अनिल कुमारले इस्लाम कबूल गरेको प्रतिशोधमा हिन्दू संगठनले उनको हत्या गरे, बदलामा आमाले इस्लाम कबुल गरिन । केही दिन पछि नै उनकी आमाले छोराको हत्याको विरोधमा इस्लाम धर्म ग्रहण गरिन। केरलाको मलप्पुरम जिल्लामा रहने 32 वर्षीय युवक अनिल कुमार (फैसल) को हत्याको आरोप राष्ट्रिय स्वयंसेवक संघ (RSS) को कार्यकर्ताहरुमाथि लागेको छ। युवकले आफ्नो श्रीमति र बच्चाको साथ इस्लाम धर्म अपनाएको थियो। साऊदी अरबको राजधानी रियाधमा ड्राइवरको काम गर्ने पी. फैसल (32) को 19 नवम्बरमा हत्या गरेको थियो। मलप्पुरम जिल्लाको एउटा गाउँमा रहन्थे।
यस वर्षको शुरुआतमा उसले इस्लाम धर्म कबूल गरेको थियो। पहिले उसको नाम अनिल कुमार थियो। श्रीमति बच्चाहरु समेत इस्लाम कबूल गरेका फैसललाई कथित रूपबाट संघ कार्यकर्ताहरुले धम्की दिएको थियो। गत शुक्रवार फैसलकी आमा मीनाक्षीले पनि इस्लाम धर्म कबूल गरिन। उनले आफ्नो नाम बदलेर जमीला राखिन ।
जमीलाले भनिन, ‘मलाई इस्लाममा रुचि थियो र मैले यसबारेमा फैसललाई बताएकी पनि थिए कि म मुस्लिम बन्न चाहन्छु। तर ऊ चाहन्थ्यो म केही महिना पछि यो काम गरौं, जब वहाँ लामो छुट्टीमा घर फर्केर आयो । फैसलले भोलीपल्ट रियाधको लागि जानु थियो तर त्यही दिन पहिले नै उसको हत्या गरि दिए। उसको हत्याले मलाई तत्काल इस्लाम कबूल गर्नलाई साहस दियो।’
जमीलाले भनिन् कि छोराको 40 औं पूरा हुनु भन्दा पहिले नै उनले इस्लाम धर्म कबूल गरिन ताकि उनी आफ्नो बुहारी र उनका बच्चाहरुको रेखदेख गर्न सकियोस्। उनले भनिन, ‘म कोहीसँग डाराउँदिन। मेरो छोराको हत्या गरेपछि पनि मलाई कुनै डर छैन।’
स्थानीय पुलिसको भनाई अनुसार, फैसलको हत्यामा उसको सालो समेत आर.एस.एस.को 11 कार्यकर्ता मध्ये थियो। यस मामलामा मादाथिल नारायणन नामको स्थानीय आर.एस.एस. नेता मुख्य आरोपी हुन र फरार घुमी रहेको छ। पुलिसलाई शंका छ कि त्यो नै हत्याको मुख्य योजनाकार हो। पुलिसको भनाई अनुसार नारायणन ती छ जना मुख्य मानिस मध्ये एक हो उनले 1998 मा पनि धर्म बदल्नेवाला एक मानिसको हत्या गरेको थियो।
http://myzavia.com/2016/12/18/%E0%
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali

