रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले खुल्ला रुपमा दावत (इस्लाम धर्मको प्रचार) गर्न थाल्नु भयो तब देखि जसले वहाँलाई सादिक र अमिन भन्थे उनीहरु नै शत्रु बने । हरेक प्रकारले सताउन थाले । वहाँ माथि बारम्बार शारीरिक हमला भयो तर पनि वहाँको पाउ अलिकति पनि डगमगाएन । वहाँ मक्काको बजारमा मेलामा घुमी घुमी मानिसहरुलाई एक ईश्वरको भक्ति गर्न सन्देश दिनु हुन्थ्यो ।
वहाँको काका अबू लहबले वहाँकी दुबै छोरीलाई आफ्नो छोरा उत्बा र उतैबासँगबाट तलाक़ दिन लगाउनु भयो। उनकी पत्नी दैनिक वहाँ माथि ढुंगाहरु बर्साउँथिन । यसै समयमा वहाँको छोरा अब्दुल्लाहको देहान्त भयो । शत्रुहरुले शान्तोना दिनुको दुःख व्यक्त गर्नुको सट्टा उडाउन थाले र भने मुहम्मद त निःसन्तान (जरो काटियो) भयो भने ।
जब वहाँ बाटो घाटो र बजारमा मानिसहरुलाई सत्यमार्गमा बोलाउन निस्कनु हुन्थ्यो तब मानिसहरु ढुंगाले हान्थे र फोहर फ्याक्थे । एक दिन साँझ जब वहाँ घरमा आउनु भएको थियो वहाँको अनुहार धुलो माटो र फोहरले पुरै लतपथ भएको थियो। वहाँले आफ्नो छोरी फातिमासँग पानी मागेर टाउको र मुख धुनु भयो । फातिमाले आफ्नो बुबाको त्यो अवस्था देखेर धेरै दुखित हुँदै बुबाको टाउको र मुख धुन पानी हाल्दै रुँदै थिइन । तब आफ्नो छोरी फातिमालाई सम्झाउँदै भन्नुभयो छोरी नरोउ ईश्वरले तिम्रो बाबालाई नोक्सान गर्नु हुन्न ।
अब त रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हितोपदेशलाई स्वीकार्दै एक ईश्वरमाथि ईमान (आस्था) राख्ने मानिसहरु माथि अति नै अत्यचार गर्न थाले, यहाँसम्म कि एक जना बुढी महिला थिइन सुमैय्या उनको गुप्ताङ्गमा बर्छा हानेर शहीद गरिदिए । अम्मार बिन यासिरको खुट्टा चिरी दिए । मुस्लिम नारी, बच्चा र गुलाम माथि असहनिय एवं बर्बरतापूर्ण यातना र अत्याचार शुरु गर्न थाले । तर मुसलमानले हरेक यातना र अत्याचारलाई सहर्ष सहन गरे र कठिन भन्दा कठिन परिस्थितीहरुमा पनि “एक ईश्वर”को नारा लगाउँदै रहे ।
जब हज़रत बिलाल, उमैया बिन ख़लफका गुलाम थिए । उमैयाले उनको गुलाम मुसलमान भएको सुने तब रिसले खुब क्रोधित भएर मानवताको सिमा भन्दा बाहिर गए र उनले बिलालको घाँटीमा रस्सी डोरी बाँधेर बजारमा युवा लठैत केटाहरुलाई सुम्पी दिए । उनीहरुले उनलाई पहाड र ढुंगा घिसार्दै हिंडे, फेरी मक्काको तातो बालुवामाथि सुताई दिए अनि तातो ढुंगा उनको छाती माथि राख्थे । यो बर्बरता हप्तौं जारी रह्यो । अन्तमा अबू बक़रले उनलाई किनेर स्वतन्त्र गरि दिए ।
हज़रत ख़ब्बाब पनि एक जनाका गुलाम थिए । जब उनी मुसलमान भए तब उनका मालिकले उनलाई भुईमा रातो अंगार राखेर त्यसमाथि उनलाई सुताई दिए, अझ एक जना दुष्ट मानिस उनको छाती माथि गोडाले कुल्चिएर बस्यो जसले गर्दा शरिर यताउता कोल्टे फेर्न दिंदैनथ्यो यहाँसम्म कि त्यो आगो निभ्दैनथ्यो । हज़रत ख़ब्बाबले धेरै दिन पछि यो कुरा हज़रत उमरसित भने र पिठ खोलेर देखाई दिए हज़रत ख़ब्बाबको पिठ आगोको कोइलाले पोलेर सेतो दाग लागेको थियो ।
हज़रत अबू फ़किय्याको छाती माथि यति ठूलो ढुंगा राखे कि उनको ज्यान गयो। हज़रत उसमान हैसियतवाला थिए, अरु कोही बोल्न सक्दैनथ्यो उनको विरुद्ध तर स्वयं उनको काकाले उनलाई खजुरको बोटमा बाँधेर उनलाई खुब पिटे ।
हज़रत जुबैरले इस्लाम धर्म स्वीकार गरे तब उनको काकाले उनलाई गुन्द्रीमा बेरेर उनको नाकमा धुँवा लगाई दिन्थे । सईद बिन ज़ैद रस्सिमा बाँधी दिए, त्यसैगरी मुस्अब बिन उमैरलाई उनको आमाले घरबाट निकाली दिए ।
यी त भए केही उदाहरण मात्रै हो । अरु यस्ता कयौं घटना घटेका हुन्थ्ये तर पनि एउटा पनि मुसलमान यस्तो भयानक यातना खपेर सहेर बसे तर ईमानबाट कोही पनि पछि हटेनन् । अल्लामा शिबलीले (Godfery Higgins) को किताब (Apologia) बाट निम्न पंतिहरु अनुवाद गरी उद्धृत गरिएको छ ।
ईसाई यसलाई याद राखे उत्तम हुन्थ्यो कि मुहम्मदको शिक्षाहरुले यस्तो धार्मिक लगाव आफ्नो अनुयायीहरुमा सृर्जना गरेका छन् जुन ईसा अलैहिस्सलामको शुरुका साथीहरुमा खोज्नु व्यर्थ छ । जब ईसालाई सुलीमा चढाउन लागे तब उनका साथीहरु भागेका थिए । उनको धर्म र प्रेम सब बेकार भयो किनभने आफ्नो नायकलाई गिरफ्तार गरेको देख्दा पनि छुटाउने कोशिस गर्नुको सट्टा भागे । यसको विपरित मुहम्मद सल्ल. का अनुयायीहरु आफ्नो पैगम्बरको नजिक बस्थे र उनको सुरक्षाको लागि आफ्नो ज्यानको पर्वाह नगरी दुश्मनलाई परास्त गर्थे । …. क्रमश धारावाहिक….तेश्रो भागको प्रतिक्षा गर्नु होस् ।
स्रोतः आदर्श जीवन (हज़रत मुहम्मद {सल्ल.} को पवित्र जीवनी)
लेखकः असअद इस्साईली
अनुवादकः मुहम्मद ईब्राहीम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


