Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

हदीस नं. १२ (फाइदाजनक काममा लाग्नु)

फाइदाजनक काममा लाग्नु

बेकारको फाल्तु कुरामा न लाग्नु

हदीस नं. १२ (फाइदाजनक काममा लाग्नु)

अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नुहुन्छ; अल्लाहको रसूल (सल्लल्लाहु  अलैहि व सल्लम) को भनाई छ; ”त्यो मानिसमा इस्लामी खुबी र सफलता छ जसले बेकारको चीजलाई छोडि दिन्छ” ।

यो हदीस हसन हो, तिर्मिज़ी र उहाँ बाहेक अरुले पनि यस हदीसलाई यसरी नै बयान गरेका छन् ।

रिस गर्नाले के हुन्छ ?

          कुनै मानिससँग बेकारमा बादविवाद गर्नु हुँदैन, किनकि जब हामी कोही व्यक्तिसँग बादविवाद गर्न थाल्छौ तब अल्लाहको फरिश्ता हामीलाई छोडेर जान्छ । जब हामी चुप लागेर तब फरिश्ताले हाम्रो तर्फबाट उसलाई धिकार्छ । एक पटक अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग झग़डा गर्न थाल्यो,  अल्लाहको रसूल चुप लागेर सुनी रहनु भयो, साथमा अबु बकर हुनु हुन्थ्यो, वहाँले त्यो मानिसलाई झपार्नु भयो, तब अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लम रिसाएर जानु भयो। अबू बक़र चिन्तित हुनु भयो आज किन मसँग अल्लाहको रसूल रिसाएर जानु भयो भनेर । फेेरी अबू बक़र अल्लाहको रसूलको घरमा जानु भयो र सोध्नु भयो- तपाई त एक्कासी रिसाएर जानु भयो के भयो हामीबाट गल्ती ? तब अल्लाहको रसूलले भन्नु भयो , जब सम्म म चुप लागेर बसेको थिए, फरिश्ताले उसलाई धिक्कारी रहेको थियो, जब तिमीले उसलाई गाली गर्यौ तब फरिश्ता फर्कियो। यसैले हामीसँग कोही बिवाद गर्न आउँछ भने पनि चुप लागेर बस्नु पर्छ , उसलाई फरिश्ताले धिक्कार्छ।     

Related Post