Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

उच्च रक्तचाप तथा हाई ब्लडप्रेशर

उच्च रक्तचाप तथा हाई ब्लडप्रेशर

उच्च रक्तचाप तथा हाई ब्लडप्रेशर

उच्च रक्तचाप तथा हाई ब्लडप्रेशरले हाम्रो शरीरमा धेरै नोक्सान गरेको हुन्छ । हामी यसलाई अर्को शब्दमा हाईपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट उच्च रक्तचाप दिवस् मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधीतपदार्थ, ब्यस्त जिवनशैली अनि चाहनाहरुको गुणन गर्ने र नचाँहीदो सम्पती र प्रगतीको प्रतिस्पर्धाले मानिसलाई हाईपरटेन्सीभ वनाँउदैछ । हामीसबै सतर्क हुन जरुरी छ।
हरेक दिन मधुशालामा छिर्न सक्ने मान्छेले विहान उठेर दैनिक ब्यायाम गर्न भ्याँउदैन, साना ठूला सबैलाई सामान्य घरको खानेकुरा भन्दा वाहिरका खानेकुराहरु र प्याकेटका कुराहरुमा रस पसेको छ अनि मनभित्र छँदै छ, जीवनमा नचाँहीदा तनावहरु । हामीसबै हाईपरटेन्सनको जोखिममा छौ ।
हाईपर टेन्सन आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो, ध्यान पूर्याउन जरुरी छ । पाउने र गुमाउने होडवाजीमा जीवन बाँच्न विर्सिएका यी पुस्ताहरुमा शान्ती अनि समानताको एउटा मोडको खाँचो छ । ब्लडप्रेशरलाई ठिक ठाँउमा राख्न जरुरी छ, सामान्यतया माथिल्लो प्रेशर अर्थात सिस्टोलिक १२० र तल्लो डायस्टोलिक ८० हुने गर्दछ । आजको दिन थोरै समय निकालेर एकफेर ब्लडप्रेशर जचाँउने पो हो कि ? स्मरण रहोस हृदय रोगका कारक तत्वहरुमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण हो । यसका कारण मृगौलाका रोगहरु, थाईरायडकासमस्या अनि विभिन्न नशाजन्य रोगहरु पनि लाग्दछन् ।ओखतीको सेवन र डाक्टरकोमा वर्षभरि धाउनुको साटो समय समयमा आँफै शरीरलाई जाँच गराउन ठिक हुन्छ, यस तर्फ हामी सचेत हुन जरुरी छ ।
धुम्रपान, मधपानवाट टाढा रहनु अत्यन्त राम्रो हो तथापि नसकेको खण्डमा कम प्रयोग गर्ने, दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरुवाट मुक्त हुन सक्दछौ । दैनिक ब्यायामहरुले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि शिफ्ट कार्य गर्ने र रात्रिकालिन समयमा धेरै बेर बस्ने मान्छेहरुमा हाईपरटेन्सनको संभावना धेरै हुन्छ । रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुबै हानीकारक हो । यसैकारण यसवर्षको हाईपरटेन्सन दिवसको नारानै आफ्नो नंत्रर पत्ता लगाउ भन्ने छ, अर्थात आफ्नो रक्तचापको जाँचगराएर नम्बर पत्ता लगाउन फेरि सबैलाई आग्रह । आफ्ना लागी समय निकालौ है, बैकंका ब्यालेन्सले सुख त देलान तर स्वास्थ्य भन्दा ठूला सुख केही हैन् । आहार, विहार अन विश्राममा ध्यान दिऔ है । तपाँईहामी सबैजना स्वस्थ्य भएको हेर्न रहर छ, सबैको जय होस् ।

Related Post