के इस्लामपछि नाम परिवर्तन गर्नुपर्छ ?
इस्लामपछि नाम परिवर्तन गर्नु जरुरी छैन। पुरानो नामलाई निरन्तरता दिनु नै उचित हो, किनभने सहाबाहरुको युगमा नाम परिवर्तन गर्न चलन थिएन। धेरैजसो मानिसहरु इस्लामपछि आफ्नो गैर-अरबी नाम नै बाँकी राखे। तर नामले गलत अर्थ बोकेको छ भने परिवर्तन गर्नुपर्छ।
यी अवस्थाहरुमा नाम परिवर्तन गर्नुपर्छ:
१) यदि नामले ईमान विपरित कुराहरु वा अल्लाह बाहेक अरु कसैको उपासना गरिरहेको कुरा छर्लङ्ग हुन्छ भने परिवर्तन गर्नु पर्छ,
जस्तै… अब्दुल-मसीह (यशूको भक्त) अब्दुन्नबी (नबीको भक्त) वा गलत अर्थ बोकेको छ, जस्तै… विष्णु, राम, शंकर आदि।
वा अल्लाहको खास नाम वा गुणको संज्ञा दिएको छ,
जस्तै– सम्पूर्ण मालिकहरुका मालिक, दाताहरुका दाता, राजाहरूका राजा आदि।
२) गलत अर्थ ओगटेका नामहरु, जसले गर्दा अरुले घृणा गर्छ:
अल्लाहले खानपिन तथा जीवनको सम्पूर्ण पक्षमा घृणात्मक कुराहरुलाई अवैध गर्नु भएको छ। त्यसैले गलत अर्थ ओगटेका नामहरु राख्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “ईमानपछि सिमा उल्लंघनकारीमा नाम कमाउनु निकृष्ट नाम हो।” (श्रोत- सूरह अल्-हुजरात : ४९/११)
३) गैर-मुस्लिमहरुको कुनै धार्मिक पहिचान वा प्रतीकको रुपमा प्रसिद्ध नाम छ भने परिवर्तन गर्नुपर्छ:
जस्तै… पिटर्स, युहन्ना, पुलिस, दुर्गा, विष्णु, शंकर, पार्बती, शिव आदि।
उपर्युक्त अवस्थामा सन्देहपूर्ण नामहरुलाई राम्रो र सुन्दर नामले परिवर्तन गर्नु पर्छ, किनभने मुस्लिमले जीवनको कुनै पनि अवस्थामा काफिरको अनुसरण गर्नु हुँदैन।
नाम परिवर्तन गर्नु उत्तम हो:
अल्लाहले मन पराउने नामहरु जस्तैः अब्दुल्लाह, अब्दुर्रहमान आदि, अल्लाहले यी नामहरुलाई धेरै मन पराउनु हुन्छ तर इस्लाममा प्रवेशसित यसको कुनै सम्बन्ध छैन।
- स्मरण रहोस् ! बिना कारण पनि नाम परिवर्तन गर्न सकिंन्छ, जस्तै… राम्रो अर्थ बोकेको अरबी नाम राख्नु।
अल्लाहको कृपाले हामी सबैलाई ईमानमा कायम रही इस्लामिक तरिका जीवनयापन गर्ने सद् बुद्धि प्रदान गरुन्, आमिन ।
अल्लाहनै हरेक चिजको ज्ञान राख्नेवाला हुनुहुन्छ । हामीबाट केही गलती भएमा क्षमा प्रदान गर्नु होस् । आमीन ।
स्रोतः http://cutt.us/B46Az
प्रस्तुतकर्ता- मुहम्मद इब्राहिम
इस्लाम प्रेजेन्टेशन कमिटी, कुवैत सिटी
दाअइः नेपाली भाषा
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


