कुरआन र वैज्ञानिक खोजीमा मेल

विज्ञान सम्बन्धित 1000 आयतहरु पवित्र कुरआनमा पाइन्छ ।

विज्ञान सम्बन्धित 1000 आयतहरु पवित्र कुरआनमा पाइन्छ ।

कुरआन अल्लाहको शब्द (वाणी) हो जुन फरिष्ता जिब्रईल अलैहि वसल्लमको माध्यमबाट पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि अवतरण गरिएको थियो । मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको साथिहरुले ति शब्दहरु याद गरे र पछि आफ्ना साथिहरुद्वारा कलमबद्ध गराए । ती साथिहरुले स्मरण गरिसकेपछि लेखि सकेपछि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई सुनाएर त्यसको पुनर्सन्शोधन गराउँथे । पुनः मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पनि प्रतिबर्ष फरिष्ता जिब्रईल अलैहि वसल्लमलाई कुरआन पढेर सुनाई पुनारावलोकन गराउँथे।पुनरावलोकनको यो कार्य मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनमा अन्तिम बर्षमा दुई पटक भयो ।

अवतरण भए देखि आजसम्म मुस्लिमहरुको विसाल संख्याले कुरआन अक्षरशः कण्ठ पारिसकेकाछन् । कुनै कुनैले त यो कुरआन दश वर्षको उमेरमा अल्पायु उमेरमा नै सम्पूर्ण कुरआन कण्ठस्थ पारिसकेका छन् । हाल सम्म कुरआनको एउटै अक्षर पनि परिवर्तन भएको छैन ।

आजभन्दा चौधसय बर्ष पहिले अवतरित भएको कुरआनमा यस्ता तथ्यहरु पनि उल्लेख पाइन्छ जुन वैज्ञानिकहरुले भर्खरै मात्र पत्ता लगाउन वा प्रमाणित गर्न सकेका हुन् ।यसले के सिद्ध गर्छ भने कुरआन निश्चयनै अल्लाहको वाणी हो र योमुहम्मद सल्ल. वा कुनै व्यक्तिद्धारा रचना गरिएको कदापि हुन सक्तैन । यसबाट यो पनि प्रमाणित हुन जान्छ की मुहम्मद सल्ल. अल्लाहद्वारा चुनिएको सच्चा पैगम्बर हुन् । आज भन्दा चौधसय वर्ष पहिले कुनै व्यक्तिले यि तथ्यहरुको खोजी कसरी हुन सक्छ जुन हालै मात्र वैज्ञानिकहरुले आधुनिक तथा जटिल यन्त्रहरुको माध्यमबाट गर्न सकेका छन् । तसर्थ कुरआन मानव रचना कदापि हुन सक्तैन । कुरआनमा उल्लेखित वैज्ञानिक तथ्य ।

 कुरआनमा मानव-भूणको विकाशको उल्लेखः- कुरआनमा मानव-भूणको क्रमिक विकाशको बारेमा अल्लाह भन्नु हुन्छ, “हामीले मानवलाई माटोबाट निर्माण गर्यौ । त्यसपछि उसलाई एउटा थोपामा परिणत गरी निर्धारित स्थानमा दृढताका साथ स्थिर गरायौं । अनि त्यस थोपालाई “अलका” (झुण्डिएको जुका जस्तै वस्तु, रक्तपिण्ड) मा परिणत गर्यौं अनि “अलका” लाई “मुदगा” (चपाइएको जस्तो वस्तु बनायौ” । कुरआन, सूर-२३ आयत नं. १२-१४
सन् १९८१ मा साउदी अरबको दम्माममा सातौं मेडिकल कन्फ्रेन्समा भाग लिंदै प्रोफेसर Moore ले भन्नुभयो, “कुरआनमा मानव विकाशका बारेमा उल्लेखित तथ्यहरुको व्याख्या गर्न पाउँदा साह्रै खुशी लागेको छ । कुरआनका ति उक्तिहरु मुहम्मद सल्ल.लाई ईश्वरबाटै प्राप्त भएको हुनुपर्छ भन्ने कुरोमा मलाई रत्तिभर पनि शंका छैन ।

क़ुरआन ईश-वाणी हुनको लागि यो प्रमाण काफी छ कि कुरआनमा आजभन्दा साढ़े चौध सय वर्ष पहिले ती वैज्ञानिक कुराको चर्चा गरेको छ, जसको खोजी विज्ञानले आजको युगमा गर्न सकेको छ यस प्रकारको विभिन्न वैज्ञानिक तथ्य क़ुरआनमा बयान गरिएको छ । “पवित्र क़ुरआन कुनै विज्ञानको पुस्तक होइन तर मार्गदर्शक ग्रन्थ हो । यस ग्रन्थमा छ हज़ार भन्दा धेरै आयतहरु छन् त्यसमध्येमा एक हज़ार भन्दा धेरै आयतको सम्बन्ध विज्ञानसँग सम्बन्धित छ।” (क़ुरआन र आधुनिक विज्ञान डा. ज़ाकिर नाइक पृष्ठ 12)

आगोले पोल्दा दुखाई छालामा हुन्छ, शरीरमा हुँदैन: प्रोफेसर तेगासानले जब सन् 1995 मा रियाद (सऊदी अरब) मा भएको कुरआन र वैज्ञानिक कन्प्रेन्स सभामा निम्न आयतमाथि ब्याख्या गरे।

“जुन व्यक्तिले हाम्रो आयतलाई अस्वीकार गरे उनलाई हामी छिट्टै नै आगोमा झोकिदिन्छौं। जब उनको छाला पाक्छ तब हामी उनलाई अर्को छाला बदली दिनेछौं ताकि ऊ यातनाहरुको मजा चाखी रहोस्”।

अन्तमा उनले आफ्नो विचार यो शब्दमा व्यक्त गरे: “म विश्वास गर्छु कि क़ुरआनमा जे जति कुरा 1400 वर्ष पूर्व लेखिएको थियो त्यो सत्य हो जो आज अनेकौं वैज्ञानिक स्रोतद्वारा प्रमाणित गरेका छन् । वास्तवमा हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पढे लेखेका थिएनन् अतः वहाँ अल्लाहको सन्देष्टा नै हुन र उनले योग्य सृष्टाको तर्फबाट अवतरित ज्ञानलाई नै समस्त मनुष्य तक पुर्याए, उनी योग्य सृष्टा अल्लाह नै हो । यसैले लाग्छ कि त्यो समय आएको छ, म गवाही दिउँ किः “ईश्वरको अतिरिक्त कोही सत्य पूज्य छैन र मुहम्मद सल्ल0 अल्लाहको अन्तिम सन्देष्टा हुन ।”

यही त्यो वैज्ञानिक तथ्य थियो जसबाट प्रभावित भएर त्यसै समय उनले इस्लाम स्वीकार गरे ।

पहाडको सृष्टिको प्रमाण: विज्ञानले आधुनिक खोजद्वारा यो सिद्ध गर्यो कि पहाडको जरा पृथ्वीको तल सम्म छ, जसले पृथ्वीलाई लड्नबाट बचाउँछ र पृथ्वीलाई स्थिर राख्नको लागि महत्वपूर्ण भुमिका खेल्छ । यस बारेमा क़ुरआनमा आज भन्दा साँढे चौध सय वर्ष पहिले लेखिएको छ। प्रमाणको लागि कुरआनको यो आयतलाई हेर्नुहोस् “के हामीले पृथ्वीलाई ओछ्यान र पर्वतलाई खम्बा बनाएको थिएनौं ?” । ( सूरः 78 आयत 6-7)

अर्को ठाउँमा भनिएको छः “अनि हामीले धर्तिमा पहाडहरु सिर्जना गर्यौ ताकि तिनीहरुलाई लिएर त्यो न ढल्कोस्”। ( सूरः 21 आयत 31)

भाग-2…समाप्त..क्रमश..भाग तीनको लागि आगमी पोष्टको प्रतिक्षा गर्नुहोस् ।

स्रोतः कुरआन र वैज्ञानिक विश्लेषण पुस्तकबाट

 

Related Post