डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?

डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?

डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?

डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ? आउनुहोस् यस बारेमा जान्ने कोशिस गरौं । डा. गैरी मिलर भन्छन्- क़ुरआन संसारमा एउटै  किताब हो जसमा लेखिएको छ कि- “तिमी एउटा पनि गल्ति खोजेर ल्याऊ र तिमी यस्तो कदापी गर्न सक्दैनौ।”

एक ईसाई धर्म प्रचारक कनाडाका गैरी मिलरले इस्लाम स्वीकार गरे  र इस्लामको लागि एक महत्वपूर्ण धर्म प्रचारक साबित भए। मिलर सक्रिय ईसाई प्रचारक थिए र बाइबिलको शिक्षाहरुमा उनको गहरो पकड थियो। उनी गणित विषयलाई धेरै मन पराउँथे  र यही कारण हो कि तर्कमा डा.मिलरको गहिरो विश्वास थियो।

डा.गैरी मिलर भन्दछन्, “साइन्सको एक चिरपरिचित सिद्धान्त छ जो आफ्नो गल्तिहरु र कमिकमजोरी निकाल्ने अधिकार दिन्छ, जब तक कि यो सही साबित नहोस्। यसलाई फालसिफिकेशन टेस्ट भन्दछन् ।

डा.मिलर भन्दछन्, “अचम्मको कुरा यो छ कि कुरआन स्वयं मुसलमानहरु र गैर मुसलमानहरुबाट यस किताबमा कमिकमजोरी निकाल्ने कोशिश गर्नलाई च्यालेन्ज दिएको छ र यो पनि च्यालेन्ज गरेको छ कहिले पनि कमी भेट्टाउन सक्दैन।” 

उनी भन्छन्, “संसारमा कुनै यस्तो लेखक छैन जुन कुनै किताब लेखेर यो भन्ने हिम्मत गर्न सक्दैन  उसले लेखेको किताबमा कुनै पनि किसिमको कमी छैन। अर्को तर्फ कुरआनमा भनिएको छ कि यसमा कुनै कमी या दोष छैन र भनिएको छ कि तिमी एउटा पनि गलती खोजेर ल्याउ र तिमी यस्तो कदापी गर्न सक्दैनौ।

एक महत्वपूर्ण ईसाई धर्म प्रचारक कनाडाका गैरी मिलरले इस्लाम स्वीकार गरे र यो इस्लामको लागि एक महत्वपूर्ण संदेशवाहक साबित भए। मिलर सक्रिय ईसाई प्रचारक थिए र बाइबिलको शिक्षामा उनको गहिरी पकड़ थियो। उनी गणितलाई धेरै मन पराउँथे र यही कारणले गर्दा तर्कमा डा. गैरी मिलरको गहिरो विश्वास थियो। एक दिन गैरी मिलरले कुरआनमा कमि निकाल्ने उदेश्यले अध्ययन गर्ने निश्चय गरे ताकि उनी यही कमिकमजोरीलाई आधार बनाएर मुसलमानहरुलाई ईसाइयतको तर्फ बोलाउन सकियोस र उनलाई ईसाई बनाउन सकियोस्।

उनी सोच्ने गर्थे कि कुरआन चौध सय पहिले लेखिएको एउटा यस्तो किताब होला जसमा रेगिस्तान र त्यस सम्बन्धि जोडिएको कहानी-किस्सा होला। तर उनले कुरआनको अध्ययन गरे तब उनी दंग परे। कुरआन पढेर उनी आश्चर्य चकित भए। उनले कुरआनको अध्ययनमा यो कुरा थाहा पाए की संसारमा कुरआन जस्तो कुनै अर्को किताब छैन ।

पहिले डा. मिलरले यो सोचेका थिए कि कुरआनमा पैगम्बर मुहम्मद सल्ल. को कठिन र पिडाले  भरिएको जीवन कहानी होला जस्तैः उनकी श्रीमति खदीजा रजि. र उनको छोरा-छोरीको मृत्युसँग सम्बन्धित कहानी। तर उनले कुरआनमा यस्तो कुनै कथा कहानी पाएनन् तर उनले कुरआनमा मदर मैरी (मरयम) को नामबाट पूरा एक अध्याय देखेर दंग परे।

डा.मिलरले मैरी (मरयम) को नामबाट एउटा पुरा सूरा (अध्याय) छ । जुन इज्जत र दर्जा पैगम्बर ईसाकी आमा मरियमलाई दिएको छ त्यस्तो सम्मान उनलाई न त बाइबिलमा दिएको छ र न ईसाई लेखकद्वारा लेखिएको किताबहरुमा त्यो मान-सम्मान दिएको छ।

यति मात्र होइन डा. मिलरले पैगम्बर मुहम्मद सल्ल. को छोरी फातिमा रजि. र उनकी श्रीमति आइशा रजि. को नामबाट कुरआनमा कुनै अध्याय पाइदैन । उनले थाह पाए कि कुरआनमा ईसा मसीहको नाम 25 पटक लेखिएको छ जबकि मुहम्मद सल्ल. को नाम केवल चार पटक मात्रै आएको छ। यो सबै थाह पाए पछि उनी अझ धेरै कन्फ्यूज भए।

उनी लगातार कुरआनको अध्ययन गर्दै रहे यस सोचको साथ कि यसमा उनले जरूर कमि र दोष पाउन सकौ भनेर तर कुरआनको अध्याय अन्-निसाको 82 औं आयत पढ़ेर आश्चर्यचकित भएयस अध्यायमा छ-  के तिनीहरु कुरआनमा सोच विचार  गर्दैनन । यदि यो अल्लाहको बाहेक अरु कसैको तर्फबाट आएको भए तिनीहरुले यसमा धेरै विरोधाभास पाउने थियौ। (सूरह- अन्-निसा, आयत- 82)

कुरआनको अर्को आयत जसमा डा.गैरी मिलर प्रभावित भए त्यो सूरा हो अंबिया जसमा छके काफिरहरुले यस कुरामा विचार गरेनन् कि आकाश तथा धर्ती परस्पर टाँसिएका थिए फेरि हामीले ती दुवैलाई अलग अलग पारिदियौ र सम्पूर्ण जीवित वस्तुलाई पानीद्वारा सृष्टि गर्यौ, के तिनीहरु अझै पनि आस्था राख्दैनन्  कुरआन ( सूरह अल अम्बिय, आयत:30)

डा.मिलर भन्छन्, “यो आयत खासगरी वैज्ञानिक अनुसन्धानको विषय हो, यस विषयमा 1973 मा नोबेल पुरस्कार दिइएको थियो र जुन महान विस्फोटको थ्योरीसँग संबन्धित छ। यस थ्योरीको मुताबिक यस ब्रह्माण्डको उत्पत्ति यसै विस्फोटको परिणाम स्वरूप थियो।”

डा.गैरी मिलर भन्दछन्, “अब हामी पैगम्बर मुहम्मद सल्ल. ले शैतानद्वारा मदत गरेको भन्ने दुष्प्रचारको बारेमा भ्रम खुलासा गर्न चाहन्छौं ।”

अल्लाह कुरआनमा भन्नु हुन्छ- यसलाई शैतानले लिएर आएका होइनन्। यो काम न त उनलाई सुहाउँछ र न यो उनको शक्ति नै छ। उनीहरु त यो कुरआन सुन्नबाट पनि टाढा राखिएको छ। कुरआन (26:210-212)

अत: र, तिमी कुरआनको पाठ सुरु गर्दा तिरस्कृत शैतानबाट अल्लाहको शरण माग्ने गर । कुरआन (16: 98)

डा.मिलर भन्दछन्, “तपाई आफै सोच्नुहोस्, के यो शैतानद्वारा रचित किताब हुन सक्छ । शैतान स्वयं आफ्नो लागि आखिर कसरी भन्छ कि कुरआन पढ्नु भन्दा पहिले तिमी शैतानबाट बच्नको लागि अल्लाहको शरण माग।”

डा.मिलरलाई प्रभावित गर्ने कुरआनको अध्याय मध्ये एउटा अबू लहबसँग सम्बन्धित अध्याय हो। डा.मिलर भन्दछन्, “अबू लहब इस्लामसँग यति धेरै घृणा गर्थे कि ऊ पैगम्बर मुहम्मद सल्ल.को अपमान गर्नका लागि सँधै उनको पछि लाग्ने गर्थ्यो। उ हेरी रहन्थ्यो कि मुहम्मद सल्ल. कुनै अपरिचितसँग के कुरा गर्छन, जब नबी मुहम्मद सल्ल. कुनै व्यक्तिसँग कुरा गरेर गएपछि अबू लहब त्यो मानिससँग सोध्ने गर्थे मुहम्मद सल्ल. तिमीसँग के भनि रहेका थिए ?  फेरी उ उनको कुरालाई इन्कार गर्दै भन्छन् सेतो छ भने अबू लहब त्यसलाई कालो छ भन्छन् र पैगम्बरले बताएको रातलाई उ दिन हो भन्छन् यानी उनको हरेक कुरालाई झुटो हो भन्छ । यसैगरी अबू लहब पैगम्बरको मेसेजको मामलामा मानिसलाई पथभ्रष्ट गर्ने काम गर्छ।”

अबू लहबको मृत्य हुनु भन्दा दस वर्ष पहिले मुहम्मद सल्ल.माथि एक सूरा (अध्याय) अवतरित भएको थियो जसमा बताएको छ कि अबू लहब नर्कमा जानेछ याने अबू लहब कहिले इस्लाम  स्वीकार गर्दैन । आफ्नो मृत्यु भन्दा पहिले ती दस वर्षको अवधी अबू लहबले कहिले पनि भनेको थिएन “हेर मुहम्मद म कहिले पनि मुस्लिम बन्दिन र नर्कको आगोमा जान्छु । बरु मैले तपाईहरुसँग भनेको छु कि म इस्लाम स्वीकार गरेर मुसलमान बन्न चाहन्छु । अब तपाई मुहम्मद सल्ल.को बारेमा के सोच्नु हुन्छ ? उनी सच्चा हुन या झूटा ? उनी माथी अवतरित हुने ईशवाणी हो की होइन ?”

किनकि यो मुहम्मद सल्ल. को शब्द होइन, अल्लाहको शब्द थियो । अल्लाह जान्दथे कि अबू लहब कहिले पनि मुस्लिम बन्दैन । यदि यो वाणी अल्लाहको तर्फबाट थिएन भने आखिर मुहम्मद सल्ल. कसरी जान्दथेको अबू लहब यी दस वर्षसम्म यस्तै नै रहन्छ जस्तै कि यस सूरामा उल्लेख गरिएको छ- के कुनै व्यक्तिको लागि यस्तो भन्न या यस्तो भन्ने जौखिम लिनु सम्भव छ ? यसबाट थाह हुन्छ की, यही निष्कर्ष निक्लिन्छ कि यो सूरा अल्लाह (ईश्वर) को तर्फबाट अवतरित भएको हो जुन हरेक तरहको ज्ञानले पूर्ण छ ।

1.भाँच्चियो अबू लहबको हात र बर्बाद भयो ऊ !

2.उसको सम्पत्ती र जेजति उसले कमाएको थियो त्यो उसलाई काम लागेन ।

  1. अवश्य नै दन्कँदो आगोमा होमिनेछ ।,
  2. र, उसँग स्त्री उसकी पत्नी पनि जो कुरा लगाउने गर्थी।,

5.उसको गर्दनमा खजूरका रेशाको डोरी हुनेछ । कुरआन (111:1-5)

डा.गैरी मिलर कुरआनको अर्को सूरहको बारेमा बयान गर्छन् जुन सूरहबाट उनी धेरै प्रभावित भए । उनी भन्छन् कुरआनको चमत्कारहरुमध्ये एउटा चमत्कार यो छ कुरआन भविष्यसँग जोडिएको कुरालाई एक चुनौतीको रूपमा पेश गर्दछ। यसरी भविष्यवाणी गर्नु कुनै मानिसको तागतको कुरा होइन । उदाहरणको लागि यहूदीहरु र मुसलमानहरुको बीचको सम्बन्धमा कुरआन भन्दछ कि यहूदी मुसलमानहरुको सबैभन्दा ठूलो दुश्मन हो र यो साँचो पनि भएको छ । आज पनि मुसलमानको सबै भन्दा ठूलो दुश्मन यहूदी नै हो ।

डा.मिलर अगाडी भन्छन्, “यो एउटा कडा चुनौती दिएको छ र यहूदीहरु इस्लामलाई गलत साबित गर्नलाई मौका पनि दिएको थियो कि उनीहरु मुसलमानहरुसँग केही वर्ष मित्रता राखेर यस्तो भन्थे हेर भाई हामी त तिमीसँग मित्रता (नाता) कायम राख्न चाहन्थेयौ तर तिमीहरुको यो कुरआन हामी तिम्रो सबैभन्दा ठूलो दुश्मन भएको बताई रहेको छ, त के तिम्रो कुरआन गलत भएन र ? तर पछिलो चौध सय वर्षमा यस्तो केही छैन । याने यहूदी केही गरेको छैन जसबाट कुरआनमा औला उठाउन सकोस्। र अगाडी पनि यस्तो केही हुनेछैन किनकि यो अल्लाह (ईश्वर) को शब्द हो जुन मात्र भविष्यको मात्र होइन हरेक युगको हरेक कुराबाट प्रष्ट हुन्छ। कुरआन कुनै मानिसको रचेको होइन ।”

डा.मिलर भन्दछन्, “तपाई विचार गर्न सक्नु हुन्छ, मुसलमानहरु र यहूदीहरुको बीचको सम्बन्धको बारेमा कुरआनको यो आयत मानिसको दिमाखको सामने एक चुनौती पेश गर्दछ।”

निस्सन्देह तिमीले आस्थावानहरुको शत्रुतामा सबैभन्दा धेरै क्रुर यहूदी एवं मुश्रिकहरुलाई पाउनेछौ र  आस्थावानहरु प्रति मित्रतामा सबभन्दा नजिक ती मानिसहरुलाई पाउनेछौ, जसले भने- “हामी नसारा (ईसाई) हौं।किनभने उनीहरुमध्ये धेरैजसो उपासक धर्मगुरुहरु र संसारिक जीवनलाई त्यागेका सन्तहरु छन् र उनीहरु घमण्ड गर्दैनन् ।

जब उनीहरु रसूल माथि अवतरित वाणी सुन्छन् तब तिमी उनीहरुका आँखाबाट सत्यबोधको  कारणले आँसु बगेको देख्छौ । र उनीहरु पुकार्दछन्-, “हे हाम्रा पालनकर्ता हामीले ईमान ल्यायौं त्यसैले साक्षी दिनेहरुमा हाम्रो नाम लेख।

उनीहरु भन्दछन्- हामीले अल्लाह माथि र हामीसमक्ष आएको सत्यमाथि किन ईमान नल्याउने जबकि हाम्रो चाहना नै यही हो कि हाम्रो पालनकर्ताले हामीलाई सत्यमार्गी मानिसहरुमा सामेल गरून् । कुरआन (5:82-84)

यी आयतहरु डा.गैरी मिलरमा पनि लागू हुनेछ । मिलरमा पनि यो आयत सत्य साबित भएको छ जस्तै कि डा.गैरी मिलर पहिले ईसाई थिए तर जब सत्य सामने आयो तब उनले पनि इस्लाम स्वीकार गरे र मुसलमान बनेर इस्लामको एक होनहार प्रचारक बने । उनले आफ्नो नाम अब्दुल अहद उमर राखे

Related Post