Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

पर्दा किन आवश्यक छ ?

पर्दा किन आवश्यक छ ? पर्दा भनेको के हो ? पर्दा नगर्दा के समश्या हुन्छ ? पर्दा गर्दा के फाइदा हुन्छ ? अंग प्रदर्शन गर्दा के कस्तो हानी तथा समश्या हुन्छ ? बलात्कारका घटनाहरु भइरहेको छ यसको प्रमुख कारण के हो ?  आदि विषयमा म तपाई समक्ष सानो जानकारी लिएर आएको छु । आशा छ तपाईहरुले यो लेख अध्यायन गरी सही मार्ग अवलम्बन गर्नु हुनेछ ।

पर्दा भनेको आफुलाई ढाक्न आफुलाई सुरक्षित राख्ने वस्त्र हो। जसले हाम्रो शरिरलाई सुरक्षा प्रदान गर्दछ । अर्को अर्थमा पर्दालाई परिभाषित गर्ने हो भने कुनै पनि नराम्रो कुराहरुबाट रोक्नु भन्ने हुन्छ। पर्दा गर्नु भनेको हाम्रो अंगलाई छोप्नु मात्र होइन। हाम्रो आत्माको शुद्धिकरण गर्नु पनि हो। त्यस्तै हामीले पर्दाले आफ्नो शरिरको अंग त ढाक्छौं तर आँखाले नराम्रो कुरा हेरीरहेका हुन्छौं। आत्माले नराम्रो सोचिरहेका हुन्छौं, नराम्रो काम गरिरहेका हुन्छौ भने त्यो हामीले गरिको पर्दा पूर्ण हुँदैन। त्यो बाहिरी देखावटी रुपमा गरिने पर्दा मात्रै हो। पर्दाले पनि मानिसलाई धेरै प्रभाव पार्दछ। उसले कस्तो किसिमको लुगा लगाएको हुन्छ उसको पहिरन इज्जतिलो छ भने त्यस पहिरनले नै उसलाई सभ्य, इज्जतिलो व्यक्ति भएको पहिचान गराउँछ । केही व्यक्तिले भद्दा किसिमको अर्थात भड्किलो किसिमको लुगा लगाएको छ भने उसलाई अरुको नजरमा इज्जतिलो देखाउँदैन चाहे उ जतिसुकै इज्जतिलो घरानको किन नहोस् । पर्दाले पनि मानिसलाई इज्जत प्रदान गर्दछ। पर्दाले हाम्रो पहिचान गराउँदछ। पर्दाको सम्बन्धमा कुरआनको सूरह अल अहज़ाब, आयत-५९ मा भनिएको छः हे नबी सल्लल्लाहु अलैहि व सल्लम ! आफ्ना पत्नीहरु,  आफ्ना छोरीहरु र मोमिनहरुका महिलाहरुलाई भनिदेऊ- “उनीहरुले आफुलाई ओढ्नेहरुले ढाकून। यसो गर्दा उनीहरु चिनिने बढी संभावना छ कि उनीहरु चिनिनेछन् र सताइने छैनन्”।

नेपाली समाज भित्र विभिन्न जातजातिहरुमा आ-आफ्नै भेषभूषाहरु रहेको छ । तिनीहरुमा कुनै पनि नराम्रो अथवा भद्दा किसिमको छैनन् । ति भेषभूषाहरु हेर्ने हो भने लामो अथवा पुरै शरिर ढाक्ने किसिमका हुन्छ ।

आज जो आफुलाई आधुनिककरण ठान्दछ, आफुलाई सभ्य बनाउने नाममा महिलाहरु आफै नग्नतातिर लागि परेको पाउँछौं। पश्चिमा मुलुकहरुको प्रभावमा आई आफुलाई स्वतन्त्रताको नाममा आधुनिकिकरण बनाउन उनिहरुकै सिको गर्नका लागि आजका महिला मित्रहरु कम्बर कसेर लागि परेको देखिन्छ। यसले थप आधुनिकिकरणको नाममा विकृती फैल्याई रहेको छ। हाल पश्चिमा मुलुकहरुमा पुरुषहरु भन्दा बढि महिलाहरु नै आफ्नो उच्च स्वतन्त्रताको नाममा त्यहाँका महिलाहरु स्वयं आफैलाई नग्नतामा परिणत गरी आफुलाई स्वभिमान ठानी रहेका छन्। तर त्यसको विपरित उनीहरु उच्च स्वतन्त्रताको नाममा दिनानुदिन यौन पिपासु पुरुषको सिकार हुनुपरेको छ। तर यसको विचार उनीहरुले गरि राखेका छैनन्। उनीहरु आफ्नो अस्मितालाई चाहेर पनि बचाउन सकिरहेका छैनन्। यदि उनीहरुले पर्दा गरि आफ्नो अंग प्रदर्शन नगरेको भए जुन परिस्थिती आज उनीहरुले झेलीरहेका थिए त्यो हुने सम्भावना कमै हुनेथियो। आज संसारमा महिलाहरु दिनानुदिन बलात्कारको सिकार बनि रहनु पर्ने अवस्थाको पछाडि एउटा त पर्दाको कमी पनि हो भने अर्को महत्वपूर्ण कुरा भनेको इस्लामिक कानूनको अभाव हुनु हो। के तपाईहरुले कहिले सुन्नु भएको छ कि पुरुषहरुको बलात्कार भयो भनेर ? यदि सुन्नु भयो भने पनि तपाईहरुले विश्वास गर्नु हुनेछैन, त्यो सत्य घटना हो भनेर तर विभिन्न संचार माध्यमहरु, पत्र-पत्रिकाहरुमा महिलाहरुको बलात्कारका यावत घटनाहरु सुन्नु अहिले सामान्य विषयको कुरा भई सकेकाछन्। आज विश्वमा प्रत्येक सेकेन्ड, प्रत्येक मिनेट, प्रत्येक घण्टामा महिलाहरुको बलात्कारको सिकार हुनुको पछाडि पनि यहि कारण हो। जुन यस्तो घटनाहरुको मुख्य जड त पर्दाको कारण हो।

कुनै पनि महिला तथा पुरुषहरुले अंग प्रदर्शन गर्नु भनेको पर पुरुषलाई आफु समक्ष आउने निम्तो तथा आव्हान गर्नु हो। ताकि उसलाई देखेर उनीहरु आकार्षित हुन्। जस्तै एउटा एउटी पर्दा तथा हिजाबमा हिड्ने महिलाहरुलाई कहिले बाटामा बस्ने पुरुषले छेडछाड गरेको पाइदैन । त्यो त हामी स्वयंले अनुभव गरेको कुरा हो । तर अन्य छोटो लुगा लगाउने, तथा आफ्नो अंग प्रदर्शन गर्ने महिलाहरु जहाँ गए पनि केही घटिया आवारा सोच भएका पुरुषहरुबाट सुरक्षित भएको पाइदैन र यस उदाहरणबाट नै स्पष्ट हुन्छ की पर्दाको महत्व कति छ भनेर ।…….. क्रमश दोश्रो भागमा प्रस्तुत गर्नेछौं

स्रोतः ईस्लामी संघ नेपालको वेबसाईट : http://www.islamisangh.org

अडियो प्रस्तुतकर्ताः मरयम (हिरा) राई

संकलन तथा लेखकः मुहम्मद इब्राहिम

Related Post