नमाजका फाइदाहरु : नमाज पढ्नाले पाप समाप्त हुन्छ र अल्लाहको निकट्ता प्राप्त हुन्छ, नमाज पढ्ने ब्यक्तिहरुलाई नर्कको आगोबाट मुक्ति प्राप्त हुन्छ। हदीसमा छः “जसले नमाजलाई नियमित रुपमा पढ्यो त्यसको लागि नमाज दीप, प्रमाण र कियामतको दीन मुक्तिको सामान हुनेछ र जसले यसलाई जसले यसलाई नियमित पढेन उसको लागि दीप, प्रमाण र मुक्तिजनक हुनेछैन बरु ऊ कारुन फिरऔन हामान र उबै बीन खलफको साथमा हुनेछ।” (हदीस- अहमद, दारमी र बैहिकी)
अर्को हदीसमा छः “तिमीहरुको के विचार छ ? यदि कसैको ढोकाको सामुन्ने नदी होला जसमा दिनहुँ ऊ पाँच पटक नुहाउँछ भने उसको शरिरमा केही मैला गन्ध बाँकी रहन्छ ? उनीहरुले भने बाँकी रहदैन। फेरी वहाँले भन्नुभयो त्यस्तो नै उदाहरण पाँच पटक पढिने नमाजको हो जसबाट अल्लाहले पापलाई समाप्त पार्नु हुन्छ।” (मुत्तफकुन अलैह)
फेरी अर्को हदीसमा नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको छः “ठुला-ठुला पापबाट जोगिएमा एक नमाजले नमाजसम्म, जुमाले अर्को जुमासम्म र रमजानल् अर्को रमजानसम्म हुने पापलाई सखाप पारिदिन्छन्।” (मुस्लिम)
यसैप्रकार नियमित रुपमा नमाज पढ्ने व्यक्तिहरु महाप्रलयको दिन जब कि मानिसहरु आ-आफ्ना पाप अनुसार पसीनामा डुबी रहनेछन् त्यस्तो स्थितीमा पनि नमाजीहरु अल्लाहको अर्शको छायाँ मुनी हुनेछन् । जस्तैः एउटा हदीसमा छः “र एउटा यस्तो व्यक्ति जसको हृदय मस्जिदमा लागिरहन्छ।” (हदीस- बुखारी)
अर्थात जोहरको नमाज पढेपछि अस्रको चिन्ता त्यसलाई हुन्छ र यस्तै एक मसयको नमाज पढेपछि अर्को समयको नमाजको सम्बन्धमा सोच्छ कि त्यो पाइन्छ वा त्यो भन्दा अघि नै मेरो मृत्यु भइहाल्नेछ । यस्तो बानी बसालेपछि नमाज पनि सजिलो भइहाल्छ । जस्तै अल्लाहले भन्नुभएको छः “निःसन्देह नमाज अत्यन्तै कठिन कार्य हो तर ईशभय राख्नेहरुका लागि कठिन कार्य होइन।” (सूरह अल बक़रः45)
नमाजको नाम र संख्या
दिन र रातमा पाँच पटक नमाज पढिन्छ। यी नमाजहरु फज्र, जुह्र, अस्र, मग्रिब र इसा हुन्। प्रत्येक नमाजलाई त्यसको उचित समयमा नै पढ्नु उचित छ । फज्रको नमाज दुई रकात, जुह्रको चार रकात, अस्रको चार रकात, मग्रिबको तिन रकात र ईशाको चार रकात पढिन्छ। यसरी दैनिक रुपमा पढिने अनिवार्य (फर्ज) नमाजको संख्या सत्र रकात हुन्छ।
सुन्नत मुवक्कदः बाह्र रकात छन् । ति यसप्रकारका छन् । फज्र भन्दा पहिले दुई रकात, जोहर भन्दा पहिले चार र पछि दुई रकात, मग्रिमपछि दुई रकात र ईशा पछि दुई रकात पढ्नलाई सुन्नत मुवक्कदः भनिन्छ। जसले यि बाह्र रकात सुन्नत मुवक्कद नियमित पढ्छ उसका लागि स्वर्गमा एउटा भवन निर्माण गरिनेछ। जस्तै, हदीसमा छः “जसले रातदिनमा बाह्र रकात नमाज पढ्छ, उसका लागि स्वर्गमा एउटा घर निर्माण गरिनेछ” (हदीसः मुस्लिम, अबू दाउद, नसाई र इब्ने माजा)
स्रोतः पवित्रता र नमाजको विधि
लेखकः करमुल्ल्ह मन्सुर
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


