनु हुन्छ भने त्यो धर्मको ग्रन्थलाई अध्य्यान गर्नु पर्छ तब मात्र वास्तविकता थाह हुन्छ।
एकेश्वरवाद
संसारमा कुनै पनि काम चाहे सानो होस् वा ठूलो, कहिल्यै पनि सुव्यवस्थित र नियमित रूपले चल्दैन जब सम्म कोही एउटै व्यक्ति त्यस्को जिम्मेदार नभए। फेरि एउटा देशमादुईवटा राजा, एउटा स्कुलमा दुईवटा हेडमास्टर ,एउटा देशको दुईवटा प्रधानमन्त्री कतै भएको थाह छ ? यदि कहीँ यस्तो एक दिनको लागि मात्र भयो भने पनि त्यसको परिणाम के हुन्छ?
तपाई सोच्न सक्नु हुन्छ ? अवश्य पनि कुनै पनि काम सुचारु रुपले चल्न सक्दैन। दुई जनाको वाद विवादले अवश्य नै हानि हुन्छ ! त ईश्वरको यस संरचनामा कतै झगडा भएको देख्नु भएको थाह छ ? अब तपाई आफै भन्नुहोस् यी सूर्य, चन्द्रमा, पृथ्वी, तारा, नक्षत्रहरु साथै बिभिन्न ग्रहउपग्रहहरु देखिन्छ, यी सबैले ईश्वरको आदेश र नियमानुसार आ-आफ्नो काम समयमै पालना गरिरहेका छन्। उनै ईश्वरले तय गरेको समयानुसार ठिक-ठिक गतिमा चल्दछ, र ईश्वरको आदेश बिना एक रौं बराबर पनि यताउता चल्न सक्दैनन्। त्यसैले यो सबै व्यवस्था मिलाउने एउटै ईश्वर हुनुहुन्छ भने हाम्रो कर्तव्य पनि उनै ईश्वरको पूजा गर्नु हुन्छ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali



