हामीलाई समस्या भए, समाधानको उपाय के छ ?

टेन्शन

हामीलाई समस्या भए, समाधानको उपाय के छ ?

हामीलाई समस्या भए, समाधानको उपाय के छ ? यस विषयमा हाम्रो पाठकगणहरु समक्ष अहादीस र पवित्र कुरआनको दर्पणमा केही संक्षेपमा जानकारी गराउने कोशिस गर्दछु।

वास्तवमा संकट, समश्या, कठिनाई, दुःख-पीड़ा यी सबै जीवनको अभिन्न अंग हुन्। यो हर कोहीलाई कुनै न कुनै तरिकाले आउँछ। यदि हामीहरुलाई कुनै प्रकारको संकट आउँछ अथवा कुनै कठिनाईमा ग्रस्त हुन्छौं, कामबाट वंचित हुन्छौ, जति मेहनत गरेपनि आफ्नो आवश्यकता पुरा हुन सक्दैन या वर्षौ देखि बिमारी छौं, या शरिर कमजोर छ। तब मानिस निरास हुन्छन्, हतोत्साही हुन्छन्, आशा र भरोषा गर्न छोड्छन् । तर जब हामी आफ्नो सृष्टिकर्ता माथि पूर्ण भरोषा गर्छौं तब हामीलाई अल्लाहले हाम्रो संकटबाट मुक्त गर्नु हुन्छ । कुनै समय अल्लाहले आफ्नो भक्तलाई संकट दिएर परिक्षा दिएर आफ्नो नजीक बनाउन चाहन्छन्।

अल्लाहले अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहु अलैही व सल्लमसँग भन्नुभयोः “अल्लाह जब आफ्नो भक्तसँग भलाईको ईच्छा गर्नुहुन्छ त उसको पापको सजाय उसलाई यसै संसारमा दिनुहुन्छ र जब अल्लाह आफ्नोसँग क्रोधित हुनुहुन्छ भने उसँग उसको पापको सजाय रोक्नु हुन्छ। उसको पूरा पूरा बदला क़यामतको दिन दिनुहुन्छ। यसैले मानवले अल्लाहको फैसलासँग हर हालतमा सन्तुष्ट हुनुपर्छ, उसले सोच्नु पर्छ कि यदि उ कुनै संकटमा फंसेका छ भने त्यस माथि अल्लाहको उपकार छ । यदि भक्त त्यो उपकारबाट कुनै एक उपकारको महत्वलाई सम्झियो भने त उसको सारा संकट तुच्छ सिद्ध साबित हुन्छ”

अर्को हदीसमा उल्लेख छः अबू अब्बास अब्दुल्लाह बिन अब्बास (रज़ियल्लाहु अन्हुमा) भन्नुहुन्छ; “एक दिन म, नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिंए, वहाँले भन्नुभयो, ए बाबु ! म तिमीलाई केही कुराको तालिम दिन्छु। अल्लाहलाई याद गर, अल्लाह तिम्रो सुरक्षा गर्नु हुन्छ। अल्लाहलाई याद गर, तिमी अल्लाहलाई आफ्नो सामु पाउने छौ। यदि माग्नु छ भने अल्लाह सित माग र जब तिमीलाई मद्दतको खाँचो हुन्छ भने अल्लाहसित मदत माग्ने गर ! यदि मानिसहरु मिलेर तिमीलाई कुनै लाभ पुर्याउन चाहे पनि उनीहरु तिमीलाई कुनै लाभ पुर्याउन सक्दैनन्, सिवाय जति अल्लाहले तिम्रो भाग्यमा लेखनु भएको छ, र यदि मानिसहरु जम्मा भएर तिमीलाई कुनै हानी पुर्याउन चाहे पनि तिमीलाई हानी पुर्याउन सक्दैनन् सिवाय जति अल्लाह तआलाले तिम्रो भाग्यमा लेखिदिएको छ । कलम उठायो र पाना सुकी सके।”

यसलाई तिर्मिज़ीले बयान गर्नु भएको छ र यसलाई हसन सही भन्नु भएको छ । तिर्मिज़ी बाहेक अर्को बयानमा छ; “अल्लाहलाई याद गर, तिमी अल्लाहलाई आफ्नो सामु पाउने छौ, यदि खुशियाली हुँदा तिमी अल्लाहलाई याद गर्छौ भने तिमी दुःखी हुँदा अल्लाहले तिम्रो मदत गर्नु हुन्छ । जानी राख ! जुन दुःख तिमीले पाएनौ भने त्यो तिमीले पाउने थिएनौ र जुन दुःख तिमीले पायौ त्यो अवश्य नै तिमीले पाउने थियौ । जानी राख ! मदत धैर्यको साथ हुन्छ र हरेक दुःखपछि सुख हुन्छ र दु:ख सुखको साथी हो ।”

पवित्र कुरआन सूरह आले इमरान आयत नं. १६० मा लेखिएको छः अल्लाहले तिम्रो सहायता गरेमा कसैले रोक्न सक्दैन र उनले तिमीलाई सहायता नगरे उनी वाहेक तिमीलाई सहायता गर्ने को छ ? आस्थावानहरुले केवल अल्लाहप्रति भरोषा राख्नु पर्दछ  

पवित्र कुरआन सूरह अत्-तौबा, आयत नं. ५१ मा लेखिएको छः भनिदेऊ- हामीमाथि अल्लाहले लेखेको वाहेक अरु कुनै संकट आउँदैनउनी नै हाम्रा मित्र हुन् । र, आस्थावानहरुले उनैमाथि भरोषा राख्नुपर्दछ  

ठूलो सौभाग्यशाली त्यो मानिस हो जो लाभ प्राप्त हुँदा प्रसन्न भएर अल्लाहको कृतज्ञता व्यक्त गर्दछन, संकटमा धैर्यधारण अपनाउँछन्। पाप कार्य भएमा क्षमा चाहन्छन् , क्रोधित हुनेसँग विनम्रतासँग व्यवहार गर्छन र फैसलामा न्यायपुर्वक ढंगले फैसला गर्छन्। कहिले विचार गर्यौ कि कति पटक तपाईले आफ्नो ईश्वरसँग माग्नुभयो र उसले तपाईलाई दिए, कति पटक तपाईले ईश्वरसँग अनुरोध गर्नुभयो र उसले प्रदान गरे, कति पटक तपाईको कदम डगमगाए र उनले क्षमा गरे, कति पटक आर्थिक संकटमा पर्यौ र उनले आर्थिक सामर्थ्य प्रदान गरे, पटक उसलाई पुकार गर्यौ र उसले तिम्रो पुकार सुने। अल्लाहको स्मरणले अल्लाह खुशी हुनुहुन्छ, अल्लाहको स्मरणले तिमीलाई शान्ति प्राप्त हुन्छ। अल्लाहको स्मरणले शैतान अपमानित हुन्छन्। अल्लाहको स्मरणले  हामीलाई शोकबाट मुक्त गर्नुहुन्छ। र परलोकमा मिल्नेवाला प्रतिफल-पत्र (पुरस्कार) लाई वृद्धि गरी भारी गराउनु हुन्छ।

जब तिमीले बहिरोपन, लाटोपन, अंन्धापन, पागलपन कुष्ठ रोग, क्षयरोग र क्यान्सरबाट मुक्ति पाएका थियौ त्यो बेला तिमीले अल्लाहको कृतज्ञता गर्यौ ? को हुनुहुन्छ जो संकटमा फंसेका पीडितको पुकार सुन्ने ? डुब्नेवालालाई बचाउने, पीडितको पीडाबाट मुक्ति गर्ने ? तिमी भन्दछौ  “अल्लाह”! तब हाम्रो कर्तव्य पनि उनै अल्लाहको भक्ति गर्नु हो किनकि सारा संसारका सृष्टिकर्ता दयावान, कृपावान उनै अल्लाह हुन ।

Related Post