नबी सल्ल.को वंश र परिवार
कठिन परिश्रमको जीवनः किशोरावस्थामा रसूल सल्ल. को कुनै निश्चित काम थिएन य़ तर यो सत्य छ कि मुहम्मद सल्ल. बाख्रा चराउनु हुन्थ्यो र केही पैसा लिएर मक्कावासीहरुको पनि केही व्यक्तिको बाख्रा चराउँथे ।
जब पच्चिस वर्षका भए तब खदीजा रज़ि. को पैसा लिएर व्यापारको लागि सीरिया गए । इब्न इस्हाक़ भन्नु हुन्छः खदीज़ा बिन्ते खुवैलिद (रज़ि.) एक सम्मानित, धनवान र व्यापारी महिला थिइन । मानिसलाई व्यापार गर्न आफ्नो पैसा दिन्थिन र आएको नाफाबाट एक निश्चित भाग ति व्यापारीलाई पनि दिन्थिन । जब खदिजा (रज़ि) लाई रसूल सल्ल. को सत्यता, अमानत, र उच्च सद् व्यवहारको जानकारी मिल्यो तब उनले सन्देश मार्फत एउटा प्रस्ताव पेश गरिन । प्रस्ताब यस्तो थियोः मुहम्मद सल्ल. ले उनको पैसा लिएर उनको गुलाम (दास) मैसराको साथमा ब्यापारको लागि सीगिया जानुपर्ने । उनले अरु ब्यापारीलाई जति दिन्थिन त्यो भन्दा धेरै दिने शर्त थियो। यो प्रस्ताव मुहम्मद सल्ल. ले स्वीकार गर्नुभयो । उनको पैसा लिएर उनको गुलाम (दास) मैसराको साथ सीरिया जानुभयो ।
ख़दीजा (रज़ि.) सँग विवाहः जब मुहम्मद (सल्ल.) सीरियाबाट मक्कामा फर्किनु भयो उनले आफ्नो ब्यापारमा भएको लाभ र उनको अमानत र लाभ भएको देखिन, यो भन्दा पहिले कहिले यति धेरै लाभ भएको थिएन । उनको सद् व्यवहार, इमान्दारिता, आचरण, सत्यताको बारेमा उनको गुलाम मैसराले जे जति देखेका थिए, त्यो उनको समक्ष बयान गरे । तब ख़दीजा (रज़ि) को आफ्नो हराएको मनोवांछित मिल्न थाल्यो । यो भन्दा पहिले टूला ठूला सरदारहरु उनीसँग विवाह गर्न तयार थिए तर उनले कसैको प्रस्ताव स्वीकार गरिनन् ।
अब उनले आफ्नो साथी नफिसासँग मनको कुरा खोलिन् । नफीसाले मुहम्मद सल्ल. सँग यस सम्बन्धमा कुरा गरिन् । मुहम्मद सल्ल. राजी हुनुभयो र यो कुरा आफ्नो काका अबू तालिबसँग गर्नु भयो । अबू तालिबले पनि विवाहको पैगाम दिनु भयो। यसरी विवाह भयो । मुहम्मद सल्ल. ले महरमा बिस ऊंट दिनु भयो । त्यस समय ख़दीजा (रज़ि) को उमेर चालिस वर्षको थियो । वंश,धन सम्पत्ति र बुद्धि विवेकको दृष्टिकोणले आफ्नो समूदायको सम्मानित र श्रेष्ठ महिला थिइन । यी पहिलो महिला थिइन जोसँग मुहम्मद सल्ल. ले विवाह गरेका थिए । उनको मृत्युसम्म कुनै अन्य महिलासँग विवाह गर्नु भएन ।
इब्राहीम बाहेक रसूल सल्ल. को बाँकी सन्तान उनै खदीजाबाट जन्मिएका थिए । पहिलो सन्तान कासिम थिए । उनकै नाममा खान्दानी उपाधि अबूल क़ासिम राखियो । फेरी जैनब, रोकय्या, उम्मे कुलसूम, फातिमा र अब्दुल्लाह जन्मिए । मुहम्मद सल्ल. को छोराहरु सबै बाल्यकालमा नै परलोक भए । तर छोरीहरु सबैले इस्लामिको युगमा थिए र मुसलमान भए र हिजरत गरे तर फातिमा (रज़ि) बाहेक सबैको देहान्त वहाँको जीवनमा भएको थियो, तर फातिमाको मृत्यु मुहम्मद सल्ल. को मृत्युको छ महिना पछि भएको थियो ।
काबाको निर्माण र हज्रे अस्वदको मतभेदको फैसलाः मुहम्मद सल्ल.को उमेर जब ३५ वर्षको भएको थियो, काबामा ठूलो बाढी आएर काबा भवनको भित्ता फुटेको थियो । जुन कारणले काबा कुनै पनि बेला ढल्न सक्थ्यो । यसकारण कुरैश काबालाई निर्माण गर्न विवश भए । अतः काबालाई नयाँ तरिकाले पुनः निर्माण आरम्भ गरे । पहिले काबालाई भत्काए फेरी बनाउन शुरु गरे । निर्माणको लागि अलग-अलग समूहलाई विशेष भाग छुट्ट्याइएको थियो ।
जब काबाको भवनको निर्माण हज्रेअस्वद तक पुग्यो तब एउटा विवाद शुरु भयो । विवाद यस विषयमा थियो कि हज्रे अस्वदलाई कसले त्यसको उचित ठाउँमा कसले राख्ने ? यो विवाद चार पाँच दिनसम्म निरन्तर चलि रह्यो । बिस्तारै बिस्तारै यति उग्र रुप लियो यहाँतक कि रक्तपात होला जस्तो अवस्था भयो । त्यस बेला एकजना मानिसले त्यो विवाद समाप्त पार्नको लागि एउटा उपाय निकाल्यो । उसले भन्योः भोली बिहान सबैभन्दा पहिले मस्जिद हरामको द्वारमा जो आउँछ उसले यो मतभेदको न्यायाधीश मान्नु । अल्लाहको शान सबैभन्दा पहिले रसूल सल्ल. प्रवेश गर्नुभयो । मानिसले वहाँलाई देखेर भनेः “यो अमीन हो, यसको फैसलाबाट हामी राजी छौं।”
अहिलेसम्म अल्लाहको रसूल सल्ल. लाई कुरैशको प्लानको बारेमा कुनै जानकारी थिएन । जब कुरैशले आफ्नो प्लानको बारेमा बताए तब मुहम्मद सल्ल. ले एउटा च्यादर मगाउनु भयो, बीचमा हज्रे अस्वद राख्नु भयो र प्रत्येक समूदायको सरदारलाई भने सबैले यो च्यादरलाई समाएर माथि उठाउ । उनीहरुले पनि त्यसैगरे, जब हज्रे अस्वदको त्यस ठाउँसम्म पुग्यो तब मुहम्मद सल्ल. आफैले त्यो हज्रे अस्वदलाई आफ्नो हातले उठाएर त्यसको उचित स्थानमा राखे । यो धेरै उचित फैसला थियो, यसमा सबै मानिस सहमत थिए ।
नुबूवत भन्दा पहिलेको संक्षिप्त जीवनी: नबी सल्ल. को अस्तित्व ती प्रत्येक गुणहरु र विशेषताहरुको संग्रह थियो जुन विभिन्न सज्जनहरुमा विद्यमान थियो, उच्च कोटीको सोच, दुरदर्शिता, सत्यप्रियता, विचारहरुमा दृढता र सबै ढंग एवं कार्यमा अलगै थियो । मुहम्मद सल्ल. धेरै बेर मौन बसेर निरन्तर चिन्तन मनन गर्दथे । विश्व र सृष्टिको सम्बन्धमा गम्भिरतासँग विचार गर्दथे । मानिसको स्थितीलाई पत्ता लगाउँथे र उनीहरुलाई सहायता गर्दथे । राम्रो काममा भाग लिन्थे र नराम्रो कार्यबाट टाढा रहन्थे र एकान्तमा बस्थे। उहाँले कहिले पनि रक्सी पिउनु भएन । मूर्तिमा वली दिएको वा चढाएको कुनै चिज खानु भएन । मूर्ति पूजा सम्बन्धि कुनै पनि पर्वमा उपस्थित हुनु भएन । लात र उज्जाको कसम सुन्न पनि चाहनु भएन। जवानीमा मस्ति गरेर कहिले हिंड्नु भएन । वहाँ यस्तो काममा हम्मेशा टाढा रहनु हुन्थ्यो ।
रसूल सल्ल. ले भन्नुभयोः अज्ञान्ता युगका मानिस जुन काम गर्दथे, मलाई दुई पटक बाहेक कहिले त्यसको ख्याल भएन । तर त्यो दुई पटक पनि अल्लाहले मलाई त्यस काममा रोक्नु भयो । त्यसपछि कहिले मलाई त्यस्तो कुरामा ख्याल आएन । यहाँसम्म कि अल्लाहले मलाई आफ्नो पैगम्बरीबाट सम्मानित गर्नु भयो । यस्तो भएको थियो कि जुन केटा मक्काको उच्च स्थानमा मेरो साथमा बाख्रा चराई रहेका थिए । उसँग एक रात मैले भनेः तिमी मेरो बाख्रा हेरिदेउ म अरु केटा जस्तै मक्कामा गएर कहानीहरुको सभामा उपस्थित हुन्छु । उसले भन्योः ठिक छ । त्यसपछि म निस्किए र अहिले मक्काको पहिलो घरको नजिक पुगेको थिए बाजाको आवाज आयो । मैले सोधे यो के हो ? तब मानिसले भने, फलानो फलानोको विवाह भएको हो । मैले यो सुन्ने बितिक्कै बसे, अल्लाह तआलाले मेरो कान बन्द गर्नु भयो र म निदाए । फेरी सूर्यको तापले नै मेरो आँखा खुल्यो । तब म आफ्नो साथी भएको ठाउँमा फर्केर गए । उसले सोधेपछि मैले त्यस घटनाको बारमा बताए । त्यसपछि फेरी मैले एक रात फेरी मैले त्यही कुरा जाने इच्छाले भने र फेरी मक्का पुगें । त फेरी पहिलेको रात जस्तै घटना भयो । त्यसपछि कहिले गलत इरादा भएन ।
नोटः नबी सल्ल.को वंश र परिवार (भाग दुई, चौथो पोष्ट)
स्रोतः मुहम्मद सल्ल. को क्रान्तिकारी जीवन प्रथम भाग
लेखकः सफीउर्रहमान मुबारकपूरी
नेपाली अनुवादः मुहम्मद इब्राहीम