Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

विश्वनायकको आवश्यकता किन ?

ईश्वरिय मार्गदर्श पवित्र कुरआन र रसूलहरुले मानवलाई मार्गदर्शन गर्दथे।

वैदिककालमा “सर्व समर्पण धर्म” भनिन्थ्यो, सर्व समर्पण धर्मको अर्थ अरबी भाषामा “इस्लाम धर्म” हुन्छ।

अहिलेसम्म तपाईले मानवको पथभ्रष्टताको बारेमा अध्ययन गर्नु भयो कि मानव कसरी विभिन्न धर्ममा विभाजित भए। भारत र नेपालमा मूर्ति पूजाको प्रचलन थियो। खास गरि चीन, जापान, कोरिया, श्रीलंका, लगायत अरु केही देशमा बौद्ध धर्मको प्रभाव थियो । उनीहरु आफ्नो सन्देशवाहकलाई नै पूज्ने गर्दथे। युरोप तिर ईसाईहरु येशूलाई पूज्दथे । अरबमा विभिन्न प्रकारको विकृती पूर्ण चलन थियो । जस्तै- मूर्ति पूजा, लूटमार, जूवा-तास मदीरासेवन, व्यभिचार, कावा शरीफको नाङ्गै परीक्रमा गर्ने गर्दथे, छोरी जन्मिएमा जीउँदै गाड्ने चलन थियो। यस्तो अवस्थाबाट गुज्रिएको समाजलाई बचाएर उन्नति तिर लैजाने एउटा महामानवको आवश्यकता थियो। यस स्थितीलाई मध्यनजर गर्दा एक यस्तो मार्गदर्शकको आवश्यकता थियो, जसले मानव विनाशलाई बचाउन सकोस् र पथभ्रष्टताबाट टाढा गर्दै उनीहरुलाई ईश्वरीय मार्ग देखाउन सकोस् । ईसाई, यहुदी, हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको धर्मग्रन्थमा भविष्यवाँणी गरिएकोछ कि एक अन्तिम ईश-दूत आउनुहुनेछ।

कल्कि अवतार आईसक्नु भयो

         ‘कल्कि अवतार’ आगमनको भविष्यवाँणी प्रायःधार्मिक ग्रन्थहरुमा पाइन्छ, हिन्दु धार्मिक ग्रन्थले उनै संदेष्टालाई कल्कि अवतारको नाम दिएको थियो, जस्को हिन्दु समाजमा आज पनि प्रतिक्षा भईरहेको छ। वास्तवमा वहाँ आईसक्नु भयो। हामी तपाईलाई इतिहास तथा धार्मिक ग्रन्थको प्रमाण पेश गर्नेछौं, वहाँ कहिले आउनुभयो ? कहाँ आउनुभयो ? र वहाँको हुनुहुन्थ्यो ? अन्तिम सन्देष्टा अर्थात् कल्कि अवतारको अनुसन्धान (खोज) गर्दा थाहा हुन्छ कि वहाँ हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम नै हुनुहुन्थ्यो । यस तथ्यलाई हिन्दु धर्मका ठूला-ठूला विद्वानहरुले पनि स्वीकार गरेकाछन्। अन्तिम सन्देष्टाको वर्णन वेदमा ‘नराशंस’ नामबाट ३१ ठाऊँमा मिल्छ।

नराशंसका अनुसन्धान र विशेषताहरु

        नराशंस शब्द ‘नर र आशंस’ दुई शब्द मिलेर बनेको छ। नरको अर्थ हुन्छ मनुष्य र आशंसको अर्थ हुन्छ ‘प्रशंसित’ अर्थात् मनुष्यद्वारा प्रशंसित। त्यो व्यक्ति मानवद्वारा प्रशंसित हुनेछ र मानव जातीबाट नै हुनेछ, देवताको जातिबाट होईन र “मुहम्मद” को अर्थ पनि “प्रशंसित मनुष्य” हुन्छ। वेदमा नराशंसको केही खास विशेषताको उल्लेख गरिएको छ ती निम्न प्रकार छन्

(१) वाँणीको मधुरता= मा लेखिएको छ, नराशंसको “मधुजिह्वं” भनिएको छ। उनीमा वाँणीको मधुरता हुनेछ र सबै जान्दछन् कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको वाँणीमा बढी मिठास थियो। (ऋग्वेद संहिता १-१३-३)

(२) सुन्दर कान्तिको धनी=  मा ‘स्वर्चि’ लेखिएकोछ ,यसको अर्थ हुन्छ “सुन्दर दिप्ती वा कान्तिबाट युक्त”र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम धेरै सुन्दर थिए । (ऋग्वेद संहिता २-३-२)

(३) पाप निवारण गर्नेवालानराशंसले मानवलाई दिएको शिक्षाले पापबाट मुक्त गर्ने बताइएको छ। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सम्पूर्ण शिक्षाले मानवलाई पापबाट मुक्ति दिलाउने छ, इस्लामले जुआ, शराब, अवैध कमाई, ब्याज, अत्याचार, दमन, मुक्त गर्दछ । (ऋग्वेद १-१0६-४)

(४) पत्नीको साम्यता – अथर्ववेद कुन्ताप सुक्तमा लेखिएको छः नराशंसको साथ एघार वटा पत्नी हुनेछन् र वास्तवमा हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको ११ एघार जना पत्नी थिए अरु धार्मिक व्यक्तिको एघारवटा पत्नी थिएनन् (अथर्ववेद कुन्ताप सुक्त २0/१२७/२)

(हेर्नुहोस् हज़रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम र भारतीय धर्मग्रन्थ लेखक डा.एम.ए.श्रीवास्तव- पृष्ट नं. ५)

अन्य विशेषताहरु

(१) “नराशंसको प्रशंसा धेरै हुन्छ र वहाँ लोकप्रिय हुनुहुन्छ।”

संसारमा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जति प्रशंसा अरु कुनै धार्मिक व्यक्तिको आजसम्म गरिएको छैन। तापनि मुस्लिमहरुले उनलाई ईशदूत मात्र मान्दछन् तथा यो आस्था राख्दछन् कि उनी लाभ र हानिको मालिक होईनन् ,तर उनको लागि ज्यान पनि त्याग्न तयार हुन्छन् किनकि उनै मार्फत ईश्वरीय ज्ञान सबै मनुष्यको लागि प्राप्त भएको थियो। (ऋग्वेद संहिता १-१३-३)

(२) “नराशंसले सवारीको रुपमा ऊटको प्रयोग गर्छन्”

 हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको समयमा सवारीको रुपमा ऊँटको प्रयोग नै हुन्थ्यो, त्यसबेला साईकिल, मोटरसाईकिल, बस, हवाईजहाजको युग थिएन, र हाल ऊँटको प्रयोग अति दुर्लभ छ। (अथर्ववेद २0/१२७/२)

(३) “नराशंसले भविष्यको बारेमा ज्ञान दिने छन्।”

हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई अल्लाहले उहाँलाई प्रदान गरेको ज्ञान अनुसार भविष्यको बारेमा जे जति बताएका थिए ती कुराहरु सबै सत्य साबित भएका छन् र बाँकी भविष्यवाणीहरु पनि अल्लाहको कृपाले त्यस्तै प्रकट हुनेछन्। (ऋग्वेद संहिता १-३-३)

(४) “नराशंस अत्यधिक सुन्दर एवं ज्ञानको प्रचारक हुनेछन्।”

हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको मुख मण्डल चन्द्रमाको समान चमक थियो। यस सम्बन्धमा इतिहासकारहरु सहमत छन्। त्यसैप्रकार वहाँले ज्ञानको प्रचार घरघरमा पु-याउनु भयो र आज यो ज्ञान पुरै संसारमा फैलिएको छ। (ऋग्वेद संहिता २-३-२)

(५) नराशंस मानिसको पापलाई समाप्त पार्नेछन्। 

हामीले पछिल्लो पाठबाट थाहा पायौं मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम जुन समाजमा हुर्केका थिए त्यो समाज हरेक प्रकारको पापहरुबाट ग्रस्त थियो । उनीहरुको गलत आचरणलाई सुधार्नका लागि सत्य मार्गदर्शन गर्नुभयो। (ऋग्वेद १-१0६-४)

(६) “नराशंसलाई ‘सौ निष्क’ प्रदान गरिन्छ।” 

डा.वेद प्रकाश उपाध्याय लेख्नुहुन्छ, ‘सौ निष्क’ को अर्थ उनको साथ रहनेवाला सहाबी जुन सयजना थिए। उनीहरु उनको साथ रहेर ज्ञान सिक्दथे र पढ्दथे र उनको आदेशानुसार विभिन्न कार्यहरु सम्पादन गर्दथे । (अथर्ववेद २0/१२७/६)

(७) “नराशंस दशमालाले सुशोभित हुनेछन्।” 

दश मोतीको मालाको अर्थ यो हो कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको प्रमुख दस मित्र हुन् जसलाई वहाँले भन्नु भएको थियो तपाईहरु अवश्य स्वर्गवासी हुनुहुनेछ। (अथर्ववेद २0/१२७/६)

(८) “नराशंस दश हज्जार गौउले युक्त हुनुहुनेछ।” 

दसहजार गौउको अर्थ यो हो कि उनीहरु ती सहयोगी हुन् जुन मक्का विजय गर्दा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई सहयोग गर्ने दसहजार सहयोगी मित्र हुन् । (अथर्ववेद २0/१२७/६)

पुराणबाट प्राप्त प्रमाणहरु

(१) भविष्यपुराण प्रतिसर्ग पर्व- उनीहरु खतना गर्नेवाला हुनेछन् उनीहरु शिखाहिन हुनेछन्, उनीहरु दाह्री पाल्नेवाला हुनेछन्, उच्च स्वरमा अलाप (अजान) गर्नेवाला हुनेछन्। साकाहारी मांसाहारी दुवै हुनेछन् । उनीहरु मन्त्रद्वारा शुद्ध (पवित्र) गरिएको खान योग्य मासु मात्र खानेछन्, यसकारण यिनीहरुको संस्कारलाई मुस्लिम संस्कार भनिन्छ । उनीहरुबाट मुसलवन्त यानी निष्ठावानको धर्म फैलिन्छ । यसैकारण पिचास (शैतान) धर्मको अन्त हुनेछ र भूत-प्रेतको पूजा समाप्त हुनेछन्। (पर्व ३,खण्ड ३, अध्याय १, श्लोक २५/२६/२७)

(२) भविष्य पुराण प्रतिसर्ग पर्व- शालिवहान (सातवहानवाला) वंशी राजा भोज दिग्विजय गर्दै समुन्द्रपार पुग्दा त्यहाँ उनले एक उच्चकोटीको आचार्य शिष्यले घेरिएर रहेको मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई देखे । (पर्व-३,अध्याय-३, खण्ड-३ कलियुगी इतिहास समुच्य)

(३) संग्राम पुराणमा-तुलसीदासजी लेख्नुहुन्छ 

तब तक सुन्दर मद्दिकोया, बिना महामद पार न होया।। (संग्राम पुराणस्कन्द १२-काण्ड ६)

       अर्थ-“जबसम्म सुन्दर बाँणी (कुरआन) यस धर्तिमा रहन्छ र उसै किताबको दिव्य ज्ञानद्वारा हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले देखाएको बाटोले नै मुक्ति मार्ग मिल्नेछ, अन्यथा मुक्ति सम्भव छैन।

स्रोत -सत्यको खोज

अनुवादक- मुहम्मद इब्राहीम खरेल

[email protected]

Related Post