New Muslims APP

विश्व आणविक परिक्षण विरुद्धको दिवस

विश्व आणविक परिक्षण

विश्व आणविक परिक्षण विरुद्धको दिवस

गत वर्ष यो दिवसको अवसरमा राष्ट्रसंघका महासचिव वान कि मुनले आणविक परीक्षणले मानव समुदायमा पारेको प्रभाव अन्त्यका लागि एकीकृत प्रयास गर्नु पर्नेमा जोड दिनुभएको थियो । सन् १९९६ मा व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि भएपनि त्यसको प्रभावकारी कार्यान्वय भने हुन सकेको छैन ।

        आणविक हतियारको परीक्षण २० औं शताब्दीको मध्य तिरबाट सुरु भएको हो । सन् १९४५ को जुलाई १६ मा पहिलो पटक आणविक हतियार परीक्षण भएको थियो । त्यसयता अहिलेसम्म झण्डै दुई हजार वटा आणविक परीक्षण भएको राष्ट्रसंघले जनाएको छ ।

       राष्ट्रसंघ महासचिव वानले आणविक हतियार मुक्त विश्व मानव समुदायका लागि सबै भन्दा उपयुक्त हुने भन्दै त्यस्तो विश्व बनाउनका लागि सबै लाग्नु पर्ने बताउनुभएको छ । विश्वलाई मानिसको सुरक्षित घर बनाउनका लागि आणविक हतियारको डरको अन्त्य हुनुपर्ने राष्ट्रसंघको भनाई छ ।

        युद्धको पनि केही खास नियम हुन्छ जसमा बालक बृद्ध, निःहस्था र आत्मा समर्पण गर्न चाहनेलाई हत्या गर्नु हुँदैन, न कुनै रुख विरुवा नाश गर्न जायज छ, न फलफुलको रुख नै मास्न जायज छ। तर आणविक, मिसाइल र क्षेप्यास्र प्रहार गर्दा न त बालक, वृद्ध, निःहस्था या आत्मा समर्पण गर्नेहरु नै बच्न सक्छन् । न रुख विरुवा, न फलफूलको रुख, न जीव जन्तु, स-साना जीवाणु नै बाँच्न सक्छन् । सारा कत्लेआम हुन्छन्।

विश्व आणविक परिक्षण

जापानको शहर हिरोशिमा प्रहार गरेको लिटिल ब्वय परमाणु बमले एक लाख ४०  हजार मानिसको ज्यान लिएको थियो ।

जापानको शहर हिरोशिमा ६ अगस्त १९४५ को दिन संसारको पहिला परमाणु बम प्रहार गरेको थियो। यस परमाणु हमलाको कोड नाम लिटल ब्वोय राखिएको थियो ।  त्यो बम करिब ४००० किलो ग्राम वजन, तीन मीटर लम्बाइको थियो.

        यस हमलामा हिरोशिमामा जम्मा तीन लाख ५० हजारको जनसंख्या मध्येबाट एक लाख ४०  हजार मानिस मरेका थिए। ७०  हजार मानिस तत्काल बम झर्नासाथ तुरन्तै मृत्यु भएको थियो. त्यही रेडिएशनबाट पीड़ित ७० हजार मानिसहरु सन् १९५० सम्ममा यसको प्रभावबाट पीडित भएर मृत्य भएको थियो।

         जुन समय यो बम झारेको थियो त्यस समय यसको विस्फोटक क्षमता यूरेनियम -२३५ को न्यूक्लियर फिशन प्रोसेस (नाभिकीय विखंडन प्रक्रिया) को थियो । यसको विध्वंसक क्षमता १३-१८ किलोटन टीएनटी (ट्राइनाइट्रोटालुइन) को बराबर थियो ।

        त्यसमा अहिलेसम्म पनि कुनै बोट विरुवा उम्रन सकेको छैन । तसर्थ आणविक हतियार बनाउनु भनेको विश्व जगतमा भय र त्रासदी फैल्याउनु हो । यसले महा विनास निम्त्याउँछ। विश्वमा शक्तिशालीले कुनै पनि बेला निम्न शक्ति देशमा आफ्नो शक्ति स्वरुप आणविक मिसाइल प्रयोग गरी सारा कत्लेआम गराउन सक्छन्।

     हाल उत्तर कोरिया र अमेरिका बिच शित युद्ध चलेको छ, त्यसैगरी चिन र भारतको बिच मन मुटाब भएको छ, भारत र पाकिस्तान बिच पनि शित युद्ध जारी छ । कुनै दिन यो शित युद्ध आक्रोशमा आएर आणविक हतियार प्रहार भयो भने तेश्रो विश्व युद्ध हुने सम्भावना छ जसले गर्दा ठूलो धनजनको क्षति हुनेछ। विभिन्न रोग फैलिन सक्छ । विश्वमा वातावरण बिग्रिन्छ, अक्सिजन ग्यास कम हुने र अन्य विशादी ग्यासको प्रभावले ठूलो मानव विनाश हुन्छ । आज मानिस आफु ठूलो बन्न मानव आफै मृत्यको मुखमा जान उन्मुख भईरहेका छन्। यो किन भएको छ भने संसारमा शक्तिशालीले निर्धोलाई दबाउन खोज्छ भने निर्धो पनि कति शक्तिशालीको पाउमा दबेर बस्नु भनेर सिंगौरी खेल्न थाल्छ जसले गर्दा युद्ध निम्त्याउँछ ।

     जब मानिसमा शान्ति, धैर्यता र संयमता हराउँछ तब अहंकार र घमण्डले उन्मादित हुन्छ, फलस्वरुप विश्वमा आतंक र अराकता फैलिन्छ । नेपालीमा एउटा उखान छः विनाश कालले विपरित वुद्धी।

लेखकः मुहम्मद इब्राहीम

      खोज मुलक लेख

 

Related Post