हाम्रो जीवन सीमित छ, हामी चाहे या न चाहे एक दिन हामी मर्नु पर्छ र मरे पछि सानो र अंधेरो कब्र (चिहान) कोठामा पुग्नु छ। मर्ने बितिक्कै यो संसारबाट हाम्रो पुण्यकार्य गर्ने सिलसिला सकिंन्छ, बरज़खी (चिहान) को अवस्थामा रहेको जीवनमा हामीलाई एक एक पुण्यको आवश्यकता हुन्छ, इच्छाको भएर पनि केही गर्न सक्दैनौ। तर अल्लाहले केही यस्तो तरिका राखेका छन् जसको माध्यमबाट कब्रमा पनि केही लाभ मिल्न सक्छ। यसमा मुख्य रूपमा दुई चीजहरु छन् ।
मृतकको व्यक्तिगत कार्य
जो मृतकले आफ्नो जिवीत अवस्थामा राम्रो काम गरेको थियो, तबसम्म मृतकले त्यसबाट फाइदा लिई रहन्छन्, उसको पुण्य मृत्युपछि मिली रहन्छ, जस्तैः ज्ञान, सदका जरिया र नेक सन्तान । जसलाई उसले सिकायो र उसले त्यो ज्ञानलाई फैल्यायो ।
त्यसैगरी सदक़ा जारिया, जस्तै कुरआन मजीद बाँड्यो, मस्जिद बनायो, यात्री बसोवास गर्नको लागि घर बनायो, पीउने पानीको कुवा या धारा बनायो, मदरसा बनाई दियो, दावतको लागि जमीन समर्पित गरि दियो।
हदीस- अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयोः “जब मनुष्य मरेर यो संसारबाट जान्छ तब उससँग उसले पुण्य कर्म गर्ने सिलसिला बन्द हुन्छ, सिवाय तीन चीजहरुको माध्यमबाट उसले लाभ प्राप्त गरि रहन्छ ती हुन्- सदक़ा जारिया या त्यो ज्ञान जसबाट लाभ उठाउन सकोस्, या असल सन्तान जसले उसको लागि दुआ गरोस्”। यी सबै काम हुन जसबाट मृत्यु पछि पनि लाभ मृतकलाई कब्रस्थानमा लाभ मिली रहन्छ। यसैले हामीले मृत्यु पछि पनि यस संसारमा आफ्नो लागि केही गरेर जानु पर्छ। केही दान गर, केही समर्पित गर ताकि कब्रस्थानमा त्यसको पुण्य हामीलाई मिलि रहन्छ। (सही मुस्लिम)
मृतकको लागि पुण्य कार्य
मृतकको लागि गरिने पुण्य कार्यले जसबाट मृतकलाई लाभ प्राप्त भई रहन्छ। जसमा पहिलो स्थानमा दुआ हो। दुआले मृतकलाई पुण्य प्राप्त गर्नलाई धेरै महत्व हुन्छ, मृतकको जनाजाको नमाज पढ्दै उसको लागि दुआ गर्नु, मृतकलाई कब्रमा दफन गरेपछि कब्रको नजिक उभिएर दुआ गर्नु, कब्रिस्तानको यात्राको समय मस्नून दुआ गर्नु, बच्चाले माता पिताको लागि दुआ गर्नु, यी त्यो दुआहरु हुन जसको पुण्य मृतकलाई मिल्दछ।
हदीस- अल्लाहको रसूल सल्ल.ले भन्नुभयोः जन्नतमा एक व्यक्तिको पद उच्च गरिंदै जानेछ तब उसले आश्चर्यको साथ सोध्ने छः मलाई कसरी उच्च पद प्राप्त भयो ? तब उसलाई भनिने छ तिम्रो मृत्यु पछि तिम्रो लागि सन्तानले जुन दुआ गरेको थियो त्यसकारण यो पद उच्च गरिएको हो । (सुनन इब्ने माजा)
यसैले हामीले हाम्रो माता पिताको मृत्यु भएपछि उनका लागि हामीले धेरै भन्दा धेरै दुआ गर्नुपर्छ।
दोश्रो नम्बरमा मृतकको ऋण भुगतान: सही बुखारीको बर्णन छ, अल्लाहको संदेष्टा मुहम्मद सल्ल. ले भन्नुभयोः “मोमिनको आत्मा उसको ऋणको कारण अड्की रहन्छ, यहाँसम्म कि उसको तर्फबाट त्यो कर्जालाई चुक्ता नगरे सम्म।” यहाँसम्म कि यदि पत्नीको महर दिएको छैन भने त्यो पतिको जिम्मामा ऋण हुनेछ जुन रकम मृत्यु पछि पनि आवश्यक छ, हँ यदि पत्नी आफ्नो अधिकार माफ गर्छिन भने त यो अलग कुरा हो।
यसमा यो विषयलाई पनि सम्झिन धेरै उचित हुनेछ कि कति मानिसहरु विवाहको समय मुहर तय गर्छन्, तर उनको नीयत नै चुक्ता गर्ने हुँदैन, तर कतै कतै त जबरजस्तीमा धेरै मुहर यसकारणले निर्धारण गरिन्छ कि कतै यस्तो नहोस् कि छोरीलाई तलाक न देओस्। मानौ उनको उद्देश्य महर प्राप्त गर्नु होइन तर खुशी र बेखुशी हर हालतमा वैवाहिक रिश्तालाई बांधेर राख्नको लागि हुन्छ, यस्तो सबै मानिसलाई तल उल्लेखित हदीसमा विचार गर्नु पर्छ:
हदीस- अल्लाहको रसूल सल्ल. ले भन्नुभयो: जो व्यक्ति कुनै स्त्रीबाट धेरै या कम महरको बदला विवाह गर्दछ, तर हृदयमा महर चुक्ता गर्ने इरादा छैन, तब उसले उसलाई धोखा दिई रहेको छ र यदि महर दिनु भन्दा पहिले नै मर्यो भने त्यो मानिस महाप्रलयको दिन अल्लाहको सामने व्यभिचारी व्यक्तिको रूपमा पेश हुनेछ, र जो कसैले ऋण लियो र त्यो ऋण फिर्ता गर्ने इच्छा गर्दैन भने त्यो ऋणदातालाई धोखा दिई रहेको छ। जबसम्म त्यो व्यक्तिसँग उसले आफ्नो धन या जिन्सी पाउँदैन र कर्जा लिनेवाला मानिस मर्यो भने क़यामतको दिन चोरको रूपमा अल्लाहको अदालतमा पेश हुनेछ । (सही अत्तरग़ीब वत्तरहीब)
त्यसैगरी यदि मृतकमाथि अनिवार्य रोजा छ या मेरो यस्तो काम सफल भयो भने यति रोजा राख्छु भनेर भाकल गरेको छ र उसले रोजा पुरा नगरी मर्यो भने यस फर्ज़ (अनिवार्य) रोजा या नज़र (भाकल) लाई यदि घरवाला राख्यो भने मृतकको लागि त्यो अनिवार्य रोजा माफ हुन्छ र मृतकलाई यसको पुण्य मिल्छ। सही बुखारी र सही मुस्लिमको बर्णन छः अल्लाहको संदेष्टा मुहम्मद सल्ल. ले भन्नुभयो: “जो व्यक्तिको यस्तो हालतमा निधन हुन्छ, यदि उसको जिम्मामा रोजा पुरा गर्न बाँकी छ भने उसकोतर्फबाट उसको अभिभावकले रोज़ा राख्नु पर्छ ”।
त्यसै गरी यदि मृतक माथि हज अनिवार्य थियो र उसले हज नगरी मर्यो भने उसको तर्फबाट हज गरि दिनु पर्छ। सही बुखारी र सही मुस्लिमको बर्णन छ अल्लाहको रसूल सल्ल. सँग एक महिलाले सोधिन: “मेरो आमा हज गर्ने नज़र (भाकल) गरेकी थिइन, तर उनको मृत्यु हज गर्नु भन्दा पहिले नै भएको थियो, मैले उनको तर्फबाट आमाको हज गर्न सक्छु ? नबी सल्ल. ले भनुभयो: तिमी उसको तर्फबाट हज गर, फेरी भन्नु भयो: तिमी भन त ! यदि तिम्रो आमा माथि ऋण छ भने के तिमी त्यसलाई पूरा गर्दिनौ ? अल्लाहको हक पुरा गर, किनकि अल्लाह धेरै हकदार छन् त्यसैले अल्लाहको हक पुरा गर्नुपर्छ”।
प्रिय मित्र ! यी सबै काम हुन् जुन कार्य गरेर मृतकलाई मृत्यु पछि पनि पुण्य वृद्धी गर्न जाइज छ। यस बाहेक धेरै यस्तो काम छ जुन मुस्लिम समाजमा मृतकको पुण्यमा वृद्धि गर्नका लागि गरिन्छ ।