Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

रोजाको किसिम

roja

रोजा र यसको किसिम

इस्लामी राज्यका दोश्रा राजा उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) भन्नु हुन्छ, मैले रसूल (सल्लल्लाहु अलैही वसल्लम) लाई भन्दै गरेको सुनेको थिए- “कर्म त नीयत (अभिप्राय,इरादा, विचार) मा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, (स्रोत – बुखारी:54, मुस्लिम:1907)

नियत फ़ज्र भन्दा पहिले देखि गर्नु पर्छ, नियत(संकल्प) हृदयबाट गर्नु पर्छ, बोल्नु जरुरी छैन । मुस्लिम, पुरुष हो या नारी  बुद्धिमानी, अकलमन्द, तनदुरुस्त, स्थाही बसोवासमा हुनु पर्यो, यस्ता मानिसमा रोजा अनिवार्य हुन्छ ।

रोजाको बदला खाना- वृद्ध पुरूष या नारी, नाबालक, यस्तो बिमारी जुन  कहिल्यै उपचार हुन नसक्ने अवस्थामा छ र दुई जना बरिष्ट डक्टरहरुको सिफारिस बमोजिम उसलाई  रोजा राख्न छुट छ । तर उसले एक रोजाको बदलामा एक जना गरिबलाई खाना खुवाउनु पर्छ ।

छुटेको रोजा- यात्री, बीमारी, गर्भवती र बच्चालाई दूध पियाउने स्त्रीलाई, मासिकश्राव, सुत्केरी हुँदा रोजा नराख्नु र रमजान महिना पछि अर्को रमजान आउनु पूर्व नै छुटेको रोजा राखि सक्नु पर्ने छ ।

निम्न दिनहरुमा रोजा राख्न मनाही छ ।

(क)  ईदैन- ईदुल फित्र र ईदुल अज्हाको दिन रोजा राख्न मनाही छ । (तिर्मिज़ी, अबू दाऊद)

(ख)  तशरीकको दिनमा- ज़िल हिज्जाको एघार, बाह्र, र तेह्रमा रोजा राख्न चाहे नफ़्ली रोजा होस् राख्न मनाही छ किनकि यी दिनहरुमा पर्व मनाउने, खाने , पीउने र अल्लाहको नाम जप्ने दिन हो । (मुस्नद, अहमद)

(ग)  शक वा शंकाको दिनमा- शक वा शंकाको दिन रोजा राख्न मनाही छ ।(तिर्मिज़ी)

(घ)  दैनिक रोजा- दिन नबिराईकन प्रत्येक दिन रोजा राख्न मनाही गरिएको छ, उत्तम यो हो दिन बिराएर रोजा राख्नु पर्छ ।

नफली रोजा

१.   शव्वलको छ रोजा– रसूलुल्लाह सल्ल. ले भन्नु भयोः जसले रमजानको पुरा रोजा राख्यो र फेरी शव्वलको छ रोजा राख्द छ भने उसले बर्ष भरीको राजा पुरा गरेको हुनेछ। (मुस्लिम)

२.   अशुराको रोजा- मुहर्रमको दसौं तारिकको एक दिन अघि वा एक दिन पछि मिलाएर अशुराको रोजाको नियत गरेर रोजा राख्नु पर्छ ।

३.   शअबानमा धेरै रोजा राख्नु-  हजरत आइशा रज़ि. भन्नु हुन्छ, मैले रसूलुल्लाह सल्ल.लाई देखें रमजानको बाहेक शअबानको महिनामा सबैभन्दा धेरै रोजा राख्नु हुन्थ्यो । (बुख़ारी)

४.   अय्यामे बीज़को रोजा- हजरत अबू जर गफ्फारी रज़िः भन्नु हुन्छ, रसूलुल्लाह सल्ल. ले आदेश दिनु भयो हरेक महिनाको शुक्लपक्षको तिन दिन  अर्थात (१३, १४,१५) मा रोजा राख्नु जिन्दगी भरी रोजा राखेको बराबर हो। (नसाई)

५.   जिलहिज्जाको पहिला दश दिन नौ रोजा गैर हाजीको लागि मात्र  हाजीको लागि होइन ।

नफ्ली रोजा शुरु गरेर कुनै बेला पनि छोड्न जायज छ । (मुस्नद, अहमद, हदीस उम्मे हानी)

 

 

स्रोतः- तालिमुल इस्लाम

संकलन तथा अनुवादक- मुहम्मद इब्राहीम खरेल

 

Related Post