सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् (2)

प्रश्न उत्तर

सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-2)

कुवैतका प्रसिद्ध शैख़ सालिम अत्तवीलको पुस्तक “सानाको लागि केही प्रश्न जसबाट ठूलाको लागि पनि अनावश्यक हुने छैन” को अनुवादको प्रथम भाग हामीले तपाईको सेवामा प्रस्तुत गरेका थियौ, जसलाई धेरै भाई बहिनीले मन पराउनु भयो र त्यस किताबको बाँकी भागलाई पूरा गर्नलाई इच्छा व्यक्त गर्नु भयो, अतः मैले उनको भावनाहरुको सम्मान गर्दै यो सिलसिला शुरू गरेको छु, आउनुहोस् यस अनुवादको दोश्रो भाग प्रस्तुत गर्दछु।

25- तपाईको धर्म के हो ?

उत्तरः हाम्रो धर्म इस्लाम हो।

26- इस्लामको अर्थ के हुन्छ ?

उत्तरः अल्लाहको इबादत र आज्ञाकारीद्वारा उसको अघि समर्पित हुनु।

27- इस्लामको स्तम्भ कति छन् ?

उत्तरः इस्लामको स्तम्भ पांचवटा छन्।

28- यस हदीसलाई पूर्ण गर्नुहोस्,…अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः इस्लाम स्तम्भ पांच चीजमा राखिएको छ….

उत्तर- अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः इस्लामको स्तम्भ पांच चीजमा राखिएको छ, यस कुराको गवाही दिनु कि अल्लाह बाहेक कोही सही इबादत (उपासना) को योग्य छैनन् र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुन्, नमाज़ कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र जो सामर्थवान छ उसले हज्ज गर्नु । (बुख़ारीः8, मुस्लिमः16, हदीसको रावी इब्ने उमर रज़ियल्लाहु अन्हुमा)

29- नमाजको परिभाषा के हो ?

उत्तरः विषेश कथन एवं कर्मद्वारा अल्लाहको इबादत गर्नु जसको आरम्भ अल्लाहु अकबरबाट र अन्त सलामबाट हुन्छ।

30- दिन र रातमा एक मुसलमानमाथि कति समयको नमाज अनिवार्य छ र ती रकअतहरुको संख्या के हो ?

उत्तरः पांच समय..फज्रको नमाज़ (दुई रकअत) जुहरको नमाज़ (4 रकअत) असरको नमाज़ (4 रकअत) मग़्रिबको नमाज़ (3 रकअत) इशाको नमाज़ (4 रकआत)

31- नमाजको शर्तें के हो ?

उत्तरः 1- इस्लाम 2- बुद्धि 3- बालिग़ हुनु 4- समय शुरु हुनु 5- निजासत (अपवित्रता) बाट पवित्र हुनु 6- पवित्रता 7- शरिर ढाक्नु 8- किबलातर्फ मोहडा गर्नु 8- नियत (संकल्प) गर्नु ।

32- वुजूको स्तम्भ के हो ?

उत्तरः 1- अनुहार धुनु (कुल्ली गर्नु र नाकमा पानी हाल्नु साथै) 2- दुवै हातलाई कुहिनो सहित धुनु 3- दुवै कानको साथ टाउकोको मसह (घर्षण) गर्नु 4- दुवै गोडाको गोली गाँठा सहित धुनु 5- क्रमश गर्नु  6- लगातार गर्नु

33- कुन चीजबाट वुज़ू टूट्न सक्छ ?

उत्तरः 1-पिशाब पाखानाको रास्ताबाट कुनै चीज पनि निक्ल्यो जस्तैः बमिट आएमा, दिसा, पिशाब आएमा,

मनी (सेतो गाढा वीर्य जुन सम्भोग गर्दा निस्किन्छ),

मज़ी (सेतो गाढ़ा पानी जुन ठट्टामजाक गर्दा, उत्तेजना सोचको कारण आउँछ),

वदी (पिसाबको साथ जुन सेतो पदार्थ रस निक्लिन्छ) आदि। 2- निद्रा 3- ऊंटको मासु खानाले  4- नुहाउनु पर्ने कारण सृर्जना भएमा ।

34- यस हदीसलाई पूर्ण गर… अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो जसले वुज़ू गर्यो र….

उत्तरः अल्लाह के रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले वुज़ू गर्यो र भन्योः अश्हदु अल्लाइलाहा इल्लल्लाहु वहदहू ला शरीक लहू व अश्हदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु (म गवाही दिन्छु कि अल्लाह बाहेक अरु कोही सत्य पूजनिय छैनन्, उनी एउटै छन् उनको कोही भागीदार छैनन्, र म गवाही दिन्छु कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको भक्त र उनका रसूल हुन्।) त उसको लागि जन्नतको आठैद्वार खोलि दिइने छ, जुनबाट चाहन्छ जन्नतमा प्रवेश गरोस्। (मुस्लिम 234, हदीसको रावी उक़बा बिन आमिर रज़ियल्लाहु अन्हु)

35- नमाजमा के पढनु अनिवार्य छ ?

उत्तरः सूरः फातिहा

36- नमाजी रुकूअमा के भन्दछ ?

उत्तरः सुब्हान रब्बियल अज़ीम

37- नमाजी सज्दामा के भन्दछन् ?

उत्तरः सुब्हान रब्बियल आला

38- नमाजी दुवै सज्दाको बीचमा के भन्दछ ?

उत्तरः रब्बिग़फिरली वरहम्नी वह्दिनी व आफिनी वरज़ुक़नी

39- तशह्हुदको दुआ पढ्नुहोस्…

उत्तरः अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैय्यिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु व रहमतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्लाहिस्सालिहीन, अश्हदु अल्लाइलाह इल्लल्लाहु व अन्न मुहम्मदन अब्दुहु व रसूलुहु। (बुख़ारी 6230, मुस्लिम 402, हदीसको रावी अब्दुल्लाह बिन मस्ऊद रज़ियल्लाहु अन्हु)

40- दरूद शरीफ पढ्नुहोस्…

उत्तरः अल्ला हुम्मा सल्ले अला मोहम्मदिंव व अला आले मोहम्मदिन कमा सल्लैता अला इब्राहीमा व अला आले इब्राहीमा इन्नक हमीदुम मजीद । अल्लाहुम्मा बारिक अला मोहम्मदिंव व अला आले मोहम्मदिन कमा बारक्ता अला इब्रहीमा व अला आले इब्राहीमा इन्नक हमीदुम मजीद । (बुखारी)

41- त्यो चार चीज के हो जुन नमाजी सलाम फेर्ने भन्दा पहिले शरण माग्दछ ?

उत्तरः अल्ला हुम्म इन्नी अउजो बेका मिन अजाबिल कबरे, व अउजो बेका मिन फितनतिल मसीहिद्दज्जाले व अउजो बेका मिन फितनतिल मइयां व फितनतिल ममाति, अल्ला हुम्मा इन्नी अउजो बेका मिनल मउसमे व मिनल मगरमे । (बुखारी र मुस्लिम)

42- यस हदीसलाई पूर्ण गर … अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः (जसले अल्लाहको लागि फर्ज बाहेक बाह्र रकअत नफली नमाज पढ्छ….)

उत्तरः अल्लाह उसको लागि जन्नतमा घर बनाई दिन्छन्। (मुस्लिम 728, उम्मे हबीबा रज़ियल्लाहु अन्हा)

43- सुन्नतहरुको वर्णन गर ?

उत्तरः फज्रको अनिवार्य नमाज पहिले दुई रकअत, जुहरको अनिवार्य नमाज भन्दा पहिले चार रकअत र ज़ुहरको अनिवार्य नमाजपछि दुई रकअत, मग्रिबको अनिवार्य नमाज पछि दुई रकअत, ईशाको अनिवार्य नमाज पछि दुई रकअत। जम्मा 12 रकअत हुन्छ सुन्नत मोअकदा नमाज ।

44- जकातको परिभाषा के हो ?

उत्तरः विशेष मालमा अनिवार्य अधिकार जो विशेष समयमा विशेष व्यक्तिलाई दिइने गरिन्छ ।

45- रोज़ाको परिभाषा के हो ?

उत्तरः अल्लाहको आज्ञाकारी प्राप्त गर्नको लागि फज्र उदय हुनु भन्दा पहिले सूर्य अस्ताउने बेलासम्म खाने पीउने र सहवासबाट रोकिनु हो।

46- यस हदीसलाई पूर्ण गर… अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले ईमानको साथ र पुण्यको नियतबाट रमज़ानको रोज़ा राख्यो…)

उत्तरः उसको पछिल्लो पाप माफ गरि दिइने छ । (बुख़ारी 38, मुस्लिम 760, हदीसको रावी अबू हुरैरा)

47- हज्जको परिभाषा के हो ?

उत्तरः अल्लाहको इबादतको लागि विशेष दिनमा विशेष कामको लागि काबातर्फ जानु ।

48- यस हदीसलाई पूर्ण गर… अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जुन व्यक्तिले केवल अल्लाहको लागि हज गर्यो…

उत्तरः“जुन व्यक्तिले केवल अल्लाहको लागि हज्ज गर्यो,  सम्भोग र उसको वर्णनबाट

र पापबाट सुरक्षित रहन्छ तब उ पवित्र भएर यस्तो गरी फर्किन्छ जसरी आमाको पेटबाट

जन्मिएको  दिन पवित्र  थियो”।( ब़ुखारी 1521, हदीसको रावी हज़रत अबू हुरैरा  )

49 – ईमानको स्तम्भ के हो ?

उत्तरः अल्लाहमाथि ईमान राख्नु, फरिश्ताहरुमाथि ईमान राख्नु, किताबहरुमाथि ईमान राख्नु, रसूलहरुमाथि ईमान राख्नु, आख़िरतको दिनमाथि ईमान राख्नु तथा भाग्यमा जे जति राम्रो र नराम्रो हुन्छ लेखिएको हुन्छ त्यो अल्लाहबाट भएको हुन्छ भनेर ईमान राख्नु।

50- तीन फरिश्ताको नाम बयान करें ?

उत्तरः जिब्रील, मिकाईल, इस्राफील

51- आसमानी किताबहरुको नाम बयान गर्नुहोस् र त्यो कुन कोमाथि अवतरित भएको थियो ?

उत्तरः इब्राहीम अलैहिमास्सलाममाथि र मूसा अलैहिमास्सलाममाथि सहीफे साथै मूसा अलैहिमास्सलाम माथि तौरात पनि अवतरित भएको थियो।

दाऊद अलैहिस्सलाममाथि ज़ुबूर अवतरित भएको थियो, ईसा अलैहिस्सलाममाथि इन्जील अवतरित भएको थियो र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि क़ुरआन अवतरित भएको थियो।

52- अज़ीमत (दृढ संकल्प) वाला रसूल को को हुन् ?

उत्तरः हज़रत नूह अलैहिस्सलाम, हज़रत इब्राही अलैहिस्सलाम, हज़रत मूसा अलैहिस्सलाम, हज़रत ईसा अलैहिस्सलाम, मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम।

53-  जो केही मुसलमानले सुत्नु अघि सूरः बक़राको अन्तिम दुई आयतलाई पाठ गर्दछ  ?

उत्तरः आमनर्रसूलु बिमा उन्जि,ल इलैहि मिर्रब्बिही वल्मुअमिनू,न कुल्लुल आम,न बिल्लाहि व मलाइकतिहि व कुतुबीहि व रुसूलिहि ला नुफर्रिक़ु बै,न अहदीम् मिन् र्रुसूलिही व क़ालु समिअना व अतअना. ग़ुफ्रान,क रब्बना व इलैकल मसीर । (सूरह अल बक़रः, आयत- 285)

ला युकल्लिफुल्लाहु नफ्सान् इल्ला उसअहा लहा मा कसबत् व अलैहा मक्-तसबत् रब्बना ला तुवाखिज़्ना इनन्नसीना अव अख्ताना रब्बना व ला तहमिल् अलैना इस्रन् कमा हमल्तहु अलल्लज़ी,न मिन क़ब्लिना रब्बना व ला तुहम्मिल्ना मा ला ताक़,त लना बिही। व अअफुअन्ना वग़्फिरलना  वर्हम्ना. अन्-त मौलाना फन्सुर्ना अलल् कौमिल् काफिरीन (सूरह अल बक़र, आयत-286)

54- क़्यामत कहिले हुन्छ ?

उत्तरः यसको ज्ञान अल्लाहलाई मात्र हुन्छ। उनीबाहेक अरुलाई थाहा हुँदैन।

55- सम्मानको घर कुन चाही हो ?

उत्तरः जन्नत

56- जन्नतको द्वार कति छन् ?

उत्तरः आठ

57- कहिले मोमिन आफ्नो रब (सृष्टिकर्ता) लाई देख्न सक्छ ?

उत्तरः जब ऊ जन्नतमा प्रवेश हुन्छ।

 

 

लेखकः अरबी भाषामा- शैख़ सालिम अत्तवील

अनुवादकः हिन्दी भाषा- सफात आलम (तैमी)

अनुवादक नेपाली भाषा- मुहम्मद इब्राहीम

http://www.almrsal.com/post/80075

 

Related Post