Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

हदीस ४ (मानव सृष्टिको अवस्था)

हदीस ४ (मानव सृष्टिको अवस्था)

“तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा….

मानव सृष्टिको अवस्था

अबू अब्दुर्रहमान अब्दुल्लाह बिन मस्ऊद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको छ,- वहाँ भन्नुहुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो,- जो सच्चा छ र जसको सच्चाई सबैले मान्दछ, “तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ, अनि अल्लाहको आदेशानुसार फरिश्ताले (इश्दुत) त्यसमा प्राण हाल्नु हुन्छ, अनि चार कुराको आज्ञा हुन्छ,- उसको जीविका, उसको उमेर, उसको काम कर्तव्य र उसको भाग्य राम्रो या नराम्रो ।

अल्लाहको कसम जसको सिवाय कोही पूज्य छैन, तिमीहरु मध्ये कोही उत्तम कार्य गर्दछ यहाँसम्म कि उसको र स्वर्गको दुरी सिर्फ एक हात मात्र रहन्छ, फेरि भाग्यमा लेखिएको जे छ उसमा त्यसको प्रभाव पर्न थाल्दछ र नर्कवासी जस्तो कार्य गर्न थाल्दछ यहाँसम्म कि उ नर्कवासी बन्न पुग्दछ, र तिमीहरु मध्ये कोही नर्कवासी जस्तो कार्य गर्दछ यहाँसम्मकि उसको र नर्कको दूरी सिर्फ एक हात रहन्छ, फेरि भाग्यमा लेखिएको उसमा प्रभाव पर्न थाल्दछ, यहाँसम्म कि उसको परिणाम यस्तो हुन्छ कि ऊ स्वर्गमा प्रवेश गर्दछ” । (बुखारी, मुस्लिम)

स्रोतः- चालिस हदीस लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी

हिन्दी अनुवादकः- कौसर यजदानी

नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल

Related Post