सुंगुरको मासु किन खानु हुँदैन ?

सुंगुर

सुंगुरको मासु किन खानु हुँदैन ?

सुंगुरको मासु खाना किन हराम हुन्छ र सुंगुरको मासु खाँदा के कस्तो बिमारी लाग्न सक्छ ? इस्लामिक धार्मिक शिक्षा कुरआन र बाइबलबाट प्रमाण सहित। 

1. सुंगुरको मासु कुरआनमा निषेधःकुरआनमा कम से कम चार ठाउँमा सुंगुरको मासुको प्रयोगलाई हराम र निषेध ठहर्याएको छ। पवित्र कुरआन 2:173, 5:3, 6:145 र 16:115 को निम्र आयतले यस कुरालाई स्पष्ट गर्छ कि सुंगुरको मासु खान किन हराम गरिएको छ ?

”तिम्रो लागि मरेको जनावर, रगत, सुंगुरको मासु र त्यो जानवर जुन अल्लाहको नाम बाहेक कुनै अरुको नाम लागिर काटेको हुन्छ त्यसको मासु खाना हराम गरिएको छ । (कुरआन, 5:3)

2. बाइबलमा सुंगुरको मासु निषेधःईसाईहरुलाई यो कुरा उनको धार्मिक ग्रन्थको हवालाबाट सम्झाउन सकिन्छ कि सुंगुरको मासु हराम हुन्छ । बाइबलमा सुंगुरको मासुलाई निषेधको उल्लेख लैव्य व्यवस्था (Book of Leviticus) मा भएको छ: ”सुंगुर जुन चिरेको अर्थात फाटेको खुर हुन्छ, तर पागुर गर्दैन, यसैले यो तिम्रो लागि अशुद्ध हुन्छ । ”यसको मासु नखानु र यसलाई छुनु पनि हुँदैन, यो तिम्रो लागि अशुद्ध हुन्छ। (लैव्य व्यवस्था, 11/7-8)

यसैगरी बाइबलको व्यवस्था विवरण (Book of Deuteronomy) मा पनि सुंगुरको मासुको निषेधको बारेमा उल्लेख छ: ”फेरी सुंगुर जुन चिरेको खुरको हुन्छ, परन्तु पागुर लिंदैन, यसकारण यो तिम्रो लागि अशुद्ध छ । तिमी न त यसको मासु खान हुन्छ र न यसको शरिर छुन हुन्छ। (व्यवस्था विवरण, 14/8)

3. सुंगुरको मासु धेरै रोगहरुको कारण होः ईसाईहरुको अलावा जो अन्य गैर-मुस्लिम या नास्तिक मानिसहरु पनि सुंगुरको मासुलाई अवैध मान्ने सम्बन्धमा बुद्धि, तर्क र विज्ञानको प्रमाणबाटनै संतुष्ट हुन सक्छन्। सुंगुरको मासुबाट कम्तिमा ७० विभिन्न रोगहरु उत्पन्न हुन्छ। कुनै व्यक्तिको शरीरमा विभिन्न प्रकारको किरा (Helminthes) हुन सक्छ, जस्तै गोलाकार किरा, तिखो चुच्चो भएको किरा, फिता जस्तो किरा आदि। सबैभन्दा ज्यादै घातक किरा Taenia Solium हो । जसलाई साधरण मानिस Tapworm (फीताकार किरा) भन्दछन्। यो किरा धेरै लामो हुन्छ र आँतमा रहन्छ । यसको अण्डा रगतमा गएर शरीरको लगभग सबै अंगहरुमा पुग्छ । यदि यो किरा दिमागमा गयो भने मानिसको स्मरणशक्ति समाप्त हुन थाल्छ। यदि यो हृदयमा गयो भने हृदयको गति रोकिन सक्छ। यदि यो किरा आँखामा पुग्यो भने मानिसको देख्ने क्षमता समाप्त गरि दिन्छ। यदि त्यो कलेजामा पुग्यो भने त्यसले कलेजालाई धेरै क्षति पुर्याउँछ । यसैगरी यो किरा शरीरको अंगलाई क्षति पुर्याउन धेरै सक्षम हुन्छ। अर्को एउटा घातक किराको नाम Trichura Tichurasis हो । सुंगुरको मासुको बारेमा एक भ्रम यो छ कि यदि त्यसलाई राम्रोसँग पकायो भने त्यस मासुमा भएको किराको अण्डा नष्ट हुन्छ । अमेरिकामा गरिएको एक चिकित्सीय अनुसन्धानमा यो कुरा सार्वजनिक भएको छ कि चौबीस व्यक्तिहरुमध्येबाट जो मानिस Trichura Tichurasis को शिकार थिए, उनिहरुमध्ये बाइस जना मानिसलाई सुंगुरको मासुलाई राम्रोसँग पकाएका थिए। यसबाट थाह हुन्छ कि सामान्य तापक्रममा सुंगुरको मासु पकाउँदा यो घातक अण्डा नष्ट हुँदैन।

4. सुंगुरको मासुमा मोटापन वृद्धि गर्ने तत्व धेरै पाइन्छः सुंगुरको मासुमा पुट्ठोलाई बलियो बनाउने खालको तत्व धेरै कम पाइन्छ, यसको विपरीत त्यसमा मोटोपन वृद्धि गर्ने तत्व धेरै पाइन्छ। मोटापन वृद्धि गर्ने यो तत्व रगतको नशाबाट प्रवेश गर्छ । र हाई ब्लड् प्रेशर (उच्च रक्तचाप) र हर्ट अटैक (हृदयघात) को कारण बन्दछ। यसकारण अमेरिकन नागरिकहरु मध्ये पचास प्रतिशत भन्दा धेरै हाइपरटेंशन (अत्यन्त मानसिक तनाव) को शिकार हुन्छन्। यसको कारण यही हो किनकि यी मानिस सुंगुरको मासु प्रयोग गर्दछन्।

5. सुंगुर संसारको सबैभन्दा फोहोरी घिन लाग्दो जानवरः सुंगुर ज़मीनमा पाइने सबैभन्दा फोहरी र घिन लाग्दो जानवर हो। सुंगुरले मानिस तथा जानवरको शरिरबाट निक्लिने दिसा खाएर बाँच्छ। यस जानवरलाई ईश्वरले पृथ्वीमा भएको फोहर साफा गर्ने उद्देश्यले सृष्टि गरेको हो। गाउँ घरमा सबै ठाउँमा मानिसको आधुनिक शौचालय हुँदैन र मानिस यस कारण खुला वातावरण (खेत, जंगल आदि) मा शौच गर्दछन् यो जानवर (सुंगुर) ले यी फोहरलाई खाने गर्दछ। केही मानिस यस्तो तर्क गर्छन्- अस्ट्रेलियामा सुंगुरलाई अत्यन्त सफा-सुघर ढंगले पालन-पोषण गर्छन् । स्वास्थ्यलाई ध्यान राख्दै अनुकूल माहौलमा पालन-पोषण गरिन्छ। यो कुरा ठीक छ कि स्वास्थ्यलागि अनुकूल र स्वच्छ वातावरणमा सुंगुरलाई खोरमा राखिन्छ। तर तपाई चाहे त्यसलाई स्वच्छ राख्नलाई कति कोशिश गर्नु होस् तर वास्तविकता यो हो कि प्राकृतिक रूपबाट त्यसभित्र फोहर मन पराउने ईच्छा कायम रहन्छ। यसैले त्यस जनावरले आफ्नो शरीर र अन्य सुंगुरको शरीरबाट निक्लेको फोहर खान पछि पर्दैन।

6. सुंगुर सबैभन्दा बेशर्म (निर्लज्ज) जानवरः यस संसारमा सुंगुर सबैभन्दा बेशर्म जानवर हो । केवल यही एक यस्तो जानवर छ जुन आफ्नो साथिहरुलाई बोलाउँछ किनकि अरु आएर उसकी मादाको साथ यौन इच्छा पूरा गरोस्।

लेखक- सलिम

इस्लामिक वेबदुनिया साइटबाट साभार

स्रोतः  http://www.islamicwebdunia.com/2009/08/2173-53-6145-16115-oo-53-2.html

अनुवादक-मुहम्मद ईब्राहिम

Related Post