New Muslims APP

निकाह (विवाह) भन्दा पहिले प्रेम गर्न जायज छ ?

 निकाह (विवाह)

निकाह (विवाह) भन्दा पहिले प्रेम गर्न जायज छ

निकाह (विवाह) को सम्बन्धमा भिन्न-भिन्न धारणाहरु छन् । यदि वर र कन्या बीच प्रेम थियो तर उनीहरुले धार्मिक कानूनलाई उल्लंघन गरेको छैनन भने यस्तो प्रेमलाई स्वीकार गरी अभिभावकले उनीहरुको निकाह (विवाह) गरिदिए भने यो निकाह (विवाह) धेरै स्थायी र स्थिर हुन्छ; किनकि यो उनिहरु दुईजनाको एक आपसको रूचि अनुसार भएको हुन्छ । किनकि नबी सल्लल्लाहु अलैहि व सल्लमको भनाई छ: “प्रेमीको लागि विवाह गर्न दिनु भन्दा हामीले अरु कुनै चीज देखेका छैनौं । “यसमा इब्ने माजा (हदीस संख्या: 1847) मा वर्णन गरिएको छ, तथा बोसीरीले यसलाई सही भनेको छ यसैगरी अल्बानीले पनि “अस्सिलसिला अस्सहीहा” (हदीस संख्या: 624) मा यसलाई सही भनेका छन् ।

अल्लामा सिंधी भन्नुहुन्छ- सुनन इब्ने माजाको हदीसमा छः- “मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको भनाई छ “प्रेमीहरुको लागि विवाह गराउनु सिवाय हामीले अरु कुनै उत्तम चीज देखेका छैनौं र यस्तो सम्बन्ध सदैव कायम रहन सक्छ, र उनिहरुको प्रेम दिन प्रतिदिन बढ्दै जान्छ र त्यो प्रेममा अथाह शक्ति पैदा हुन्छ ।

यदि प्रेमको नाममा भेटघाट हुँदा अवैध शारिरिक सम्बन्ध राख्छन् भने त्यो प्रेम स्थाही पनि हुँदैन र त्यो निकाह (विवाह) स्थिर हुँदैन; किनभने यि व्यक्तिहरुले धार्मिक कानून उल्लंघन गरेका छन्. त्यसको परिणाम स्वरूप ईश्वरीय आशीर्वाद र मद्दतमा कमी हुन सक्छ । किनकि उनीहरुले गरेको पाप कार्य नै यसको कारकतत्व बन्दछ  ।

धेरै व्यक्तिमा शैतानको आकर्षणबाट यस्तो कार्य हुन्छ । जबकि सच्चा प्रेममा धार्मिक कानूनको उल्लंघन पाइदैन । यदि निकाह (विवाह) भन्दा पहिले ति दुई प्रेमी बीच अवैध सम्बन्ध भयो भने निकाह (विवाह) को लागि बाध्यता हुन्छ, खुशीले होइन, किनकि कतिपयको उद्देश्य मात्र क्षणिक मजा लिने हुन्छ । फेरी यो अवैध सम्बन्ध कारण उनिहरु दुईजनामा एक अर्कालाई शंका गर्ने कारण बन्न सक्छ । पतिले यो सोच्न सक्छ उसकी पत्नीले ऊ नभएको बेलामा अरु कुनै युवकसंग अवैध सम्बन्ध राख्छिन् कि, बिल्कुल पत्नीले पनि यस्तै सोच्छिन कि मेरो पतिले म नभएको मौकामा कुनै केटीसँग शारिरिक सम्बन्ध राख्छिन कि ?

जब पति-पत्नीमा शंका उप-शंकामा जीवन व्यतीत गर्यो भने यसको परिणाम स्वरूप छिट्टै सम्बन्ध बिच्छेद हुनसक्छ । यसकारण निकाह (विवाह) भन्दा पहिले अवैध शारिरिक सम्बन्धमा कायम गरेको छ भने त्यो वैवाहिक सम्बन्ध स्थाही वा सफल हुँदैन।

आमा बुबाको छनौटमा गरिने निकाह (विवाह) को प्रश्न छ, त्यो नै सबै भन्दा राम्रो हुन्छ । तर आमा बुबाको छनौट गरेको वर वा कन्या राम्रो छैन, त्यो निकाह (विवाह) असफल हुने सम्भावना हुन्छ । यदि अभिभावकले रोजेको वर अथवा कन्या धार्मिक र सुन्दर भए त्यो केटीलाई पनि केटाले पनि मन पराएको छ र केटालाई पनि केटीले मन पराएकी छिन भने ती दुबैको निकाह (विवाह) स्थिर र सफल हुन्छ। यसैले नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः निकाह (विवाह) को प्रस्ताव राख्नु अघि केटाले आफुले निकाह (विवाह) गर्ने केटीलाई एक पटक हेर्नुपर्छ।

मुग़ीरा बिन शोअबा रज़ियल्लाहु अन्हुबाट वर्णित छः उनले भने मैले एक स्त्रीसँग विवाहको प्रस्ताव राखेको छु, तब नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “तिमीले उसलाई एक पटक हेर किनभने तिमीहरु दुबैको बीच प्यार स्थायी बनोस।’’ यस हदीसलाई तिर्मिज़ी (हदीस संख्या: 1087) ले बर्णन गरेको छ र यसलाई हसन भनिएको छ तथा नसाई (हदीस संख्या: 3235) ले वर्णन गरिएको छ।

यदि आमा बुबाले राम्रो वर या कन्या छनौट गर्नु भएको छैन, केटाको छनौट गरेकी कन्या उत्तम छ भने बुबा आमाले केटाको छनौटमा ति कन्यालाई आफ्नो छोरासँग निकाह (विवाह) गर्न सहमत हुनुपर्छ।

कन्याको लागि पनि त्यस्तै हो, बुबा आमाले छनौट गरेको केटा (वर) कन्याले मन पराएकी छैनन् केटीले छनौट गरेको वर उत्तम छ भने बुबा आमाले पनि ति कन्याले छनौट गरेको वर (केटा) सित निकाह (विवाह) गरिदिनु पर्छ।

किनभने यदि वर र कन्या दुबैले एक अर्कालाई मन पराएका छैन भने र दुबैजना यसमा सहमत छैनन र उनीहरुलाई अभिभावकले जबरजस्ति निकाह (विवाह) गर्न बाध्य बनाए भने यस्तो निकाह (विवाह) सफल र स्थिर हुँदैन, किनकि जुन चीज मन परेको छैन र त्यसमा ईच्छा छैन भने कसरी स्थिर हुन सक्छ ।

Related Post