अधिकांश व्यक्ति सबैभन्दा ज्यादा मासु खान मन पराउँछन्, र यदि मासुको सेवन सामूहिक रूपमा भए त त्यसको स्वाद केही ज्यादा नै हुन्छ, तर यही मासु यदि बासी छ या सडेको छ या अवैध पशुको छ भने मानिसको ईच्छा हुँदैन त्यस्तो चीज खानलाई। अब तपाई आफै विचार गर्नुहोस् । यदि यो मासु कुनै मानिसको हो र… त्यो मानिस पनि आफ्नो सहोदर भाई छ भने के कुनै मानवको चाहना हुन्छ त्यो मासु खान ?
तर दुःखको कुरा, हाम्रो समाजमा कती यस्ता दुर्गन्धित व्यक्ति छन् जो आफ्नो सहोदर भाईको शरीरलाई चोक्टा चोक्टा गरेर टोकेर खाँदै खुब आनन्द मान्छन् उफ…धिक्कार होस् उसको चाहना ।उनीहरुलाई आफ्नो गल्ति प्रति अलिकति पनि लाजशर्म छैन। यो समाचार BBC लण्डनको होइन, न कान्तिपुर समचार हो, तर यो समचार हामीलाई यस्तो स्रोतबाट प्राप्त भएको छ जुन समचारलाई हामी सय प्रतिशत विश्वास गर्छौं । त हेर्नुहोस यस समाचारको सुत्र: आज भन्दा साढे चौधसय वर्ष पहिले अल्लाहले आफ्नो किताबमा यो सूचना दिनु भएको छ ।
र न त कसैको अनुपस्थितीमा निन्दा गर्नु । के तिमीहरुमध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ ? यसलाई तिमीले अवश्य नै घृणा गर्ने छौ। तसर्थ अल्लाहसित डर मान्ने गर। निश्चय नै अल्लाह प्रायश्चित स्वीकार गर्नेवाला, अत्यन्त दयावान हुनुहुन्छ। ( सूरः अल-हुजरात 12)
उपर्युक्त आयतमा अल्लाहले समाजमा प्रचलित पापहरु मध्यबाट एक खतरनाक पापलाई वर्णन गर्नु भएको छ, जसलाई चुक्ली भन्दछन्।
चुक्ली भनेको के हो ?
कसैको पीठ पछाडि उसको निन्दा गर्नु, र त्यसमा पाइएको कमी कमजोरीलाई बयान गर्नुलाई चुक्ली भन्दछन् । एक पटक नबी सल्लल्लाहु अलैही वसल्लमले सहाबासँग सोध्नु भयो: तिमी जान्दछौ चुक्ली के हो ? साहबाले भने: अल्लाह र उसको रसूल नै धेरै जान्नु हुन्छ। वहाँले भन्नु भयो: “तिम्रो आफ्नो भाईलाई यस्तो भन्नु, जुन उसलाई नराम्रो लाग्छ, मानिसले भने: यदि मेरो भाईमा त्यो अवगुण छ जुन मैले बयान गरेको छु भने…? वहाँले भन्नुभयो यदि त्यो व्यक्तिमा वास्तवमा त्यो अवगुण (दोष) पाइए पनि त्यो पनि चुक्ली हो, यदि त्यसमा त्यो अवगुण (दोष) छैन् भने त त्यो आरोप हो”। (सही मुस्लिम)
हदीसमा चुक्लीको निन्दाः
अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमको सेवक अनस बिन मालिक रज़ियल्लाहु अन्हु बयान बर्णन गर्नु हुन्छ, “अरबमा यो चलन थियो कि यात्रामा एक अर्काको सहयोग गर्दथे, एक यात्रामा नबी सल्लल्लाहु अलैहि व सल्लमको साथ हज़रत अबू बकर (रज़ि) र हज़रत उमर (रज़ि) अन्हु थिए र यि दुबै सज्जनले आफ्नो सेवाको लागि एक एक व्यक्तिलाई साथ राखेका थिए, बाटोमा कुनै ठाउँमा विश्रामको लागि पाल टाँगियो, जहां दुवैजना आराम गर्नको लागि ढल्केका थिए के थिए उनीहरु निदाए छन्, आशा थियो कि जब जाग्छौं अनि खाना तयार हुन्छ, तर सेवक पनि आरामको लागि ढल्केका थिए, उनीहरु पनि निदाएछ, जब अबू बकर(रज़ि) र उमर(रज़ि) दुवै जनाको निन्द्रा खुल्यो अनि हेर्छन त सेवकले खाना तयार गरेका छैन्, उनीहरु त मस्त निन्द्रामा सुतेका रहेछन्, यो देखेर उनीहरु मध्ये एक जनाले आफ्नो साथिसँग भने, यिनीहरु त यसरी सुतेका छन् कि मानौं कोही आफ्नो घरमा आनन्दसँग सुत्छन्। फेरि दुवै जनाले उनिहरुलाई उठाए र भने अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको भएको ठाउँ जाउ र वहासंग हाम्रो सलाम भन्दिनु र यो अनुरोध गर कि हज़रत अबू बकर (रज़ि) र हज़रत उमर (रज़ि) ले केही तरकारी मागेका छन्, सेवक अल्लाहको रसूल सल्लल्लाहू अलैहि व सल्लमको सेवामा गएर वहाँहरुको सलामको सन्देश सुनाए र तरकारीको लागि निवेदन गरे, वहाँले भन्नु भयो, जाउ उनिहरु दुवैसँग मेरो सलाम भन र भन्नु कि तिमी दुवै जनाले मासुकोतरकारी खाई सक्यौ । सेवकले आएर जब दुबैलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो सन्देश सुनाए तब उनिहरु दुबैजना डराए र वहाँ (सल्लल्लाहु अलैहि व सल्लम) भएको ठाउँमा गएर भन्न लागे: ऐ अल्लाहको रसूल ! हामीले तपाईसँग तरकारीको लागि पठाएको थियौं, वहाँले जवाफमा भन्नु भयो, तिमी दुवैले तरकारी खाइ सक्यौ, उनिहरु आश्चार्यमा परे, आखिर त्यो कुन चाही तरकारी हो, जुन हामी दुवैले खायौं ? वहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो: तपाईहरु दुईजनाले आफ्नो भाईको मासु तरकारीको रूपमा प्रयोग गरेका छौ [अर्थात तिमी दुवै जनाले उसको चुक्ली गर्यौ ] । अल्लाहको कसम जसको हातमा मेरो प्राण छ, म तिमीहरुको दाँतमा अहिले पनि उसको मासु देखिरहेको छु, यो सुनेर दुवै जनाले सोधे ! ऐ अल्लाहको रसूल! हामीबाट के गल्ती भयो, तपाई हाम्रो लागि अल्लाहसँग क्षमाको प्रार्थना गर्नुहोस्, नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो: जाउ आफ्नो त्यो भाईसंग माफी माग जसको चुक्ली तिमीहरुले गरेका थियौ । तिमी भन, हाम्रो लागि क्षमाको प्रार्थना गर”। [अल-सहीहः अल्बानी: २६०८]
त्यसैगरी अर्को हदीसमा उल्लेख छ: “अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यस युगको प्रसिद्ध घटनाको बयान गर्नु भयो: हज़रत माइज़ अस्लमी रज़ि.ले कुनै नारीलाई व्यभीचार (बलात्कार) गरेछन्, तर कसैले व्यभीचार (बलात्कार) गरेको देखेका पनि थिएनन्, तर पनि ऊ स्वयं म भएको ठाउँमा उपस्थित भएर, व्यभीचार (बलात्कार) गरेको अपराध स्वीकार गर्यो र आफ्नो लागि सजायको माग गर्यो, तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदेशबाट उसलाई संगसार (ढुंगाले हिर्काएर मार्ने प्रकृया) गरेर दण्ड दिने आदेश दिए सोही अनुसार उनको मृत्यु भयो अर्थात् मृत्यु नहुन्जेलसम्म ढुंगाले हानेर मारिएको थियो, जब उनलाई संगसार गरिएको थियो, त्यसै बीच अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले दुई व्यक्तिहरुलाई एक आपसमा कुरा गरिरहेको सुन्नु भयो जस मध्यबाट एउटाले आफ्नो साथीसँग भन्दै थियो: “यस व्यक्तिलाई हेर अल्लाहले त्यसलाई उसको पाप लुकाएको थियो तर उसको आत्माले उसलाई उक्सायो यहांसम्म कि कुकुरलाई मारेको जस्तै मर्यो”, अल्लाह को रसूल सल्ल. वहांबाट हिंड्नु भयो, जब बाटामा वहाँले एउटा गधाको शवबाट दुर्गन्ध आई रहेको थियो, वहां उत्रनु भयो र उनको नाम लिंदै भन्नु भयो फलानो, फलानो…? तिमी दुवै उत्र र यस गधाको मासु खाउ…उनीहरु दुवैले भने ऐ अल्लाहको रसूल: आखिर कुन त्यस्तो मानव होला जो यस मृतक गधाको मासु खान्छ”।
वहाँले भन्नुभयो: “अहिले तिमीले आफ्नो भाईको इज्जतमा आक्रमण गर्यौ, अर्थात् चुक्ली गर्यौ जुन मरेको गधाको मासु खाएको भन्दा धेरै नीच स्तरको थियो”।
एक तेश्रो हदीसमा उल्लेख छ, अल्लाहको रसूल सल्ल. को पत्नी हज़रत सफिया रज़ियल्लाहु अन्हा होची थीइन, एक पटक वहाँकी अर्की पत्नी हज़रत आईशा रज़ियल्लाहु अन्हाले मुहम्मद सल्ल.सँग कुरा-कुरामा भन्नु भयो, ऐ अल्लाहको रसूल! सफिया होची हुनु नै तपाईको लागि काफी। (यसबाट उनले सफिया होची भएको संकेत गरेकी थिइन)
यो सुनेर नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: “तिमीले यस्तो कुरा भन्यौ कि यदि यो कुरालाई समुद्रको पानीमा मिलाई दिए पनि सारा पानी दुर्गन्धित हुन्छ” (तिर्मिज़ी)
http://www.new-muslims.info/hin
अनुवादक- मुहम्मद इब्राहीम खरेल