Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

भ्यालेन्टाइन डे को वास्तविकता र यसलाई मान्न के इस्लाममा जायज छ ?

भ्यालेन्टाइन डे को वास्तविकता र यसलाई मान्न के इस्लाममा जायज छ ?

भ्यालेन्टाइन डे को वास्तविकता र यसलाई मान्न के इस्लाममा जायज छ ?

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुनसक्छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्मपुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले  “Love from your Valentine” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आˆनो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।

उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

त्यसै समयदेखि महान प्रेमी भ्यालेन्टाइन को सम्झनामा प्रत्येक वर्ष फ्रेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । भ्यालेन्टाइन डे जति नजिकिइंदैछ, फूल तथा कार्ड व्यवसायीहरु आफ्नो पसल सजाउन उत्तिकै उत्साहित भएका छन् ।

प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छन्, गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरुले आपसमा प्रेम पकट गर्ने दिन । आफुले मन पराएको केटा वा केटीलाई गुलाफको पूल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । भ्यालेन्टाइन डे को अवसरमा गुलाफको फूलको रङ र यसकाअर्थहरुलाई बुझ्नु पर्ने हुन्छ ।

रातो गुलाफ शान्ति, प्रेम र क्षमताको प्रतिक

रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान-प्रदान हुन्छ । यसलाई प्रेम-प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो ।

गुलाफी गुलाफः मित्रता र मुटुको धड्कनको प्रतिक

यो रङ्गको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङ्गको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफः मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । फ्रेण्डशीप डे’ अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ । तर, पनि हिजोआज मित्रताको प्रतिकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

 

Related Post