Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

मस्जिदमा जमाअतका साथ नमाज़ पढ़ने हुकुम के छ ?

मस्जिदमा जमाअतको साथ नमाज़ पढ़ने के हुकुम छ

मस्जिदमा जमाअतको साथ नमाज़

हरेक प्रकारको प्रशंसा र गुणगान अल्लाहको लागि योग्य छ। विद्वानहरुको दुई भनाई मध्ये सही अनुसार, सक्षम पुरुष माथि जमाअतको साथ मस्जिदमा नमाज़ पढ़नु अनिवार्य छ, यसको धेरै प्रमाणहरु छ । अल्लाह तआलाको वाणी छ : “र, (हे सन्देष्टा) जब तिमी आस्थावानहरुसँग हुन्छौ र उनीहरुलाई (युद्धको अवस्थामा) नमाज पढाउन उभिएका हुन्छौं भने उनीहरुको एउटा ग्रुप सशस्त्र भएरै तिमीसँग उभियोस्….” (सूर-तुन्निसा : 102)

पहिलो प्रमाण  : सर्वशक्तिमान अल्लाहले उनलाई जमाअतको साथ नमाज़ पढ़नलाई आदेश दिएको छ, फेरि अल्लाहले यही आदेश दोश्रो पटक दोश्रो ग्रुपलाई पनि दिएको छ, अल्लाहको वाणी छ : “र दोश्रो ग्रुप जसले नमाज़ पढ़ेको छैन तिनीहरु आउन र तपाईको साथ नमाज़ पुरा गरुन . . .” (सूरतुन्निसा : 102)

जमाअतको साथ नमाज़ पढ़नु फर्ज़े ऐन (अर्थात् प्रत्येक व्यक्ति माथि फर्ज़) हो, किनकि अल्लाह तआलाले पहिले ग्रुपले जमाअतको साथ नमाज़ पढेपछि  दोश्रो ग्रुपसँग जमाअतको साथ नमाज़ पढ्ने समय समाप्त गरेको छैन, यदि जमाअत फर्ज़े किफाया हुन्थ्यो (अर्थात् केही व्यक्तिलाई जमाअतको साथ पढे पछि ज़िम्मेदारी समाप्त हुन्थ्यो) त पहिले ग्रुपको जमाअतको साथ नमाज़ पढे पछि त्यसको अनिवार्यता समाप्त हुन्थ्यो र दोश्रो ग्रुपलाई पनि जमाअतको साथ नमाज़ पढ़नलाई बाध्य गरिंदैनथ्यो)

माथि लेखिएको आयत अनुसार जमाअतलाई अनिवार्य हुनमा केही तर्क संक्षेपमा उल्लेख गर्नेछु।ती तर्कहरु यसप्रकारका छ :

प्रथम तर्क- जमाअतको साथ नमाज़ पढ्ने आदेश दिनु।

दोश्रो तर्क- फेरि पहिलो जमाआत सकिएपछि पनि, अरु पटक-पटकको जमाअत साथ नमाज़ पढ्ने आदेश दिनु।

तेश्रो तर्क- डरको स्थितिमा पनि उनले जमाअतको नमाजलाई छोड़न छुट नदिनु।

अब केही हदीसको प्रमाणहरु तपाई समक्ष पेश गर्नेछु जहाँ जमाआतको साथ नमाज पढ्न हुकुमहरु छन् ।

1- सहीह बुखारी र सहीह मुस्लिममा-र यस हदीसको शब्द बुखारी को हो- अबू हुरैरा रज़ियल्लाहु अन्हुबाट प्रमाणित छ अल्लाहको पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो “अल्लाहको क़सम जसको हातमा मेरो ज्यान छ! मैले सोचे कि काठ जम्मा गर्नलाई आदेश दिऊँ, फेरि नमाज़को आदेश दिऊँ त उसको लागि अज़ान दिइयोस, फेरी म कुनै व्यक्तिलाई आदेश दिऊँ कि त्यो व्यक्तिको इमामत गराओस् (नमाज़ पढ़ाओस), फेरी म (नमाज़मा अनुपस्थित) व्यक्तिको घरतर्फ जाऊँ र उनीहरु सुतेको अवस्थामा उनको घरलाई जलाई दिऊँ(बुखारी एंव मुस्लिम)

अल्लाहको क़सम ! यदि त्यसलाई थाहा हुन्थ्यो कि उसले एउटा मोटो हड्डी या दुईवटा राम्रो खुर पाउँने छ भने त्यो इशाको नमाज़मा अवश्य उपस्थित हुन्थ्यो।”

2-अबू हुरैरा रज़ियल्लाहु अन्हुबाट वर्णित छ कि अल्लाहको पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो : “मुनाफिक (कपटचारी) माथि सबै भन्दा भारी नमाज़ इशा र फज्रको नमाज़ हो, र यदी उनलाई यी दुवै (नमाज) मा धेरै भलाई छ भन्ने थाहा भए उसले त्यो नमाजमा अवश्य आउँथे चाहे घुँडा टेकेर घिस्रीदै भए पनि,” (बुखारी एंव मुस्लिम)

नबी सल्लल्लाहु अलैहि व सल्लमले जुन चीज़को इच्छा गर्नु भएको थियो त्यो यसैको लागि होइन किनकि तपाईको सामने त्यो रोकावट थियो जसको बारेमा वहाँले सूचना दिनु भयो त्यसैले तपाईलाई यस्तो गर्नबाट रोकि दिन्छ, र महिलाहरु र बच्चाहरुलाई जमाअत अनिवार्य हुँदैन,

3- इमाम मुस्लिमले बर्णन गरेको छ कि एक अन्धा मानिस आयो र भन्यो : ऐ अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम मलाई मस्जिद तक लैजानेवाला कोही छैन, तपाई मलाई घरमा नमाज़ पढ़नलाई छूट प्रदान गर्नुहोस्, अनि उसलाई छुट प्रदान गर्नु भयो, जब त्यो वापस जान लाग्यो तब वहाँले उनलाई बोलाएर भन्नु भयो : “के तिमी अज़ान सुन्छौ ?” उनले उत्तर दिए कि  सुन्छु हजुर। तब वहाँले भन्नु भयो: ” तपाई जमाअतमा हाज़िर हुनुपर्छ।

4- मुसनद इमाम अहमद र सुनन अबू दाऊदमा अम्र इब्ने उम्मे मकतूमबाट वर्णित छ: मैले भने : ऐ अल्लाहको पैगम्बर ! म अन्धो छु, मेरो घर टाढा छ र बाटो पनि सजिले छैन, त के तपाई मेरो लागि यस कुराको छुट प्रदान गर्नु कि म घरमा नमाज़ पढ़ूँ ? वहाँले भन्नु:  “तिमी अज़ान सुन्छौ ?” उसले भन्यो : हजुर। वहाँले भन्नुभयो: ” तपाईले छुट पाउनु हुन्न।”

कुनै चीज़को परमादेश उसको अनिवार्यतालाई दर्शाउँछ, नबी सल्लल्लाहु अलैहि व सल्लमले स्पष्ट रूपमा बयान गर्नु भएको छ, एक यस्तो भक्तको लागि कि, जो अंन्धा छ, घर पनि टाढा छ, जहाँ बाटो पनि उसको सजिलो छैन त्यस्ता व्यक्तिलाई जमाअत छोड्ने छुट छैन भने फेरी अनिवार्य स्वस्थ्य व्यक्तिको लागि कसरी छुट हुन्छ त ?

5- अबू दाऊद र अबू हातिम इब्ने हिब्बानले आफ्नो सहीहमा इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाबाट बर्णन गर्नु भएको छ उनले भने अल्लाहको पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो: “जसले अज़ान सुन्यो र नमाज पढ्नलाई कुनै कारण रोकेको छैन” साहबाले भने : त्यस्तो कुन कारण के हो ? वहाँले भन्नु भयो : “डर”  यस अवस्थामा नमाज़ कबूल हुँदैन जो उसले पढेको छ।”

6- इमाम मुस्लिमले आफ्नो सहीहमा अब्दुल्लाह बिन मसऊद रज़ियल्लाहु अन्हुले वर्णन गरेको हो, उनले भने : जो व्यक्ति महाप्रलयको दिन अल्लाह तआलासँग मुसलमानको अवस्थामा भेट गर्न चाहन्छ, उसले नमाज़लाई ठिक-ठिक समयमा नियमपूर्वक पढ्नु पर्छ, जब नमाजको लागि अज़ान दिइन्छ, किनकि अल्लाह तआलाले रसूल सल्ल.मार्फत मार्गदर्शकको तरीका निर्धारित गरेको छ, र यो नमाज़ मार्गदर्शकको तरीक़ा मध्ये एउटा हो, र यदि तिमी आफ्नो घरमा नमाज़ पढ़न लाग्छौ भने तिमी भन्दा पछिल्ला मानिसहरुले पनि आफ्नो घरमा नै नमाज़ पढ्दछ तब तिमीहरुले आफ्नो नबीको सुन्नतलाई छोड्छौ, यदि तिमीले आफ्नो नबीको सुन्नतलाई छोड्यौ भने तिमी पथभ्रष्ट हुनेछौ र जो कोही मानिस वुज़ू गर्दछ र राम्रोसँग वुज़ू गर्छ फेरि मस्जिदमा जान्छ तब अल्लाह तआला उसको लागि उसले चालेको हरेक पाइलाहरुमा एक पुण्य प्रदान गर्नु हुन्छ र उसको एक दर्जा उच्च गर्नु हुन्छ र उसको हरेक पाइलामा एउटा पापलाई मेटाई दिनु हुन्छ । मैले विचार गरें कि यस महान पुण्यबाट केवल एक पक्का कपटचारी नै पछि रहन्छ, नत्र अश्क्त मानिसहरु पनि दुई जना साथिको साहरा लिएर भए पनि मस्जिदमा गएर नमाजको लागि लाइनमा उभिन्छ।”

अर्को बयानमा छ : “नबीले भन्नुभयो : अल्लाहले हामीलाई सही मार्गको बाटो देखाउन, र मार्गदर्शन यो हो कि नमाज़। नमाज़ मस्जिदमा पढ्नु जहाँ अज़ान दिइन्छ।”

यसमा यो तर्क छ : उनले समुह (जमआत) को नमाज़बाट पछि रहने यस्ता मुनाफिकह (पाखण्डि) लाई निशानामा पारेको छ जसको कपट स्पष्ट छ। अल्लाह तआलासँग हामी प्रार्थना गर्दछौ कि वहाँले आफ्नो नाम लिन, आफ्नो कृपा र सही तरिकाले भक्ति गर्नलाई हामीलाई सहयोग गरून। र अल्लाह तआला नै सर्वश्रेष्ठ ज्ञाता हुनुहुन्छ।

इस्लाम प्रश्न र उत्तर.

 शैख मुहम्मद सालेह अल-मुनज्जिद

http://islamqa.info/hi/120

Related Post