New Muslims APP

फ़िरऔनको शव परिक्षण गरेर डा. मौरिस बुकायलाई कुरआनको सत्यताप्रति विश्वास

Dr.Maurice Bucaille

फ़िरऔनको शवको परिक्षण गरेर डा. मौरिसलाई कुरआनको सत्यताप्रति विश्वास भयो

फ़िरऔनको शवको परिक्षण गरेर डा. मौरिस बुकायलाई कुरआनको सत्यताप्रति विश्वास भयो। 1898 मा जब मिस्रमा लाल सागरको साथमा एउटा कब्रस्तानमा एउटा अति नै प्राचीन मानव शव मिल्यो जो आश्चर्यजनक रूपमा हज़ारौं वर्ष बितिसक्दा पनि सुरक्षित थियो, सबैलाई यस शवको रहस्य जान्ने उत्सुकता थियो यसैले यस शवलाई 1981 में चिकित्सकीय अनुसन्धानको लागि फ्रान्समा Dr. Maurice ले मगाइएका थिए र त्यस शरीरमा डाक्टर मौरिसले परीक्षण गरे । परीक्षण पछि डाक्टर मौरिस यो निष्कर्ष निकाले कि जो व्यक्तिको यो मृत शव हो उसको मृत्यु समुद्रमा डूबेको कारण भएको थियो किनकि डाक्टर मौरिसलाई त्यस मृत शवमा समुद्री नूनको केही भाग मिलेको थियो, साथै यो पनि पता चल्यो कि यस व्यक्ति डुबेको केही क्षणमा नै पानीबाट बाहिर निकालिएको थियो…. तर यो कुरा डाक्टर मौरिसलाई अहिले पनि अचम्म लाग्थो आखिर यो शव मृत्यु भएको हजारौं वर्ष पछि पनि सडेर किन नष्ट भएन ? तब उनले आफ्ना एकजना सहकर्मीबाट यो रहस्य पता चल्यो कि मुस्लिम व्याक्तिहरु जांचको रिपोर्ट आउनु भन्दा पहिले नै भनि रहेका थिए कि यो व्यक्ति समुद्रमा डुबेर मरेको थियो र यो मृत शव फिरऔनको हो जसले अल्लाहको नबी हजरत मूसा अलैहिस्सलाम र उनको अनुयायीहरुको नरसंहार गराउन चाहन्थ्यो, (Dr. Maurice and Pharon – Firon – alhamdulillah-library.blogs pot.in 1 (4))

किनकि फिरऔनको लाशलाई संधै सुरक्षित रहने र उसको समुद्रमा डुबेर मृत्यु भएको कुरा उनको पवित्र पुस्तक कुरआनमा लेखिएको छ जसमा उनीहरु विश्वास गर्दछन् ।

मौरिसले यो देखेर धेरै अचम्म लाग्यो कि यो मृत शवको समुद्रमा डुबेर मरेको हज्जारौं वर्ष पछि मैले अत्याधुनिक मेशिनको सहायताबाट पत्ता लगाएको थिए त्यो कुरा मुस्लिमहरुलाई पहिले देखि कसरी पत्ता चल्यो ?  जबकि यस शवको मृत्यु भएको हजारौं वर्ष पछि पनि नष्ट नहुने कुरा 1981 देखि पता चलेको थियो, जबकी उनको कुरआनमा यो कुरा 1400 वर्ष पहिले कसरी लेखियो ?

यो शव मृत्यु भएको हजारौं वर्ष पछि पनि सुरक्षित रहने कारण वैज्ञानिक डाक्टर मौरिस या अन्य वैज्ञानिकबाट पता लाग्न सकेको थिएन भने त्यो ईश्वरको चमत्कारको अतिरिक्त अरु के मान्न सकिंन्छ ??
बाइबलको आधारमा पनि मृत देह मिल्ने स्थान र चिकित्सकीय परीक्षणको आधारमा त्यस मृत शरीर लगभग 3000 वर्ष पहिले देखि भएको मौरिसलाई यो विश्वास भई रहेको थियो कि यो शव फिरऔनको नै हो अत: डाक्टर Dr. Maurice and Pharon – Firon  ले फिरऔनको विषयमा बाइबल : पुरानो संस्करणलाई अध्ययन गर्ने निर्णय गरे तर त्यसमा उनले मात्र यति लेखेको भेट्टाए- “फिरऔन र उसको फौज समुद्रमा डुबेर मृत्यु भएको थियो र तिनीहरु मध्ये एकजना पनि बचेनन्।” तर फिरऔनको लाशको कतै बयान गरिएको थिएन। मौरिसको दिमाखमा कयौं प्रश्न खट्कि रह्यो र आखिरमा उनी यो प्रश्नको उत्तर खोजी गर्न सऊदी अरबमा चलि रहेको एउटा ठूलो मेडिकल सेमिनारमा भाग लिन पुगे, जहाँ उनले फिरऔनको मृत शवको परीक्षणमा जुन कुरा थाहा पाएका थिए त्यो बताए। त्यही समय डाक्टर मौरिसको कुरा सुनेर एउटा मुस्लिम डाक्टरले कुरआन खोलेर सूरह यूनुस, आयत-92 पढेर सुनाई दिए कि…“अनि आज हामी तिम्रो शवलाई बचाउनेछौं, ताकि तिमी आफुपछि आउनेहरुकोलागि निशानी बन र निश्चय नै धेरै मानिसहरु हाम्रा निशानीहरुबाट बिमुख छन् [यूनुस :92]

यस आयतले डाक्टर मौरिस बुकायमा यस्तो असर पर्यो कि त्यही बेला उभिएर उनले घोषणा गरे- “मैले आजबाट इस्लाम स्वीकार गरे, र यस पवित्र कुरआनमाथि विश्वास गरे।”

त्यसपछि आफ्नो देश फ्रान्स फर्किएर गए कयौं वर्षसम्म डाक्टर मौरिसले कुरआन र साइन्समा रिसर्च गरी रहे, त्यसपछि कुरआनको वैज्ञानिक चमत्कारहरु विषयमा यस्तो यस्तो किताब लेखे कि जसले संसारभरमा ख्याति कमाएको थियो।

 

Related Post