भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउने चलन तत्कालीन रोमन सम्राट क्याउडियस द्वितीयले युवालाई प्रेम र विवाह गर्न बन्देज लगाएका थिए। भ्यालेन्टाइनले सम्राटले लगाएको प्रतिबन्धलाई अवज्ञा गरे। उनले प्रेम गर्न र विवाहका लागि युवा युवतीहरुलाई अभिप्रेरित गरे। उनले सार्वजनिक स्थलमा सामूहिक विवाह गराई दिए । प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा उनलाई सन् २७० फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो। प्रेमको लागि प्राण उत्सर्ग गर्न उनै भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष १४ फेब्रुअरीमा “भ्यालेन्टाइन डे” अर्थात प्रेम दिवसको रूपमा मनाउने चलन छ । आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै विदेशी अर्थात पाश्चात्य मौलिक संस्कृति र र परम्परालाई अँगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु राम्रो होइन,
यस सम्बम्धमा शारदा सुवेदीले लेख्नु भएको कविता तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गर्दै छु ।
कविताको शिर्षक- प्रेम दिवस
म त्यहीँ छु प्रिय
जहाँ तिमीसँग मुटु जोडिएको थियो
तर म
मनाउने छैन यो प्रेम दिवस
देखाउने छैन माया दुनियाँलाई
अनायासै बज्रपात सहेर बाबा गुमाएका आमाहरू
बिछोडका पीडामा तड्पिएका दिदीबहिनीहरूको
कोमल मनको स्पर्श छ ममा
म कसरी सक्छु र !
गुलाफको फूल र उपहारको बट्टा बोकेर
यो दिनलाई तिम्रासामू ओछ्याउन ।
हट्नेछैन मायाको तस्वीर
कहिल्यै मुटुको धड्कनबाट
तर
रानीपोखरी र रानीमहललाई माया गर्ने म
आफ्नै संस्कृतिका प्रेमी पात्र खोज्ने म
मनाउँदिन भ्यालेन्टाइन डे ।
म होइन
यौवनको आवेगमा प्रेम गर्ने प्रेमिका
मलाई थाहा छ
ओइलाएर जान्छ फूल
हराएर जान्छ यौवन
म त्यो प्रेमको सम्मान गर्छु
जसले सिकाउँछ जिउने कला
जुन सृष्टिको आधार हो
सेवा हो, मित्रता हो प्रेम ।
मनाउँदिन म यो दिन
जोडी प्रेमलाई मात्र प्रेमको परिभाषा बनाएर
खुम्चिएको साँघुरो सोच
कसैको आँखामा आँसु ल्याउने उत्सव
लाग्छ मलाई अर्थहीन …..
‘भ्यालेन्टाइन डे‘ अर्थात् प्रेम दिवस मनाउनु इस्लामिक दृष्टिकोण अनुसार अवैध मानिन्छ किन ?
वास्तविक प्रेम त विवाह पछि श्रीमानले आफ्नो श्रीमतिलाई गर्नुपर्छ, जसरी “भ्यालेन्टाइन डे” को अवसरमा अरु युवतीसँग गर्दछ । आफ्नो श्रीमतिलाई माया गर्न कुनै एक खास दिन (१४ फेब्रुअरी “भ्यालेन्टाइन डे” अर्थात प्रेम दिवस) को आवश्यकता छैन । श्रीमानले श्रीमतिलाई र श्रीमतिले श्रीमानलाई जहिले पनि माया गर्नुपर्छ । श्रीमानले श्रीमतिलाई माया, ममता, स्नेह, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षामा पूर्ण रुपमा ध्यान दिनुपर्छ । तर पर-स्त्रीले पर-पुरूषसँग विवाह पूर्व भेटघाट गर्नु, प्रेम लिलामा लिप्त हुनु इस्लामिक दृष्टिकोण अनुसार सरासर गलत हो । यसको इस्लाममा कुनै गुन्जाइस छैन ।
हामी वास्तविक प्रेम त अल्लाहसँग गर्नुपर्छ किनकी हामीले जन्नत (स्वर्ग) हासिल गर्नुछ। पवित्र कुरआनमा उल्लेख छः “र, कोही मानिसहरु यस्ता छन् जो अल्लाहका अलवा अरुलाई उनको समकक्षी ठहर्याउँछन् र तिमीहरुसित यसरी प्रेम गर्छन् जसरी अल्लाहसित मात्र गर्नुपर्ने हो जबकि आस्थावानहरु अल्लाहसितको प्रेममा अति दृढ हुन्छन् । कति जाति हुने थियो- जुन कुरा यातना देखेपछि अत्याचारीहरुले थाहा पाउने थिए, त्यो अहिले नै उनीहरुले थाहा पाएका भए कि सम्पूर्ण शक्तिका मालिक अल्लाह हुन् र, अल्लाह कठोर दण्डदाता पनि हुन्”
जब पुरूष र नारी एकान्तमा बस्छन् भने तेश्रो शैतान हुन्छ जो उनको साथमा हम्मेशा पछि लागि रहेको हुन्छ र शैतान मानिसलाई गलत मार्गमा धकेल्न चाहन्छ किनकि शैतानको उदेश्य नै मानिसलाई सही दिन (धर्म), पवित्रता, ईज्जतको मार्गबाट भड्काएर, शिर्क, कुलत, कुमार्ग र वेश्यावृतीमा धकेल्ने काम गर्छ ।
शैतानले आदम अलैहिस्सलाम र हौव्वा अलैहिस्सलामलाई पनि भड्काएर जन्नतको रुखको फल खान अभिप्रेरित गरेको थियो जसले गर्दा उनीहरुको वस्र गायब भएर शर्मनाक हुनुपरेको थियो । बाँकी यो भिडियोबाट पूरा जानकारी लिन सक्नु हुन्छ । ध्यान पुर्वक हेर्नुहोला ।